चैत १, २०८०
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कात्तिक २८, २०७६
दक्षिण अमेरिकी मुलुक बोलिभियामा हप्तौंसम्म विपक्षीहरूले विरोध प्रदर्शन गरेपछि राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएका छन् । राजीनामा दिएसँगै उनी मेक्सिकोमा शरण लिन पुगेका छन् ।
निर्वाचनमा धाँधली गरिएको भन्दै विपक्षीहरूले चलाएको आन्दोलन हिंस्रक हुँदै गएपछि सेनाले हस्तक्षेप गरेर मोरालेसलाई राजीनामा दिन लगाएको थियो । त्यसपछि आफूलाई ज्यानको खतरा रहेको भन्दै मोरालेसले मेक्सिकोको वामपन्थी सरकारसँग गुहार मागे र मेक्सिकोले उनलाई शरण दियो ।
मोरालेस हटेपछि उनकी कट्टर विरोधी सिनेटकी उपाध्यक्ष जीनाइन आनेजलाई अन्तरिम राष्ट्रपति बनाइएको छ । तर मोरालेसका समर्थकहरूले उनलाई स्वीकार नगर्ने बताउँदै प्रदर्शन गरेका छन् र दुई पक्षबीचको संघर्ष जारी छ ।
बोलिभियामा भइरहेको प्रदर्शनमा आन्तरिक कारण पनि महत्त्वपूर्ण छ किनकि मोरालेसले १४ वर्षदेखि शासन चलाइरहेका थिए र चौथो कार्यकालका लागि कोशिश गरिरहेका थिए । लामो समयसम्म एउटै शासकले शासन गर्दा जनतामा अधैर्यको भाव आउने उदाहरण अन्य देशहरूमा पनि देखिएकै हो ।
तर बोलिभियामा विकसित घटनाक्रममा बाह्य शक्तिहरू पनि जिम्मेवार रहेको बताइएको छ । वास्तवमा वामपन्थी राष्ट्रपति मोरालेस अमेरिकी साम्राज्यको आलोचना गरिरहने भएकाले आँखी बनिरहेका थिए । त्यसैले गर्दा निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आन्दालन गर्ने विपक्षी दलहरूलाई उचालेर शान्तिव्यवस्था खलबल्याउन अमेरिकी हात रहेको देखिन्छ ।
अर्गनाइजेसन अफ अमेरिकन स्टेट्स नामक संस्थाले अक्टोबर २० मा सम्पन्न निर्वाचनमा धाँधली गरिएको र मोरालेसले आफूलाई विजेता घोषणा गरेको बतायो । वाशिङटन एक्लैले उक्त संस्थालाई ६० प्रतिशत बजेट उपलब्ध गराउँछ त्यसैले त्यो संस्था दक्षिण अमेरिकामा अमेरिकाको भूराजनीतिक स्वार्थ पूरा गराउनका लागि उपयोग गरिने हतियार हो भनी ग्रेजोन नामक समाचार वेबसाइटले उल्लेख गरेको छ । अनि अर्गनाइजेसन अफ अमेरिकन स्टेट्सको प्रतिवेदनले विपक्षी दलहरूलाई निर्वाचनमा धाँधली भएको भन्ने दाबीलाई बल पुग्यो । भेनेजुएलामा अमेरिका समर्थक विपक्षी दलले गरेको आन्दोलनको पुनरावृत्ति बोलिभियामा पनि देखिएको छ । भेनेजुएलामा सत्तापरिवर्तन गर्न विफल भएर रन्थनिएको अमेरिकाले बोलिभियामा विजय प्राप्त गरेको अनुभव गरेको छ ।
स्पुतनिक न्युजमा फिनियन कनिङ्घमले एक लेखमा मोरालेसले राष्ट्रपति पदबाट राजीनामा दिनुभन्दा केही दिन मात्र पहिले अडियो टेपहरू सार्वजनिक भएको र त्यसमा विपक्षी राजनीतिकर्मीहरू, अमेरिकी दूतावास र अमेरिकी सिनेटरहरूले कूको षड्यन्त्र गरेको कुरा रहेको लेखेका छन् ।
कनिङ्घमका अनुसार, लीक गरिएका टेपहरूमा बोलिभियाका राजनीतिकर्मीहरूले मोरालेसलाई हटाउनका लागि अमेरिकी सिनेटरहरू मार्को रुबियो र टेड क्रुजको सहयोग लिएका थिए ।
बोलिभियाको राजधानी ला पाजमा रहेको अमेरिकी दूतावासले सडकमा हिंसा मच्चाउन तथा मिडियामा गलत सूचनाहरू प्रवाह गर्नका लागि संयोजकको भूमिका निर्वाह गरेको विश्वास गरिएको छ । त्यसो गरेर बोलिभियालाई अस्थिर बनाउने र मोरालेसलाई पदत्याग गर्न बाध्य बनाउने उसको ध्येय रहेको मानिएको छ ।
आरटीमा नेबोस्या मालिचले मोरालेसलाई सत्ताच्युत गराउनका लागि बोलिभियामा सर्बियामा गरिएकै जस्तो षड्यन्त्र भएको लेखेकी छन् ।
त्यस्तै द गार्डियन पत्रिकामा गेब्रिएल हेटल्यान्डले एक आलेख प्रकाशित गरेर बोलिभियामा सैन्य कू भएको भनी स्पष्ट रूपमा दाबी गरेर लोकतन्त्र गम्भीर खतरामा रहेको लेखेका छन् ।
चौध वर्षसम्म समाजवादी शासन चलाएका मोरालेसले बोलिभियालाई आर्थिक रूपमा सशक्त बनाएको कुरा त पहिलेपहिले अमेरिकी मिडियाहरूले नै छापेका छन् । मोरालेसका नीतिहरूले लाखौं बोलिभियालीहरूलाई गरीबीबाट उठाएको भनी अन्तर्राष्ट्रिय रूपमा प्रशंसा प्राप्त गेका छन् । विशेषगरी उनले ऐतिहासिक रूपमा सम्भ्रान्त वर्गले सीमान्तीकृत बनाएको आदिवासी समूहका मानिसलाई गरीबीको दुष्चक्रबाट मुक्त गरेको बताइन्छ । तर अमेरिकी नेतृत्वमा रहेको पूँजीवादी खेमालाई समाजवादी मुलुक उदाहरणीय बनेको कुनै हालतमा पनि चित्त बुझ्ने कुरै भएन ।
त्यसैले त अमेरिकाले मोरालेसको राजीनामाको खबर आउनेबित्तिकै त्यसलाई स्वागत गरिहाल्यो । मोरालेस सत्ताच्युत हुँदा भेनेजुएला र निकारागुआलाई पाठ पढ्ने अवसर प्राप्त भएको ट्रम्प प्रशासनको भनाइ छ ।
सत्ता छोड्न नचाहने स्वार्थी नेताविरुद्ध बोलिभियाली जनताको लोकतान्त्रिक विजय भनी अमेरिकाका मूलधारे मिडियाले लेखे । दी एटलान्टिक र सीएनएनमा प्रकाशित आलेखहरूमा मोरालेसले हद पार गर्न थालेकाले उनलाई जनताले हटाएको उल्लेख छ ।
तर वामपन्थी धारका नेता तथा सञ्चारमाध्यमले यो दक्षिणपन्थी कू भएको भन्दै यसको भर्त्सना गरेका छन् र यसमा अमेरिकाको सक्रिय वा निष्क्रिय भूमिका रहेको बताएका छन् । बोलिभियाको विशाल खनिजस्रोतमा कब्जा जमाउन तथा दक्षिण अमेरिकामा वाशिङटनको प्रभुत्व कायम गर्न अमेरिकाले यो षड्यन्त्र गरेको उनीहरूको दाबी छ ।
ती लेखकहरूका अनुसार, बोलिभियामा निर्वाचनमा धाँधलीको आरोप लगाएर सडक प्रदर्शन गराउने काम विपक्षी दलप्रति बफादार दक्षिणपन्थी समूहहरूले गरेका हुन् । यी समूहहरू मोरालेस सन् २००६ मा सत्तामा आउनुअघि शासन चलाउने शक्तिहरूसँग सम्बन्धित छन् । मोरोलेस बोलिभियाको आदिवासी समूहबाट पहिलोपटक राष्ट्रपति बनेका व्यक्ति हुन् जबकि त्यस देशमा स्पेनी साम्राज्यवादीहरूसँथ सम्बन्ध भएका सम्भ्रान्त वर्गकै प्रभुत्व रहिआएको छ ।
आदिवासीहरूले शासन गरेको कुरा बोलिभियाका धार्मिक फासीवादीहरूलाई चित्त बुझिरहेको थिएन । मोरालेसलाई हटाउनका लागि प्रमुख भूमिका निर्वाह गर्ने लुइस फर्नान्डो कामाचो मोरालेस गएपछि राष्ट्रपति भवन पुगे । उनको एक हातमा बाइबल थियो अनि अर्कोमा राष्ट्रिय झण्डा थियो । उनले राष्ट्रपतीय चिह्नमाथि प्रार्थनामा शिर झुकाएर देशमा आदिवासी शासनको सबै विरासत अन्त्य गरेर क्राइस्टको साम्राज्य स्थापित गर्ने कुरा बताए । कामाचोलाई अमेरिकाको पूर्ण समर्थन प्राप्त छ ।
कू गराउनुअघि कामाचोले दक्षिण अमेरिकाका दक्षिणपन्थी सरकारहरूसँग भेटेर बोलिभियालाई अस्थिर बनाउने योजना सार्वजनिक गरेका थिए । कोलम्बिया र ब्राजिलका दक्षिणपन्थी सरकारलाई उनले धन्यवाद नै दिएका थिए ।
अब कामाचो लगायतका दक्षिणपन्थी शक्तिहरूले नयाँ निर्वाचन गराएर आफूअनुकूलका नेतालाई राष्ट्रपति बनाउनेछन् । त्यसपछि उनीहरूले समाजवादी सरकारका सबै निर्णय पल्टाउँदै पूँजीपतिहरूको हित हुने नीति अंगीकार गर्नेछन् । चिलीमा वामपन्थी आयेन्दे सरकारलाई जनरल अगस्टो पिनोसेले कूमार्फत सत्ताच्युत गरेर मानवअधिकार उल्लंघनको जुन सिलसिला चलाएका थिए, त्यो बोलिभियामा दोहोरिने सम्भावना देखिएको छ । त्यसको संकेत दिँदै कामाचोले आफ्ना समर्थकहरूलाई चुनाव गरौं, सरकारमा रहेका अपराधीहरूलाई कानूनको कठघरामा ल्याऔं र तिनीहरूलाई जेलमा कोचौं भने ।
यसले बोलिभियामा गृहयुद्धको स्थिति ल्याउने सम्भावना प्रबल छ किनकि मोरालेसका समर्थकहरू दक्षिणपन्थी शासकहरूका अगाडि सजिलै आत्मसमर्पण गर्छन् जस्तो देखिँदैन । गृहयुद्ध भयो भने पनि अमेरिकाका हतियार उद्योगलाई फाइदै हुन्छ, त्यसैले अमेरिका अहिले बोलिभियामा विकसित घटनाक्रमका कारण गदगद बनेको प्रतीत हुन्छ ।
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...