×

NMB BANK
NIC ASIA

डोजर प्रकरण : प्रतिवेदन बुझाउन ढिलाइ

कात्तिक २५, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

बैतडी –यही कात्तिक ४ गते बैतडीको दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा डोजरले महिला हुत्याएपछि गठन भएको छानबिन समितिले प्रतिवेदन बुझाउन ढिलाइ गरेको छ । 

Muktinath Bank

छानबिन समितिको थपिएको म्याद सकिएको पनि एक हप्ता बितिसक्दासमेत जिल्ला प्रशासन कार्यालयले गठन गरेको समितिले अझै प्रतिवेदन बुझाउन सकेको छैन ।  कात्तिक ५ गते २४ घण्टाको समय सीमा राखेर सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्व पाँच सदस्यीय छानबिन समिति गठन भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त समय सीमाभित्र छानबिन समितिले प्रतिवेदन बुझाउन नसकेपछि थप ५ दिनको म्याद थपिएको थियो । तिहारको बिदापछि पाँच दिनको म्याद राखिएको थियो । तर उक्त समय सीमामा पनि छानबिन समितिले प्रतिवेदन नबुझाउँदा नागरिकले आशङ्का गर्न थालेका छन् । 


Advertisment
Nabil box
Kumari

यसअघि केही दिन अगाडि नेपाली काङ्ग्रेसको केन्द्रीय छानबिन समितिले सत्ता र शक्तिका आडमा घटना भएको निष्कर्षसमेत निकालेको थियो । सडक निर्माण गर्दा दुई पक्षबीच झडप भएको थियो । झडपकै क्रममा डोजर चालकले एक महिलालाई हुत्याएको थियो । 

Vianet communication
Laxmi Bank

छानबिन समितिले गहनरूपमा सबै कुरा समेट्नुपर्ने भएकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको जनाएको छ । समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीका अनुसार प्रतिवेदन ९० प्रतिशत काम सम्पन्न भएकाले केही दिनभित्रै प्रतिवेदन बुझाउने तयारी रहेको बताए। 

समितिले स्थलगतरूपमा दुवै पक्षसँग छलफल गरेको, वस्तुगत अवस्था नगरपालिकासँग बुझेको छ । उनले भने, 'पीडित पक्षले आफ्नो जग्गामा सडक खन्न नदिने भनी उच्च अदालतमा मुद्दा हालेकाले प्रतिवेदन बुझाउन ढिलाइ भएको छ, त्यसको पनि समस्या समाधानतर्फ छ ।'

प्रमुख जिल्ला अधिकारी बिदामा रहेकाले उनी आउने बित्तिकै प्रतिवेदन बुझाउने छानबिन समितिको तयारी छ । छानबिन समितिले जिल्ला प्रशासनलाई प्रतिवेदन बुझाउने अनि प्रशासनले प्रदेश सरकार, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालयलाई पठाउने जनाइएको छ ।  

दशरथचन्द नगरपालिका–९ को सुन्नाखानदेखि पार्ससम्म जोड्ने सडक निर्माणका विषयमा दुई पक्षबीच विवाद हुँदा डोजरले एक महिलालाई हुत्याएपछि घटनाले ठूलो रूप लिएको थियो । डोजरले हुत्याउँदा स्थानीय गौरी जोशी घाइते भएकी थिइन् । गौरी कोहलपुर र भारतमा उपचारपछि घर फर्किसकेकी छिन् । तर अझै पनि गौरीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखा पर्ने गरेको परिवारले जनाएको छ ।

प्रहरीले महिला हुत्याउने डोजर चालक किशोर बोहरा, डोजर चालकलाई उक्साएको आरोपमा डोजर मालिक भानीदत्त जोशी, भोजराज जोशी र धर्मानन्द जोशीविरुद्ध ज्यान मार्ने उद्दोगमा मुद्दा दर्ता भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए।   

यसका साथै सडक रोक्नुपर्छ भन्ने पक्षका दुर्गादत्त जोशीविरुद्ध सडक निर्माण गर्ने पक्षले किटानी जाहेरी दिएपछि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २३, २०८०

चन्द्रकला भण्डारी, झापा– घरेलु हिंसाबाट पीडित महिला न्यायका लागि प्रहरीकहाँ पुग्ने गरे पनि अधिकांश मुद्दा सहमतिमै टुङ्गिने गरेका छन् । झापामा विगत तीन वर्षमा घरेलु हिंसाका ६२२ उजुरी प्रहरी कार्यालयमा दर्त...

असोज १६, २०८०

मुस्लिम समुदायलाई लक्षित गरी सामाजिक सञ्जाल फेसबूकमा लेखिएको ‘स्टाटस’ले बाँकेको नेपालगञ्जमा सम्भावित धार्मिक द्वन्द्वलाई लिएर चिन्ता बढेको छ । मुस्लिम समुदायलाई गाली गरेर सामाजिक सञ्जालमा लेखिएको उक्...

असोज २९, २०८०

बागलुङ नगरपालिका ५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।​ चर्खे पिङ संरक्षण गर्ने उद्देश्यले यहाँको सुनाखरी सामुदायिक वन र स्थानीय युवाको सक्रियतामा चर्खे पिङ हालि...

भदौ ९, २०८०

धरानको भानु चौकमा धेरै चहलपहल हुने गर्छ । कोशी प्रदेशका पहाडी जिल्लामा आउने–जाने सवारीसाधन यही चोकमा भेला हुने गर्छन् । चोकमा एउटा बरको रुखमा चौतारो पनि छ । दिन कटाउनका लागि बूढापाकादेखि युवासम्म य...

पुस १४, २०८०

मोरङको बेलबारी नगरपालिका– १० की शान्ता निरौलाले खेती किसानी गर्छिन् । किसानले गाईबस्तु नपाल्ने कुरै भएन । अहिले उनलाई गाईबस्तुलाई के खुवाउने भन्ने चिन्ताले सताएको छ । वर्षभरि गाईबस्तुलाई खुवाउने भनेर र...

भदौ ९, २०८०

दोधारा चाँदनी– सुदूरपश्चिमका गाउँ–बस्ती यतिबेला देउडा गीतले गुञ्जायमान छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । काठमाडौंको टुडिखेलदेखि पश्च...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x