एजेन्सी- अस्ट्रेलियाली क्रिकेटर स्टीभ स्मिथ यतिबेला घरेलु मल्टी डेज प्रतियोगिता शेफिल्ड शील्ड खेलिरहेका छन् ।
यस प्रतियोगितामा स्मिथले फर्स्ट क्लास करिअरमा सबैभन्दा ढिलो शतक प्रहार गरेका छन् ।
मंगलवार सिड्नी क्रिकेट मैदानमा न्यू साउथ वेल्सका लागि खेल्दै तस्मानियाविरुद्ध स्मिथले शतक प्रहार गरेका हुन् ।
उनले २९० बलमा फर्स्ट क्लास करिअरको ४२ औं शतक प्रहार गरे । जुन उनको करिअरकै सबैभन्दा ढिलो प्रहार गरिएको शतक हो ।
३० वर्षीय स्मिथले यसअघि २६१ बलमा इंग्ल्याण्डविरुद्ध सन् २०१७ मा गाबा मैदानमा शतकीय पारी खेलेका थिए ।
लोकान्तर संवाददाता