नक्सा विवादमा छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक

काठमाडौँ -प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग समेटेको विषयमा छलफल गर्न सर्वपक्षीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार डाक्टर कुन्दन अर्यालले शनिवार सर्वपक्षीय बैठक बोलाइएको जानकारी दिए ।


Advertisement

बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, प्रमुख राजनीतिक दल लगायतका शीर्ष नेताहरूलाई बोलाइएको छ ।


Advertisement

गत आइतवार भारतको गृहमन्त्रालयले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपालको करीब ३ सय वर्गकिलोमिटर समेटेको भन्दै नेपालमा तीव्र विरोध भइरहेको छ ।

भारतले जारी गरेको नक्साको प्रमुख राजनीतिक दल, बुद्धिजीवी संगठन, नागरिक समाज लगायत नेताहरूले पनि व्यक्तिगत रूपमा विरोध गरिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्