लगातार दोस्रो खेलमा सब्स्टिच्युट भएपछि रिसाए रोनाल्डो, खेल सकिनुअघि नै स्टेडियमबाट हिँडे

काठमाडौं – इटलीको फूटबल क्लब क्रिस्टियानो रोनाल्डो आइतवार एसी मिलानविरुद्धको खेल सकिनुभन्दा तीन मिनेटअघि नै स्टेडियम बाहिर गएका छन् ।

सेरी आको उक्त खेल युवेन्टसले १–० ले जित्यो । प्रशिक्षक माउरिजियो सार्रीले ५५औं मिनेटमा रोनाल्डोलाई सब्स्टिच्युट गरे । उनको ठाउँमा पल डीबालालाई ल्याइयो । 


Advertisement

पछिल्लो खेलमा लोकोमोटिभ मस्कोविरुद्ध पनि उनलाई सब्स्टिच्युट गरिएको थियो । रिपोर्टअनुसार, लगातार दुई म्याचमा सब्स्टिच्युट भएपछि रोनाल्डो रिसाएर प्रशिक्षक सार्रीसँग झगडा पनि गरे । 


Advertisement

डीबालाले एसी मिलानविरुद्ध ७७औं मिनेटमा गोल गरे । 

रोनाल्डो पछिल्लो १० म्याचमा जम्मा दुई गोल गरेका छन् । त्यसमा एक गोल पेनाल्टीमा भएको थियो । प्रशिक्षक सार्रीले रोनाल्डोको खराब फर्मका कारण लगातार दोस्रो खेलमा सब्स्टिच्युट गरे । 

पाँचपटक बालून दोर जितेका रोनाल्डो मैदानबाट निस्कँदा रिसाएको देखिए । चेन्जिङ रूममा जानुअघि उनले प्रशिक्षक सार्रीलाई केही कुरा भने । 

यस विषयमा सार्रीको प्रतिक्रिया यस्तो थियो, ‘रोनाल्डोले स्टेडियम छिटो छोडेको नछोडेको कुरा मलाई थाहा छैन । उनको स्वास्थ्य राम्रो छैन तैपनि उनी खेलमा उपलब्ध रहे । उनी मैदानबाट बाहिरिँदा रिसाएका थिए भने पनि त्यो खेलको एक अंग हो । यो सामान्य कुरा हो ।’

एजेन्सी
 

कमेन्ट गर्नुहोस्