अमरेशको प्रश्न– सेनालाई सीमामा पठाउने कि सडक खन्न र पेट्रोल पम्प खाेल्न ?

फाइल फोटो

काठमाडौं– नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनालाई सीमा सुरक्षामा पठाउने कि सडक खन्न भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमवारको बैठकमा बोल्दै सांसद् सिंहले सेनालाई सीमा सुरक्षामा पठाउनुपर्ने धारणा राखेका हुन् ।


Advertisement

'नेपाली सेनालाई सीमा सुरक्षा गर्न पठाउने कि सडक खन्न र पेट्रोल पम्प खाेल्न लगाउने ?' प्रश्न गर्दै सांसद सिंहले भने ।

कांग्रेसकै सांसद डिला संग्रौलाले कालापानी समस्या समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच 'वान टु वान' छलफल हुनुपर्ने बताइन् ।


Advertisement

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत बोलाइएपनि उनी उपस्थित भएनन् ।

गृहमन्त्री रामबहादुर थापा बादल र भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालको पनि उपस्थिति रहेको बैठकमा समिति सदस्य समेत रहेका नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पनि उपस्थित छन् । 

 

कमेन्ट गर्नुहोस्