×

NMB BANK
NIC ASIA

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय र सल्लाहकार टीममा रहेका १३ जनालाई नै राजीनामा दिएर मार्गप्रशस्त गर्न निर्देशन दिनुलाई प्रधानमन्त्रीको पछिल्लो 'बोल्ड' कदम मानिएको छ ।

Muktinath Bank

गत शुक्रवार बैठक प्रधानमन्त्रीले आफ्नो बैठक कक्षमा बोलाएर आफू नयाँ शिराबाट अघि बढ्न खोजेको र यसका लागि सबैको राजीनामा आवश्यक रहेको सुनाएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'आवश्यक परेका व्यक्तिलाई फेरि बोलाउँछु, अहिले ठाउँ खाली गरिदिनुस्,' प्रधानमन्त्रीको भनाई उदृत गर्दै एक सल्लाहकारले लोकान्तरसँग भने, 'उहाँ नयाँ ढंगबाट अघि बढ्न खोज्नुभएको हो भने राम्रो हो । हामीले जे-जति सहयोग गर्नुपर्ने थियो गर्‍यौं अब मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिएर उहाँलाई सहयोग गर्छौं ।'


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीको निर्देशन अनुसार मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली, स्वकीय सचिव इन्द्र भण्डारी लगयतले राजीनामा दिनेछन् ।

Vianet communication
Laxmi Bank

यो विषयमा प्रधानमन्त्रीको सल्लाहकार टीममा रहेकाहरू औपचारिक रूपमा केही बोल्न मानिरहेका छैनन् ।

सचिवालय टीमले गलत सूचना चुहाउने गर्थ्यो !

नेपालको इतिहासमा प्रधानमन्त्रीले एक–दुईजना सल्लाहकार फेर्ने गरेको भएता पनि सबैलाई एकैचोटी राजीनामा दिन लगाएको यो पहिलो घटना हो । यसअघि कुनै पनि प्रधानमन्त्रीले आफ्नो टीमलाई एकैचोटी राजीनामा दिन लगाएका थिएनन् ।

पछिल्लो समयमा प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे मिडियामा गलत सूचना दिएको आरोप सचिवालयको टीमलाई लागेको थियो । समयमा जनतालाई सूचना दिन नसक्ने, सूचना दिँदा डाक्टरहरूसँग पर्याप्त जानकारी नलिने र स्वयं प्रधानमन्त्रीलाई नसोधी सूचना चुहाउने प्रवृत्ति बढेको ओलीको बुझाइ छ ।

अनि फरक-फरक सल्लाहकारले फरक-फरक सूचना चुहाएको र यसले जनतामा आफैंप्रति नकारात्मक धारणा बन्दै गइरहेको निष्कर्षका आधारमा सबैलाई राजीनामा दिन लगाएको प्रधानमन्त्रीनिकट स्रोतले लोकान्तरलाई बतायो ।

'प्रधानमन्त्रीले ३ महिनाअघि नै आफ्नो टीममा समस्या रहेको भन्दै केहीलाई राजीनामा दिन निर्देशन दिने मनस्थिति बनाउनु भएको थियो,' स्रोतले दाबी गर्‍यो, 'त्यसपछि नयाँ–नयाँ घटनाक्रम विकसित भए । उहाँ आफैं अस्वस्थ हुनुभयो । अर्का अध्यक्ष प्रचण्डसँग पनि यसबारेमा धेरैपटक छलफल भएको थियो । अहिले उहाँले उपयुक्त मौका देखेर सबैलाई राजीनामा दिन लगाउनुभएको हो ।'

'चोरको खुट्टा काट' भन्दा सबैले खुट्टा उचाले !

प्रधानमन्त्रीनिकट रहेर लामो समय काम गरेका एक नेताले सचिवालय टीम असफल भएको आरोप लगाए । 'टीममा रहेर कसै-कसैले सूचनाको व्यापारसम्म गरेको हामीले थाहा पाएका थियौं,' सचिवालयकै सदस्यले सूचना बेचेको संगीन आरोप लगाउँदै लोकान्तरसँग उनले भने, 'सरकारको सकारात्मक छवी निर्माण गर्न सचिवालयका कतिपयले पूर्ण रूपमा असहयोग गरेका थिए । उनीहरूको राजीनामा पहिल्यै माग्नुपर्थ्यो । अहिले ढिलो भयो ।'

उनले सूचना चुहाएको आरोप सल्लाहकार आफैंले पुष्टि गरेको दाबी गरे । 'प्रधानमन्त्रीले आफ्नो टीमका मान्छेहरू हेरफेर गर्ने कुरा नयाँ विषय नै होइन,' उनले भने, 'तर यो विषयलाई मिडियामा नराम्रोसँग उछालियो । कसले मिडियालाई सूचना दियो त ? यिनैले दिएका होइनन् ? आफू हट्दैछु भनेर मिडियामा सूचना किन चुहाउनुपर्थ्यो ?'

उनले चोरको खुट्टा काट ! भनेपछि सबैले खुट्टा उचालेको दाबी गरे । 'मलाई प्रधानमन्त्रीको स्वाभावको बारेमा पनि थाहा छ,' उनले भने, 'उहाँले यसपटक टेस्ट गर्नुभएको हो । स्वयं मलाई पनि उहाँले पटक–पटक टेस्ट गर्नुभएको छ । तर यिनीहरूले बाहिर रोइलो मच्चाएर आफू नै सूचनाको व्यापारी भएको पुष्टि गरे ।'

पार्टी कार्यकर्ताले प्रधानमन्त्रीलाई भड्काएर राजीनामा दिन लगाए !

राजीनामा दिने तयारीमा रहेका एक सल्लाहकारले प्रधानमन्त्रीलाई कार्यकर्ताले गलत ब्रिफिङ गरेको आरोप लगाए । आफ्नो नाम प्रकाशित नगर्ने शर्तमा उनले लोकान्तरसँग भने, 'हामी असफल भएको म्यासेज बाहिर दिन खोजिँदैछ । यिनीहरूलाई निकाल्न पाए आफ्नो पालो आउँथ्यो कि भनेर कतिपयले यो बीचमा खेल्न खोजे ।'

प्रधानमन्त्रीको कार्यशैलीबारे गलत रूपमा सूचना चुहाएको आरोप लागेको छ नि ? भन्ने प्रश्नमा उनले त्यसो हुन नसक्ने दाबी गरे । 'हामी प्रधानमन्त्रीकै निर्देशन अनुसार चलेका थियौं । यो बीचमा कतिपयलाई बदनाम गर्ने प्रयास पनि गरियो । राजनीतिक सल्लाहकार विष्णु रिमाल, सूचना प्रविधि सल्लाहकार अस्गर अली, पछिल्लो समयमा प्रेस सल्लाहकार कुन्दन अर्याललाई विवादमा ल्याउने प्रयास भएको थियो । त्यो बाह्य रूपमा नभई आन्तरिक डिजाइनमै भएको मेरो बुझाई छ ।'

सचिवालयको टीमले पछिल्लो समय धेरै इभेन्टहरू व्यवस्थित गरेको र राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा सरकारको सकारात्मक छवी निर्माण गर्न सहयोग गरेको भएता पनि केही सीमित स्वार्थमा रमाउनेहरूले टीमको बदनाम गर्न खोजेको संगीन आरोप उनले लगाए ।

'विधि र पद्धति नचाहनेहरूको खेल हो यो,' उनले भने, 'म मेरो कामबाट सन्तुष्ट छु । प्रधानमन्त्रीले राजीनामा दिन निर्देशन गर्नुभयो, राम्रो गर्नेलाई फेरि बोलाउँछु पनि भन्नुभएको छ । उहाँका विषयमा मेरो केही टिप्पणी छैन ।'

टीम फेर्ने विषय ठूलो होइन !

प्रधानमन्त्रीनिकट मानिने नेकपा प्रदेश नम्बर ३ का सचिव आनन्द पोखरेलले टीम हेरफेर गर्नु कुनै ठूलो विषय आफूलाई नलागेको बताए । उनले यो प्रधानमन्त्रीको नितान्त व्यक्तिगत विषय रहेको र बाहिर अनावश्यक रूपमा उछालिएको टिप्पणी गरे ।

सचिवालय टीम असफल भएको हो ? भन्ने प्रश्नमा पोखरेलले भने, 'टीम सफल–असफल भयो भनेर बहस गर्ने काम नै गलत हो । बहस सरकार सफल भयो कि भएन भन्ने हो । अहिलेसम्मका सबै कामहरू त प्रधानमन्त्रीले सफलतापूर्वक गरिरहनुभएको छ । त्यसमा टीमको पनि योगदान रहन्छ ।'

पोखरेलले आफ्नो टीम हेरफेर गर्ने प्रधानमन्त्रीको निर्णयप्रति कोही खुशी र कोही रुष्ट हुनु नपर्ने बताए ।

तत्कालीन एमालेको संसदीय दलका प्रमुख सचेतक रहिसकेका पूर्वमन्त्री खगराज अधिकारीले पार्टीभित्र सबै क्षमतावान भएकाले अब नयाँ सल्लाहकार टीम जो आएपनि आफूलाई फरक नपर्ने बताए ।

'सबै एकसेएक हुनुहुन्छ, अहिलेको टीम पनि राम्रो थियो, काम गरिरहेको थियो,' अधिकारीले भने, 'अहिलेको टीम असफल भएको होइन तर प्रधानमन्त्री ओलीलाई नरुचाउनेहरूले आम मनोविज्ञान त्यस्तो खालको बनाइदिए ।'

अबको राजनीतिक सल्लाहकार को ?

देशको कार्यकारी पद सम्हालेका प्रधानमन्त्रीलाई राजनीतिक रूपमा सल्लाह दिने व्यक्तिको भूमिका निश्चय नै ठूलो हुन्छ । विष्णु रिमाल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा पनि राजनीतिक सल्लाहकार भइसकेका नेता हुन् । पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानमन्त्री ओलीले आम जनतामाझ पार्न सफल भएको सकारात्मक प्रभावका केही हकदार रिमाल पनि थिए ।

अहिले परिस्थिति बदलिएको छ । सरकारमाथि प्रतिपक्ष दलले मात्र नभएर आम जनताले पनि असन्तुष्टि पोख्न थालेका छन् । सरकारका पछिल्ला केही निर्णयहरू विवादास्पद पनि देखिए । नेकपाका कतिपय नेताहरूले नै सरकार असफल भएको टिप्पणी गरिरहेका छन् । यही आलोकमा प्रधानमन्त्रीले सबै सल्लाहकारको राजीनामा माग्नु अर्थपूर्ण छ ।

नयाँ टीममा को–को आउने भन्ने अहिलेसम्म प्रधानमन्त्रीले नसोचेको स्रोतको दाबी छ । तर मुख्य सल्लाहकारका रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आउने चर्चा चल्न थालेको छ । शालीन र मिजासिला नेताको छवी बनाएका ज्ञवाली बालुवाटार जाने संकेत आफैंले केही दिनअघि दिइसकेका छन् ।

केही साताअघि परराष्ट्रमन्त्री ज्ञवालीले मन्त्रालयका कर्मचारी मिलेर आयोजना गरेको वनभोजमा आफू सधैं मन्त्री रहिनरहने संकेत गरेका थिए । त्यस्तै सल्लाहकारमा आनन्द पोखरेलको पनि नाम चर्चामा रहेको छ । नेकपा प्रदेश ३ का सचिव पोखरेल ओलीनिकट मानिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x