×

NMB BANK
NIC ASIA

सहयोगमा उपकरण ल्याएपछि प्रसूति सेवामा सहज

कात्तिक २३, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

रारा – कोरियाली सहयोग नियोग (कोइका) ले जिल्लामा रहेका वर्थिङ सेन्टरलाई सुत्केरी गराउन र भइसकेपछि आवश्यक पर्ने उपकरण तथा सामग्री उपलब्ध गराएपछि स्थानीय स्वास्थ्य संस्थामा गर्भवती महिलालाई सुत्केरी गराउन सहज भएको छ ।

Muktinath Bank

मुगुका ४ वटै स्थानीय तह अन्तर्गतका विभिन्न १० वटा स्वास्थ्य संस्थालाई कोइकाको आर्थिक सहयोगमा युनिसेफ नेपालमार्फत विभिन्न २० प्रकारका प्रसूति उपकरण तथा सामग्री सहयोग गरिएको स्थानीय साझेदार संस्था कणाली सामुदायिक विकास केन्द्र मुगुका कार्यक्रम संयोजक हरिबहादुर शाहीले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युनिसेफ नेपाल जिल्ला प्रतिनिधि सञ्जयकुमार रजकका अनुसार छायानाथ रारा नगरपालिकाका पिना, ढुञ्गेधारा र थार्प वर्थिङ सेन्टर, मुगुम कार्मारोङ गाउँपालिकाका माग्री, रिउस बगर, मुगु र डोल्फु खत्याड गाउँपालिकाका श्रीकोट, कोटडाँडा र सोरु गाउँपालिकाको नार्थपु वर्थिङ सेन्टरलाई प्रति वर्थिङ सेन्टर २ लाख ५० हजार रुपैयाँ बराबरका उपकरण तथा सामग्री उपलब्ध गरिएको हो ।


Advertisment
Nabil box
Kumari

स्वास्थ्य संस्थामा सहयोग गरिएका उपकरणलाई नेपाली तथा विदेशी प्राविधिकको टोलीले सबै १० वटै स्वास्थ्य संस्थामा पुगी पूर्णरुपमा उपकरणको जडान तथा सञ्चालनबारे प्रसूतिमा सरिक रहने एसबिए तालीम प्राप्त कार्यरत एएनएमलाई तालिम दिइएको छ  । 

Vianet communication
Laxmi Bank

छायानाथ रारा नगरपालिका स्वास्थ्य शाखा प्रमुख पशुपति शाहीका अनुसार प्रसूति गृहमा आफ्नो नगरक्षेत्रमा रहेका प्रसूति गृहमा प्रर्याप्त मात्रामा उपकरण तथा सामग्री नहुँदा स्वास्थ्यकर्मी आफ्नो स्वास्थ्यको पनि ख्यालै नगरी प्रसूति कार्यमा संलग्न हुनुपर्ने अवस्था थियो भने प्रर्याप्त उपकरण नहुँदा नवजात शिशुलाई चिसोबाट बचाउन समस्या थियो तर कोइकाको आर्थिक सहयोगमा हालै उपकरण तथा सामग्री सहयोग भएपछि आफ्ना सबै स्वास्थ्यकर्मीलाई प्रसूति सेवा दिन सहज भएको र वनजात शिशु पनि सुरक्षित हुने गरेका छन् ।

विगतमा सीमित उपकरण र सामग्रीको कारणले सुरक्षित प्रसूति सेवामा दिन समस्या हुँदै आएको र आफूलाई असहज हुँदा कयौं गर्भवती आमालाई जिल्लामा पठाउने गरेकोमा अब उपकरण र सामग्री उपलब्ध भएपछि आफूहरूलाई जटिल बाहेक सबै प्रसूति सेवा दिन सहज भएको र यो सहज उपल्बध उपकरण र सामग्रीकै कारण भएको र प्रसूति गराउन अब आफू हौसिने गरेको प्रसूति केन्द्र नार्थपुका एएनएम जानकी शाही बताउँछिन् ।

जिल्लाका अन्य स्थानीय तहभन्दा विकट तथा हावापानीका दृष्टिकोणले सारै चिसो हुने क्षेत्र हो मुगुम कार्मारोङ गाउँपालिका वर्थिङ सेन्टरमा जन्मने प्रायः बालबालिका चिसोका कारण बिरामी हुने, आमा बिरामी हुने घटना दोहोरिरहन्थे तर यूनिसेफले आमा तथा नवजात शिशुलाई जन्मेपछि तातो बनाउने उपकरणलगायत प्रसूतिका बेला आवश्यक पर्ने अन्य उपकरण र सामग्री उपलब्ध गराएपछि यी सबै समस्या निराकरण भएको र स्थानीयको वर्थिङ सेन्टरप्रतिको सोचाइ फेरिएको र घरमा भन्दा प्रसूति केन्द्रमा सुत्केरी गराउने महिलाको संख्या वृद्धि हुँदै गएको एएनएम मीना लामा बताउँछिन् ।

कोइकाको सहयोगमा हाल मुगु जिल्लामा मातृ नवजात शिशु तथा बाल स्वास्थ्य कार्यक्रम सञ्चालनमा छ भने मुगालीले सुगम बराबरको स्वास्थ्य सेवा सहजै आफ्नै जिल्लामा पाउन् भनेर जिल्ला सदरमुकाम गमगढीमा ५० करोड रुपैयाँ बढीको लागतमा कोइकाले जिल्ला अस्पताल निर्माण गरी रहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x