मंसिर ३, २०८०
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
काठमाडौं – यस सीजनको इंग्लिश प्रेमियर लीगको उपाधि जित्न र हार्नमा जम्मा २१ सेकेन्डको खेल निर्णायक हुने सम्भावना देखिएको छ ।
अहिले शीर्ष स्थानमा रहेको लिभरपूलले साबित विजेता म्यानचेस्टर सिटीलाई आइतवार भएको खेलमा ३–१ ले हराएपछि दुई क्लबबीच नौ अंकको दूरी बनेको छ ।
तर लिभरपूलको गृहमैदान एनफील्डमा अर्कै घटनाक्रम हुन पनि सक्थ्यो ।
खेल शुरू भएको जम्मा पाँच मिनेट पाँच सेकेन्ड हुँदा सिटी ह्यान्डबलको पेनाल्टी आफूले पाउनेमा विश्वस्त बनेको थियो । बर्नान्डो सिल्भाले हानेको क्रस लिभरपूलका राइटब्याक ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डको हातमा लाग्यो ।
त्यसको जम्मा २१ सेकेन्डपछि सिटी पछि परिसकेको थियो ।
खेलको आक्रामक शुरूआत भएपछि सिल्भाले दाहिनेतिरबाट बक्समा सर्जिओ अग्वेरोतिर क्रस गरे ।
अग्वेरो नजिकै अलेक्जेन्डर–आर्नोल्ड थिए र उनी अप्ठ्यारो स्थितिमा परे किनकि बल उफ्रेर उनको दाहिने हातमा लाग्न पुग्यो ।
सिटीले तत्कालै यसको विरोध गरेको भए पनि मैदानमा रहेका रेफ्री माइकल ओलिभरले खेल जारी राख्न लगाए । लिभरपूलले यस घटनालाई बेवास्ता गर्दै चार्ज लिइहाल्यो ।
यसको परिणाम ?
फाबिन्होले २५ यार्ड परबाट सुन्दर स्ट्राइक गरेर लिभरपूललाई अग्रता दिलाए । ह्यान्डबलको घटना र गोलको घटनाबीच यही २१ सेकेन्डको अन्तरले शायद सीजनमा निर्णायक भूमिका खेल्न सक्छ ।
खेल सकिएपछि अलेक्जेन्डर आर्नोल्डले भने, ‘बल मेरो हातमा लाग्यो क्यारे तर त्यो बर्नान्डो सिल्भाको हातमा पहिले ठोकिएको हो । यस्तोमा खेल जारी राख्नुपर्छ, उनीहरूले गुनासो गरे तर हामीहरूले खेल जारी राख्यौं ।’
तर सिटीका पूर्व कप्तान भिन्सेन्ट कोम्पनीले लिभरपूलको बक्समा खेल रोकिनुपर्थ्यो भने ।
यस घटनाले अघिल्लो सीजनको याद दिलायो । जनवरी महिनाको ३ तारिखमा एतिहाद स्टेडियममा सिटी र लिभरपूलबीच भएको खेलमा लिभरपूल सात अंकको अग्रताका साथ आएको थियो ।
उक्त खेलमा कुनै गोल नभएको बेलामा सादियो मानेले हानेको बल पोस्टमा ठोकियो । सिटीका डिफेन्डर जोन स्टोन्सले बललाई क्लीयर गर्न खोज्दा गोलकीपर एडरसनमा ठोकिएर फेरि भित्र पस्न खोज्यो । स्टोन्सले लाइन क्रस गर्न लागेको बललाई बाहिर ल्याए ।
गोललाइन प्रविधि हेर्दा बल लाइनभन्दा ११.७ मिलिमिटर वरै रहेको देखियो ।
पेप ग्वार्डियोलाको प्रशिक्षणमा रहेको सिटीले उक्त खेल २–१ ले जित्यो । सीजनभरिमा लिभरपूलको त्यो एक मात्र हार थियो र अन्ततोगत्वा सिटीले उसलाई जम्मा एक अंकले हराउन सफल भयो ।
हिजोको खेलमा म्यानचेस्टर सिटीलाई पेनाल्टी नदिने निर्णय किन लिइयो भन्ने प्रश्नमा प्रोफेसनल गेम म्याच अफिसियल्स बोर्डले उत्तर दियो ः जानीजानी ह्यान्डबल गरेको कुरालाई विचार गर्ने हिसाबमा ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डको ह्यान्डबल देखिएन ।
तर यो व्याख्या धेरैले पत्याएनन् ।
‘के नचाहिँदो कुरा गरेको ? वाहियात,’ रेडियो ५ लाइभमा क्रिस सट्टनले भने ।
‘म म्यान सिटीको खेलाडी हुन्थें भने अत्यन्तै क्रुद्ध हुन्थें । खेलहरू यस्ता साना क्षणले निर्धारित हुन्छन् भने रेफ्रीको ठूलै भूल हो ।’
लिभरपूलले अन्ततोगत्वा खेल जित्यो । मोहम्मद सलाहले हाफ टाइमअघि लिभरपूलको अग्रता बढाए । त्यतिखेरसम्म सिटी पछिल्लो घटनाक्रमको स्तब्धताबाट बाहिर निस्कनै सकेको थिएन । दोस्रो हाफका लागि खेलाडीहरू मैदानमा आउँदा सिटीका सहायक प्रशिक्षक मिकेल आर्टेटाले फोर्थ अफिसियल माइक डीनसँग गहिरो विमर्श गरेको देखिएको थियो ।
त्यसपछि सादियो मानेको गोलले सिटीलाई तीन गोल पछि पारिदियो । सिल्भाले अन्तिमतिर गोल फर्काएपनि सिटीले कमब्याक गर्नका लागि त्यो पर्याप्त थिएन ।
खेल सकिएपछि ग्वार्डिओलाले रेफ्रीहरूलाई व्यंग्यात्मक रूपमा धन्यवाद भने ।
सिटी अहिले अंकतालिकामा लेस्टर र चेल्सीभन्दा पनि पछि परेर चौथो स्थानमा छ । लिभरपूललाई पहिलोपटक प्रेमियर लीग उपाधि जित्नबाट रोक्ने कसको तागत ?
बीबीसीबाट
फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ । अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...
यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो । सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...