बोनम्यारोसम्बन्धी रोगबाट पीडित पत्रकार शर्माको उपचारका क्रममा निधन

सुर्खेत– करीब ५ वर्षदेखि सुर्खेतमा सक्रिय पत्रकारिता गरिरहेका दैलेखका पत्रकार डिलप्रकाश शर्माको निधन भएको छ ।

संसदीय मामिला पत्रकार समाज कर्णाली प्रदेशका सचिव समेत रहेका पत्रकार शर्मा बोनम्यारो रोगसँग ७ महिनाअघिदेखि लड्दै आइरहेका थिए ।


Advertisement

बहिनी नानकला शर्माको बोनम्यारो प्रत्यारोपण गर्ने क्रममा विहीबार काठमाडौंको सिभिल अस्पतालमा उनको निधन भएको हो ।

पत्रकार शर्मा स्थानीय पत्रिका साझा बिसौनी दैनिकमा आवद्ध थिए ।


Advertisement

उनको दु:खद् निधन भएकोप्रति संसदीय मामिला पत्रकार समाजले गहिरो दुःख प्रकट गरेको छ ।

विहीबार एक विज्ञप्ती जारी गर्दै अध्यक्ष शेरबहादुर थापाले भनेका छन्, ‘संसदीय बिट पत्रकारिताको मोफसलमा अभ्यास भइरहेको बेलामा हामीलाई एक गम्भीर धक्का महसूस भएको छ । उहाँको निधनले पत्रकारिता जगतमा ठूलो क्षति पुर्‍याएको छ ।’

विज्ञप्तिमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना तथा मृतक शर्माप्रति भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गरिएको छ ।

कमेन्ट गर्नुहोस्