मंसिर ६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
पोखरा । नेपाली काङ्ग्रेस कास्कीले आगामी मङ्सिर १४ गते हुने कास्की क्षेत्र नं–२ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि तीन हजार ५५१ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको छ । निर्वाचन तयारी सम्बन्धमा पार्टीको कास्की क्षेत्र नं २ क्षेत्रीय समितिद्वारा आज आयोजित भेलाले पार्टीका जिल्ला सभापति कृष्ण केसी संयोजक रहेको समिति गठन गरेको हो ।
त्यस्तै क्षेत्र नं २ का क्षेत्रीय सभापति माधवप्रसाद बाँस्तोला र पोखरा महानगर समिति सभापति बजीरमान श्रेष्ठ सहसंयोजक रहेका छन् । पार्टीले यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि खेमराज पौडेललाई उम्मेदवार बनाएको छ ।
त्यस्तै निर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नं २ अन्तर्गत पर्ने पोखरा महानगरपालिकाका ११ वटा वडामध्ये वडा नं ४ मा नेता यज्ञबहादुर थापा, वडा नं ७ मा शुक्रराज शर्मा, ८ मा तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण बिजुक्छे, ११ मा शारदा पौडेल, १५ मा विन्दादेवी राना, १६ मा कुमार खड्कालाई संयोजक तोकिएको छ ।
त्यस्तै वडा नं १७ मा कृष्णबहादुर केसी, २० मा विन्दुकुमार थापा, २१ मा गुरु बराल र ३३ मा जीवन परियारलाई संयोजक तोकिएको छ । भेलाले २६ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । विभिन्न उपसमितिमध्ये अर्थ सङ्कलनमा ऋषि सापकोटा, अनुगमनमा राजेन्द्रनिधि कोइराला, सचिवालय व्यवस्थापनमा देवेन्द्र रानाभाट, बुद्धिजीवी परिचालनमा आनन्दराज मुल्मी, प्राध्यापक परिचालनमा दीपेन्द्र पराजुली, अन्तरक्षेत्रीय समन्वय समितिमा पोषनाथ शर्मा संयोजक रहेका छन् ।
त्यस्तै उद्योग व्यवसाय, पर्यटन परिचालनमा विन्दुकुमार थापा, सञ्चारमा नवीन सिग्देल, स्वयंसेवक परिचालनमा भोजबहादुर गुरुङ, भ्रातृ तथा शुभेच्छुक संस्था परिचालनमा गुरु बराल, स्थानीय तह परिचालनमा रामजी कुँवर र युवराज कुँवर, निर्वाचन समन्वयमा कृष्ण तिमिल्सिना, बुथ परिचालनमा विजयराज आचार्यलाई संयोजकको जिम्मेवारी दिएको छ । भेलामा कास्की काङ्ग्रेसका सभापति कृष्ण केसीले जिम्मेवारी पाएका संयोजकले आ–आफ्नो क्षेत्रमा पुगी यथाशक्य काम थाल्न निर्देशन दिए ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ। सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...