×

NMB BANK
NIC ASIA

पुस मध्यबाट काठमाडौंमा बिजुलीका तार जमिनमुनि गाडिँदै

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं –नेपाल विद्युत् प्राधिकरणले काठमाडौं उपत्यकाका मुख्य सहरी क्षेत्रमा बिजुलीका तार भूमिगत गर्ने कार्य २०२० को जनवरीबाट शुरूगर्ने भएको छ ।  

Muktinath Bank

काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत तार भूमिगत कार्य शुरूगरेको दुई वर्षमा सम्पन्न हुने बताइएको छ । उपत्यकाको महाराजगन्ज तथा रत्नपार्क वितरण केन्द्रअन्तर्गतका तार भूमिगत गर्ने जिम्मा पाएको कम्पनी केइआई इन्डिस्ट्री इन्डियाले जनवरीबाटै काम शुरूगर्ने गरी निर्माणपूर्वका सम्पूर्ण तयारी पूरा गर्न लागेको प्राधिकरणले जनाएको छ । आयोजनाअन्तर्गत चार सय भोल्ट क्षमताको वितरण लाइन ५ सय किलोमिटरभन्दा बढी र ११ किलो भोल्टको चार सय किलोमिटरभन्दा बढी लाइन भूमिगत गर्न लागेको हो । यसका लागि मध्य तथा उत्तर, पूर्व तथा दक्षिण र पश्चिम गरी ३ आयोजना सञ्चालन भइरहेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्राधिकरणले बिजुलीका तार भूमिगत गरेसँगै हाल प्राधिकरणको पोलबाटै प्रसारण भइरहेका इन्टरनेट, केबुल टेलिभिजन, टेलिफोनलगायत सेवाप्रदायकका केबुल (तार)समेत भूमिगत गर्न मिल्ने गरी सुरुङभित्र पाइप जडान गर्ने जनाएको छ । आयोजना सफल भए पोलमा जेलिएको तारले सहर कुरुप बनेका मुख्य सहरको सुन्दरता बढ्ने विश्वास गरिएको छ । तर, यसका लागि अन्य सेवाप्रदायक निकायले समेत समन्वय गर्नुपर्ने देखिएको छ । त्यस्तै, स्थानीय निकाय, प्रहरी, प्रशासन सबैको समन्वय आवश्यक हुने काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सुदृढीकरण आयोजना प्रमुख पियुस मालाकारले बताए । 


Advertisment
Nabil box
Kumari

पूर्व, मध्य र दक्षिण क्षेत्रमा जनवरीदेखि काम 
उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत महाराजगन्ज वितरण केन्द्रअन्तर्गत  जनवरीदेखि  विभिन्न भोल्टेजस्तरका लाइन भूमिगत गर्ने इन्जिनियर राजकुमार केसीले बताए । उनका अनुसार यस आयोजनाले बालुवाटार, लाजिम्पाट, टिचिङ हस्पिटल, गैह्रीधारा, बाँसबारीलगायत स्थानमा वितरण लाइन भूमिगत गर्नेछ । त्यस्तै, धापासी, सामाखुसी, गोंगबु, ओम अस्पताल, तारेभिर, सुन्दरीजल, शिवपुरीलगायत स्थानसम्मका लाइन भूमिगत गरिनेछ । 

Vianet communication
Laxmi Bank

आयोजनाको ठेकेदार कम्पनी केइआई इन्डिस्ट्री इन्डियाले सर्बे गरी डिटेल डिजाइन तयार गरिसकेको छ । आयोजनाको डिजाइनलगायत विषयमा कन्सल्टिङ भारतको सरकारी कम्पनी पावर ग्रिड अफ इन्डियाले गरिरहेको छ । यो आयोजना एसियाली विकास बैंकको साढे ३ अर्ब ऋण सहयोगमा निर्माण हुन लागेको हो । आयोजना हेर्ने कर्मचारी, कार्यालयलगायतको सञ्चालन खर्च भने नेपाल विद्युत् प्राधिकरणले व्यहोरिरहेको छ ।  

त्यस्तै, उपत्यकाको पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत रत्नपार्क वितरण केन्द्रबाट विद्युत् प्रावाह हुने लाइन भूमिगत गरिनेछ । यो कामको जिम्मेवारीसमेत केइआई इन्डिस्ट्री इन्डियाले नै लिएको छ । आयोजनाको आवश्यक सर्बे, डिटेल डिजाइनलगायत अध्ययनका सम्पूर्ण काम पूरा गरिरहेको आयोजनाका इन्जिनियर पूजन कट्टेलले बताए । 

‘पाइप, केबुललगायत जडान उपकरणसमेत ल्याउन केइआईले शुरूगरिसकेको छ,’ उनले भने, ‘मंसिरदेखि नै काम शुरूगर्ने उसले जनाएको छ ।’ उनका अनुसार ड्रिलिङका लागि आवश्यक होरिजेन्टल डाइरेक्सनल ड्रिलिङ (एचडिडी) मेसिनसमेत १/२ दिनभित्रै ल्याउने कम्पनीले जनाएको छ । आयोजनाअन्तर्गत रत्नपार्क वितरण केन्द्रबाट विद्युत् वितरण गरिने थापाथली, माइतीघर, रातोभाले, सिंहदरबार, पुतलीसडक, भत्केको पुल, ज्ञानेश्वर क्षेत्र वरपर पूर्व तथा दक्षिण क्षेत्रको लाइन भूमिगत गरिनेछ । यस आयोजनाका लागि पौने ४ अर्ब बजेट अनुमान गरिएको छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x