आज पनि सकिएन आफताब आलमको थुनछेक बहस

गगन अर्याल
गगन अर्याल

लोकान्तर संवाददाता अर्याल सुरक्षा/अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् ।

काठमाडौं– चुनावमा बुथ कब्जाका लागि बम बनाउने क्रममा भएको विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इँटाभट्टामा जलाएको अभियोग लागेका कांग्रेस सांसद आफताब आलममाथिको थुनछेक बहस आज पनि सकिएन ।

झण्डै एक सातादेखि जारी बहस नसकिएको जिल्ला अदालत रौतहटका श्रेस्तेदार गुणराज पराजुलीले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

आलममाथि २०६४ साल चैत २८ मा भएको संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा चैत २७ गते आफ्नै काकाको गोठमा बम बनाउने क्रममा भएको विस्फोटमा परी घाइते भएका दुई नेपालीसहित करीब २२ जनालाई जिउँदै इँटाभट्टामा जलाएको आरोप छ ।

आज (बुधबार) वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, अधिवक्ता लालबाबु राय, सञ्जीवकुमार मल्लिक र अजयकुमार पटेलले विपक्षीको तर्फबाट बहस गरेका छन् । 


Advertisement

अहिलेसम्म विपक्षीको तर्फबाट १२ जना वकिलले बहस गरिसकेका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले दायर गरेको मुद्दाको पक्षमा त्यसअघि नै वरिष्ठ अधिवक्ता युवराज संग्रौला सहितका वकिलहरूले बहस गरिसकेका थिए ।
 

कमेन्ट गर्नुहोस्