अध्यक्ष प्रचण्ड र मन्त्रीहरूका अगाडि पम्फा भुसालको माग– सीमामा सेना परिचालन गरौं !

काठमाडौं – नेकपाकी सांसद पम्भा भुसालले सीमा क्षेत्रमा सेना परिचालन गर्न माग गरेकी छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै समिति सदस्य समेत रहेकी सांसद भुसालले सेनालाई ठेक्कापट्टामा नभएर सीमा सुरक्षामा परिचालन गर्नुपर्ने माग गरेकी हुन् ।


Advertisement

साथै उनले सीमा समस्या समाधानका लागि कूटनीतिक होइन राजनीतिक पहल गर्नुपर्छ, भनिन् ।


Advertisement

कालापानी क्षेत्रमा देखिएको सीमा समस्याको समाधान कूटनीतिक तबरबाट हुन नसक्ने उनको जिकिर छ ।

समस्या समाधानका लागि राजनीतिक तहमै कुराकानी गर्नुपर्ने माग सांसद भुसालले गरिन् ।

उनले सीमा नियमन गरेर आवतजावतका लागि परिचय पत्रको व्यवस्था गर्न माग समेत गरेकी छन् ।

बैठकमा समिति सदस्य समेत रहेका नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' तथा मन्त्रीहरू रामबहादुर थापा बादल र पद्मा अर्याल पनि सहभागी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोलाइए पनि उनी स्वास्थ्यको कारण देखाउँदै उपस्थित भएनन् ।

कमेन्ट गर्नुहोस्