×

NMB BANK
NIC ASIA

उहानको त्यो लोभलाग्दो आतिथ्यपूर्ण स्वागत

कात्तिक २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उहान (चीन) – सातौं विश्व सैनिक खेलकुद प्रतियोगिता (सेभेन्थ सिज्म्स मिलिटरी वल्र्ड गेम्स)का लागि विश्वभरबाट ओइरिएका पाहुनाको स्वागतमा चीनले प्रस्तुत गरेको आतिथ्यता र व्यवस्थापकीय कौशल जो कसैका लागि प्रेरणादायी छ । 

Muktinath Bank

प्रतियोगिताको व्यवस्थापकीय शैली आउँदा दिन यस्तै भव्य र सफल कार्यक्रम आयोजना गर्न चाहने अन्तर्राष्ट्रिय समुदायका लागि सिक्ने पाठशालाकै रुपमा स्थापित भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतियोगितामा भाग लिन आएका पाहुनाहरू चिनियाँ भूमि टेक्नासाथ ‘नि हाओ, कन् ओ चौं अर्थात् (हेलो र फलो मी)बाट शुरू भएको स्वागत अभिवादन र अतिथि सत्कारको शृंखला प्रतियोगिता सकेर फर्कने क्रममा विमान चढ्दासम्म यथावतै रह्यो ।


Advertisment
Nabil box
Kumari

मध्य चीनको हुवेई प्रान्तको उहानमा कात्तिक १ देखि १० गतेसम्म आयोजना भएको प्रतियोगितामा १०९ राष्ट्रका करीब १० हजार खेलाडीले २ प्रदर्शनसहित २७ खेल विधामा स्पर्धा गरेका थिए । प्रतियोगितालाई भव्य र सभ्य बनाउन विमानस्थलमै खेलाडी, प्रतिनिधिमण्डल, सञ्चारकर्मी टोलीको स्वागत, सामानको व्यवस्थापनदेखि आवासस्थल, क्यान्टिन, मिडिया सेन्टर, खेल मैदानमा पुर्‍याउन  र ल्याउन ठूलो संख्यामा स्वयंसेवक खटाइएको थियो । यातायात र सुरक्षा प्रवन्धमा खेल अवधिभर कहीँ पनि कमजोरी र चुकेको भनेर खोट लगाउन ठाउँ थिएन ।

Vianet communication
Laxmi Bank

प्रतियोगितामा सहभागी हुन आएका पाहुना कतै पनि अलमलमा नपरून् भनी कलेजमा अध्ययनरत तालिम प्राप्त मृदुभाषी छात्रछात्रालाई स्वयंसेवकका रुपमा परिचालन गरिएको थियो । साना समस्याको पनि सामूहिक प्रयासमा समाधान खोज्ने स्वभावका ती स्वयंसेवकले सबै पाहुनाको मन जिते । 

कोठाबाट, भवनबाट, क्यान्टिनबाट, खेल परिसरको मूलद्वार प्रवेश गर्दा होस् वा बाहिर निस्कदा प्रत्येक स्थानमा ठूलो संख्यामा पंक्तितबद्ध भई स्वागत र बिदाइका लागि उभिएका हुन्थे । सेतो क्याप, सेतो पाइन्ट तथा आधा हरियो–आधा सेतो रङको हरियो ज्याकेट लगाएका हँसिला मुहारमा पाहुँनाको आउने/जाने ठूलो लर्काे भइरहने हुनाले उनीहरू ‘नी हाओ, ह्वान इङ्ग, चाइ चेन’ (नमस्कार, अभिवादन र वाईवाई) एकै स्वरमा भन्थे । उनीहरूको नम्रता र शिष्टताले अधिकांशलाई प्रभावित पारेको देखिन्थ्यो ।

प्रतियोगितामा भाग लिने नेपाली टोलीका मिसन प्रमुखका रुपमा खटिएका महासेनानी शशीकिरण भन्छन्, ‘हामीले कल्पना नै नगरेको निकै उच्चस्तरको आतिथ्य, व्यवहार र खानपीन देख्न र भोग्न पायौं, ठूलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न कुन स्तरको, केकस्तो आतिथ्य र व्यवस्थापन गर्न पर्दाेरहेछ भन्ने ठूलो शिक्षा र उत्साह मिलेको छ, कुन खेलाडीलाई कति क्यालोरीको खानपीन आवश्यक छ भन्ने पक्षको पनि व्यवस्थापन गरेको देख्दा अचम्म लाग्यो ।’

प्रतियोगितामा भाग लिन आएका पाहुनाको सुविस्ताका लागि उहान प्रान्त सरकारले मेट्रो रेल, सार्वजनिक बस र ठूला शपिङ मार्केटमा समेत पर्याप्त मात्रा स्वयंसेवकहरु खटाएको भेटिन्थ्यो । भाषागत कठिनाइ हटाउन चिनियाँबाट अंग्रेजी अनुवाद हुने एप्स डाउनलोड भएको मोबाइल बोकेका उनीहरूको व्यवहारमा राष्ट्रपे्रम र राष्ट्रप्रति बफादारिता झल्कन्थ्यो । नेपालले आगामी सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको सन्दर्भमा चिनियाँ शैलीको अतिथि सत्कार, संस्कार र व्यवस्थापनको यस्तै अनुसरण  हुन सके नेपाल सरकार र पर्यटन व्यवसायीका लागि मात्र हैन सम्पूर्ण नेपालीकै लागि श्रेयस्कर ठहर्ने छ । 

उहानमा पुगेका पाहुनालाई त्यहाँका ऐतिहासिक स्थल, सम्पदा र आधुनिक प्रविधिबारे जानकारी गराउन पनि ती स्वयंसेवकहरु धेरै हदसम्म सफल रहे । उहानमा पछिल्लो समय चालकरहित बस, कार र ब्रुमरसमेतको सफल परीक्षण भइसकेको छ । उहानस्थित याङसी नदी किनारमा रात्रिकालीेन समयमा देखिने सप्तरङगी झिलीमिली र ऐतिहासिक सम्पदाको रुपमा संरक्षण ‘एलो टेम्पल’ले पनि त्यहाँ पुगेका विदेशी पाहुँनाको मन हर्षित तुल्यायो ।

उहानका ३५ स्थलमा ३२९ वटा खेलका स्पर्धाहरु भए । नेपाली सेनाले उक्त प्रतियोगितामा पहिलो पटक १३ खेल विधामा भाग लिएको थियो । प्रतियोगीतामा कुनै पदक हात नपारेपनि नेपालले सैनिक कूटनीति सम्वन्ध विस्तार र ‘भिजिट नेपाल २०२०’को प्रचारप्रसार गर्ने सुवर्ण अवसर पायो ।

विशिष्ट पाहुनासहित ६० हजार दर्शक क्षमताको उहान स्पोर्ट्स सेन्टरमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन समारोहमा इतिहासको स्मरण र वर्तमानको मूल्यांकन गर्दै चीनले संयुक्त राष्ट्रसंघको छाताभित्र गोलबद्ध भई शान्ति पथमा अग्रसर हुन खेलकूदलाई माध्यम बनाउन सबैलाई आह्वान गरेको थियो । सहभागी मुलुकका प्रत्येक देशका झण्डा बोकेका सैनिक खेलाडीको मार्चपासबाट शुरू भएको उद्घाटन सत्रमा समारोहस्थलमै क्षणभरमै अग्लो पहाड, समुद्र, हरियाली कृषि फाँट मात्र होइन, द्रूतगतिमा रेलसमेत कुदाएर चीनले सबै दर्शक र खेलाडीलाई चकित तुल्यायो ।

चीनले समापन समारोहमा एउटा पनि पटाका पड्काएन । तर पनि नवीनतम् प्रविधिले अबको दुनियाँमा असम्भव भन्ने केही छैन भन्ने तथ्यलाई पनि प्रतियोगिता आयोजनाकै अवसरमा चरितार्थ गरेर देखायो । समारोहस्थलमा  प्रस्तुत यत्रतत्र सप्तरङ्गी झिलिमिलीले दर्शक र खेलाडीलाई भरपूर मनोरञ्जन त दिएकै थियो । 

प्रतियोगितालाई ऐतिहासिक तुल्याउने क्रममा चीनले उहानमा ३० देखि ४० तल्लासम्मका अग्ला ४० वटा भवन रहेको नयाँ ‘मिलिटरी स्पोर्ट्स भिलेज’ नै निर्माण गरेको थियो । उक्त भिलेजसम्म जोड्न १० किलोमिटर लामो नयाँ भूमिगत मेट्रो रेल स्टेशन विस्तार गरेको चीनले उहान नगरलाई हरियाली तुल्याउन सबै सडकका दुवै  किनारामा सिङ्गै अग्ला रूख रोपेको थियो ।

प्रतियोगितामा सहभागी खेलाडी, कर्मचारी र सञ्चारकर्मीका लागि बेग्लाबेग्लै स्थानमा एकै पटक चार हजारभन्दा बढी व्यक्तिले आफूले इच्छाएको खाना लिन सक्ने गरी क्यान्टिनको व्यवस्था गरिएको थियो । भान्सेहरूले ‘तपाईंलाई परिकार कस्तो लाग्यो ?’ ‘कुनै गुनासो छ कि !’ भनी सोधिरहन्थे । परिकार र खानाको गुणस्तर पाँचतारे होटल जतिकै थियो ।

‘खेलकूदका माध्यमबाट मित्रता’मा जोड दिइएको यस प्रतियोगितामा ओलम्पिक पदक विजेता ६७, विश्वकपका विभिन्न विधामा उत्कृष्ट नतिजा ल्याउने ११८ र यसअघिको विश्व सैनिक खेलकूद प्रतियोगिताका पदकधारी ४३ जना खेलाडीको पनि सहभागिता थियो । नेपालका तर्फबाट ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो लगायतका केही खेलमा उत्कृष्ट प्रदर्शनी भयो । यस पटक प्रतियोगिता आयोजक राष्ट्र चीनले झण्डै आधाजस्तो पदक आफ्नै पोल्टामा पार्‍यो । ‘सैनिक गौरव स् विश्व शान्ति’ मूल नारा रहेको प्रतियोगिताको चीनका राष्ट्रपति शी चिनफिङले अक्टोबर १८ का दिन उद्घाटन गरेका थिए । – नारायण न्यौपाने/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x