टोपबहादुर रायमाझी लगायतको उपस्थितिमा मालारानी- ३ नेकपाद्वारा उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं- नेकपा अर्घाखाँचीले मालारानी- ३ मा वडा सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता गराएको छ । 

आफ्ना उम्मेदवार यमलाल खनालकाे मनाेनयन दर्ता गर्ने क्रममा पार्टीका स्थायी समिति सदस्य टाेपबहादुर रायमाझी, केन्द्रीय सदस्यद्वय नजिर मिया, शुशिला श्रिपाली, नेकपा नेता चन्द्रबहादुर खड्का, जिल्ला अध्यक्ष चेतनारायण आचार्य, प्रदेश सचिवालय सदस्य रामजी घिमिरे, जिल्ला सचिव ठाकुर कुमार विक लगायताकाे उपस्थिति रहेको थियो । 


Advertisement

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि आज स्थानीय तहमा उम्मेदवारी मनोनयनको कार्यक्रम छ । 


Advertisement

कमेन्ट गर्नुहोस्