×

NMB BANK
NIC ASIA

डा केसीलाई अनशन तोड्न आग्रह

कात्तिक २५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

डडेल्धुरामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्थाबारे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जानकारी दिनुभएको छ । आज बिहान स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएका मुख्यमन्त्री भट्टले डा केसीसँगै टेलिफोनमा कुराकानी गर्दै अनशन तोड्न आग्रह गर्नुभएको हो ।

Muktinath Bank

डा केसीका सकारात्मक मागलाई सङ्घीय सरकारमा पु¥याउन सुदूरपश्चिम प्रदेश सरकार पहल गर्न तयार रहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । डडेल्धुरा अस्पतालमा सरकारी चिकित्सकको व्यवस्था नभएसम्म आफूले अनशन नतोड्ने डा केसीको अडान छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    अनशनरत डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा सर्वसाधारणले सडक बन्द गरेका छन् । उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गएकाले थप उपचारका लागि काठमाडौँ ल्याउन हेलिकाप्टर डडेल्धुरा पुगेपछि सर्वसाधारणले विरोध जनाउँदै सडक बन्द गरेका हुन् । 


Advertisment
Nabil box
Kumari

अनशनरत डा केसीको माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा असपतालमा आवश्यक व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न भन्दै डक्टर सोसाइटी अफ नेपालले प्रेस वक्तव्य जारी गरेको छ । विज्ञप्तिमा चिकित्सा शिक्षाको लामो सङ्घर्ष थुपै्र आरोह–अवरोहपछि फेरि एकपटक संवेदनशील मोडमा आइपुगेको जनाउँदै डक्टर सोसाइटीले १६औँ अनशनपश्चात् राज्यद्वारा प्रतिबद्ध माग पूरा नभएकाले कात्तिक १८ गतेदेखि डा केसीले डडेल्धुराबाट १७औँ पटक अनशन थालेकाले आज आठ दिन पुगिसक्दा पनि राज्यका तर्फबाट कुनै पहलकदमी नहुनु अत्यन्तै खेदपूर्ण रहेको उल्लेख छ । 

Vianet communication
Laxmi Bank

प्रेस वक्तव्यमा भनिएको छ, “डा केसीको रगतमा चिनीको मात्रा, अक्सिजन जस्ता सूचाङ्क तलमाथि भइरहेको अवस्था छ । डडेल्धुरा अस्पतालमा भौतिक पूर्वाधार र आवश्यक जनशक्तिको अभावले उक्त विषम परिस्थिति खडा गरेको छ । दैनिक सयाँै बिरामी आउने अस्पतालमा समायोजन कार्यान्वयन भएसँगै हाल तीनजना चिकित्सक मात्र कार्यरत भएको हुँदा तत्काल अस्पतालमा आवश्यक जनशक्तिको व्यवस्था गरी सुविधा सम्पन्न बनाउनुपर्ने अवस्था छ । डा केसीको माग र इच्छालाई सम्मान गर्दै राज्यले तत्काल सम्बोधन गर्नु पर्नेछ ।” 

डा तोसिमा कार्मी, डा कालुसिंह खत्री, डा पुष्पमणि खराल र डा कविराजद्वारा हस्ताक्षरित प्रेस वक्तव्यमा लेखिएको छ–‘१५औँ अनशन झैँ राज्यले अपहरणशैलीमा सत्याग्राहीलाई उठाउनु खोज्नु अत्यन्त खेदपूर्ण छ । राज्यले बल प्रयोग गर्नुभन्दा समाधानतर्फ अग्रसर हुन जरुरी छ । कुनै पनि बहानामा राज्यले सम्बोधनतर्फ भन्दा मुठभेडतर्फ अग्रसर हुनु भोलिका दिनमा राज्यलाई अझै क्षति हुनेछ ।’ 

डा केसीका माग सम्बोधन गरी आवश्यक पहल कदमी लिई तत्कालै डडेल्धुरा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गर्न र वार्ताको वातावरण तयार गर्न विज्ञप्तिमार्फत जोडदार अपिल गरिएको छ । 

    डा केसीलाई लिन गएको हेलिकप्टर रित्तै फर्किएको छ । डा केसीले जबरजस्ती अन्यत्र नजाने अडान लिएको र स्थानीयवासीले डा केसीको माग पूरा नगरी जान नदिने भन्दै विरोध गरेपछि हेलिकप्टर रित्तै फर्किएको हो । अनसनका कारण डा केसीको स्वास्थ्य बिग्रिएपछि सरकारले उहाँलाई काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकप्टर पठाएको थियो । सहमति विपरीत डा केसीलाई लैजान नदिने भन्दै स्थानीयवासीले बिहानदेखि नै डडेल्धुरामा प्रदर्शन गरिरहेका थिए ।
    
डा केसीलाई मनाउन डडेल्धुराका प्रमुख जिल्ला अधिकारीले प्रयास गर्नुभए पनि डा केसीले उहाँलाईसमेत भेट्न मान्नुभएन । चारैतिरको अवरोध र डा केसीले पनि नजाने अडान राखेपछि हेलोकप्टर रित्तै फर्किएको जिल्ला प्रशासन कार्यालयका डडेल्धुराले जनाएको छ । डा केसीले जान नमानेपछि  दिउँसो १ बजे हेलिकोप्टर फर्किएको डडेल्धुरा जिल्ला प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो ।

डा केसीले सुविधासम्पन्न अस्पतालमा उपचारका लगि जान नमानेको उहाँका भाइ किशोर केसीले बताउनुभयो । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा मेडिकल कलेज खोलिनुपर्ने र डडेल्धुरा अस्पतालमा दरबन्दीअनुसार चिकित्सक हुनुपर्ने माग भएकाले माग पूरा नभएसम्म यहीँ बस्ने तयारी भएको उहाँले जनाउनुभयो ।रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x