महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षमा राजपाको तर्फबाट रविताकुमारीको उम्मेदवारी

अजय अनुरागी
अजय अनुरागी

अजय अनुरागी लोकान्तरका लागि प्रदेश नम्बर दुई प्रतिनिधि हुन् । 

जनकपुरधाम - आगामी मंसिर १४ गते महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा हुन गइरहेको अध्यक्ष पदको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा)का तर्फबाट रविताकुमारी चौधरीले उम्मेदवारी दिएकी छन् ।

रविताकुमारी स्वर्गीय विनोद चौधरीकी श्रीमती हुन् । बिरामी रहेका अध्यक्ष विनोद चौधरीको गत वैशाखमा काठमाडौँमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।


Advertisement

उम्मेदवारी दिँदै रविताकुमारीले आफू श्रीमानको सपना पूरा गर्न आएको प्रतिक्रिया दिइन् ।


Advertisement

अध्यक्ष पदका लागि नेकपाबाट विक्रम चौधरीले उम्मेदवारी दिइसकेका छन् भने समाजवादी पार्टीबाट रामजानकी यादवले उम्मेदवारी दिएकी छन् ।

त्यस्तै अध्यक्षका लागि सीके राउतको पार्टीबाट पनि उम्मेदवारी परेको छ । सीके राउत नेतृत्वको जनमत पार्टीकी अन्जु मण्डलले अध्यक्षका लागि उम्मेदवारी दिएकी छन् ।

 

कमेन्ट गर्नुहोस्