धरान उपमहानगरको मेयरका लागि कांग्रेसबाबाट राईको उम्मेदवारी

सुनसरी– मंसिर १४ गते हुने उपनिर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसका तिलक राईले उम्मेदवारी दर्ता गराएका छन् । 

राईको उम्मेदवारी दर्ता गराउन कांग्रेस उपसभापति विजयकुमार गच्छदारलगायत केन्द्रीय स्तरका नेताहरू उपस्थित भएका थिए । 


Advertisement

तत्कालीन मेयर तारा सुब्बाको निधन भएपछि धरान उपमहानगरपालिकामा उपनिर्वाचन हुन लागेको हो । 


Advertisement

मेयरका लागि नेकपाले प्रकाश राईलाई उम्मेदवार बनाएको छ भने समाजवादी पार्टीका तर्फबाट गजेन्द्र इस्वो उम्मेदवार बनेका छन् ।

२०६४ सालमा भएको स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्