×

NMB BANK
NIC ASIA

उद्यम

कोरिया छाडेर स्वदेशमै उद्यम : २२ जनालाई रोजगारी, वार्षिक ४० लाख कमाइ

कात्तिक २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बुटवल – वैदेशिक रोजगारीका लागि नेपाली युवाको आर्कषक गन्तव्य हो कोरिया । अहिले वार्षिक ८ हजार भन्दा बढी युवा ईपीएस प्रणाली मार्फत दक्षिण कोरिया पुग्ने गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

वैदेशिक रोजगारबाट फर्किएका केही युवाले स्वदेश फर्किएर आफ्नै देशमा पौरख गर्न थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिनै मध्येका एक हुन् बुटवलका रामप्रसाद भण्डारी । ईपीएस प्रणाली शुरू नहुँदै बुटवलका भण्डारी सन् २००२ देखि २००९ सम्म दक्षिण कोरियामा रोजगारीको शिलशिलामा बसे । झण्डै ८ वर्ष कोरिया बसेपछि उनले सोचे- स्वदेश फर्किएका उद्यम गर्नैपर्छ । कोरियाको कमाइले उनले बुटवलमा घरजग्गा जोडे । त्यसपछि उनले विद्युतीय सामग्रीको व्यवसाय शुरू पनि गरे । त्यसबाट उनी सन्तुष्ट भएनन् ।


Advertisment
Nabil box
Kumari

उद्यम गर्नैपर्छ भन्ने सोचाइले  उनलाई पेल्दै गयो । के गर्ने भन्ने सोचबुझ गर्दै जाँदा उनको सम्पर्क भयो होजियारी उद्योगी जीवनाथ गैरसँग । गैरेको उद्योग देखेर उनी पनि प्रभावित भए । उनले पनि होजियारी उद्योग गर्नुपर्छ भन्ने ठाने । उनले पनि आँटे र शुरू गरे- शिखर होजियारी (ऊन कपडा) उद्योग । कोरियाको कमाइ घरजग्गा किन्दा सकिएको थियो । सुख्खानगरमा रहेको दुई तले घर बिक्री गरेर उनले ५० लाख रूपैयाँको धागो किनेर उद्योग शुरू गरे ।

Vianet communication
Laxmi Bank

धेरैले उनलाई घर बिक्री गरेर उद्योग गर्न धागो किन्दा जोखिम मोलेको भन्दै यस्तो काम शुरू नगरी अन्य काम गरे पनि हुन्छ भने । तर उनले व्यवसाय गर्दा जोखिम नमोलेसम्म उद्योग/व्यवसाय गर्न सकिँदैन भनेर एक करोड ५० लाख रूपैयाँको लगानीमा २०६८ सालमा उद्योग सञ्चालन गरे । यस क्षेत्रमा धागोको कपडाको माग पनि बढ्दो थियो ।

उनले भने, ‘आफैंबाट देशमै केही गर्नुपर्छ भने विदेशमा बसेको अनुभवले सिकायो र उद्योग शुरू गरेँ । विदेशमा कमाएको धन र सीप स्वदेशमा सदुपयोग गरिनुपर्छ भन्ने धारणा बलियो बनेपछि उद्योग शुरू गरेको हुँ ।’

उनको उद्योगले पहिलो वर्षमै वार्षिक २० हजार जाडोका कपडाहरू उत्पादन शुरू गर्‍यो ।

उनी भन्छन्, ‘आर्थिक रूपमा सफल हुन नयाँ व्यवसाय गर्नैपर्छ भन्ने छैन । अन्य मानिसले गरिरहेको व्यवसाय पनि गर्न सकिने रहेछ । व्यवसाय पहिचान गर्ने र काम गर्ने तरिका सिक्ने हो भने पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने छैन ।'

उनको उद्योगमा विभिन्न प्रकारका १२ वटा मेसिन छन् । उनका उद्योगले अहिले दैनिक ३ सय ५० विद्यार्थीका स्कूल स्वीटर, लेडिज स्वीटर, उलन कुर्था, उलन लेगिज, चोला बच्चाका कोटहरू प्लाजु टोपी उत्पादन गर्ने गर्छ । उनले अहिले वार्षिक  १ लाख २० हजार स्वीटर उत्पादन गर्छन् । उनले २२ जना युवालाई रोजगारी पनि दिएका छन् ।

उनको उद्योगमा पनि मासिक १० हजार देखि ४५ हजार रुपैयाँसम्म तलब खाने कर्मचारी छन् । भण्डारी अहिले बुटवलका सफल युवा उद्यमीको रूपमा परिचित हुन थालेका छन् । उनले अहिले वार्षिक तीन करोड रुपैयाँको कारोबार गर्न सफल भएका छन् । उनको वार्षिक सम्पूर्ण खर्च कटाएर ४० लाख रुपैयाँ बचत पनि हुन्छ । उनी भन्छन्, ‘देशमै केही गर्ने इच्छाशक्ति भए विदेश जानु पर्दैन । यहीँ जे पनि गर्न सकिन्छ । अहिले लगानीमैत्री वातावरण छ । केही गर्न चाहनेलाई राज्यबाट अनुदान लिने पनि सकिन्छ ।’

भण्डारी अहिले उमेरले ४० वर्ष लागे । उनका छोरा छोरी र श्रीमती छन् । उनी अहिले आफ्नै व्यवसायमा रमाइरहेका छन् । बिहानेदेखि उनी उद्योगमा काम गर्न खटिन्छन् । भण्डारी भन्छन्,  ‘विदेशमा बसेर ४० काटेपछि देशमा आएर रमाउने होइन । नेपालमै केही उद्यम गरेर घरपरिवारसँग रमाउनुपर्छ भन्ने मेरो बुझाइ हो ।’

उनका उद्योगको कपडाको बजारमा ठूलो माग छ । बाह्रै महिना उनको उद्योग सञ्चालन हुन्छ । उनको उद्योगबाट उत्पादित कपडा नेपालभर पुग्छ । जाडोको कपडाका लागि अबौं रुपैयाँ प्रत्येक वर्ष बाहिरिन्छ । त्यसलाई रोक्न ऊनबाट बन्ने जाडोको कपडामा नेपाललाई आत्मनिर्भर बनाउने गरी आफू काम गर्न जुटेको भण्डारीको भनाइ छ ।

विशेषगरी जाडो महिनाका लागि बिक्री गरिने कपडा  भएकोले उनी बिक्री बढी हुने समय पूर्व नमूना लिएर बजारमा जान्छन् । कपडा राम्रो भएपछि उनको कपडामा माग अनुसार बजारमा पठाउँछन् । आफ्नो उद्योगबाट उत्पादन कपडाको लागि  बजारको कुनै समस्या नभएको भण्डारीले बताए ।

पछिल्ला केही वर्ष व्यावसायिक कृषि, पशुपालन र उद्यममा युवाको आकर्षण पनि बढ्दै गएको छ ।

उनले खुला सिमानाका कारण भन्सार छलेर ल्याउने भारतीय कपडामा प्रतिबन्ध लगाउन राज्यले कडाइका साथ लाग्नुपर्ने बताए । उनी भन्छन्, ‘भन्सार छलेर ल्याएका वस्तुले नेपाली उद्योगी/व्यवसायी पीडित भएका छन् । भन्सारमा राज्यले कडाइ गर्नुपर्छ । नत्र नेपाली उद्योगीहरू धरासायी बन्न धेरै समय लाग्दैन ।’

अहिले रुपन्देहीमा भण्डारीका जस्तै होजियारी उद्योग करीब एक दर्जन छन् । रुपन्देहीको तिलोत्तमामै पाँच जना युवाको समूहले ६ करोड रुपैयाँको लागतमा पनि हालै गार्मेन्ट उद्योग सञ्चालनमा ल्याएका छन् ।

भण्डारीले नयाँ आधुनिक मेसिनहरू भित्र्याएर उद्योगलाई अझै विस्तारित र परिस्कृत गर्दै जाने सोच बनाएका छन् । उनलको नमूना उद्योग भएको भन्दै विभिन्न क्षेत्रहरू रुपन्देही उद्योग संघलगायतले उनलाई सम्मान पनि गरेका छन् ।

राज्यले उद्योगी व्यवसायीहरूलाई बैंक ब्याज सस्तोमा उपलब्ध गराउने बताउँदै आए पनि त्यो व्यवहारमा कार्यान्वन नभएको उनको गुनासो छ । उद्योग व्यवासायीलाई राज्यले सबै क्षेत्रमा सहुलियत दिनुपर्ने उनको माग छ । उनले देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउन युवालाई यहीँ केही इलम गर्न राज्यबाट पनि प्रोत्साहनका कार्यक्रमहरू ल्याउन आवश्यक रहेको औंल्याए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x