×

NMB BANK
NIC ASIA

सरकारबाट बाहिरिनेबारे के छ बाबुरामको प्रतिवेदनमा ?

कात्तिक २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सरकारमा सहभागी हुँदा गरेको सहमति अनुसार संविधान संशोधनमा सरकार सहमत नभए सरकारबाट बाहिरिने विषयमा समाजवादी पार्टीमा छलफल शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारबाट बहिर्गमनबारे पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने प्रस्ताव समाजवादी पार्टीको संघीय परिषद् बैठकमा पेश भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार काठमाडौंमा शुरू भएको समाजवादी पार्टी नेपालको संघीय परिष्द बैठकमा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पेश गरेको राजनीतिक प्रतिवेदनमा सत्तासाझेदार दलसँग महत्त्वपूर्ण निर्णय लिँदा सरसल्लाह नगरेको भन्दै सहमति कार्यान्वयन नगरे सरकारबाट बाहिरिनुपर्ने प्रस्ताव गरेका हुन् ।


Advertisment
Nabil box
Kumari

‘यतिखेर समाजवादी पार्टी हाम्रा विचार र एजेण्डाहरू फरक हुनुको बाबजुद नेकपा नेतृत्वको संघीय सरकारमा सामेल छ । संविधान संशोधन गर्ने शर्तमा २०७५ जेठ १८ गते तत्कालीन संघीय समाजवादी फोरम नेकपा नेतृत्वको सरकारमा सामेल भएको थियो । अहिले समाजवादी पार्टीले त्यहीँ निर्णयलाई निरन्तरता दिइरहेको छ,’ प्रस्तावमा भनिएको छ, ‘तर सरकारको नेतृत्व गर्ने पार्टीले एकातर्फ संविधान संशोधन गर्न कुनै चासो देखाएको छैन भने अर्कातर्फ प्रदेश प्रमुखहरूलाई एकलौटी निर्णय गरेर हटाउने जस्ता काम गरिरहेको छ । साझेदार दलसँग महत्त्वपूर्ण निर्णय लिँदा सरसल्लाह गर्नुपर्ने सत्ता सञ्चालनको सामान्य मर्यादा समेत ख्याल गरिरहेको छैन । तसर्थ संघीय सरकारमा पार्टीको संलग्नताबारे गम्भीर समीक्षा गर्नु जरुरी छ ।’

Vianet communication
Laxmi Bank

नेता भट्टराईले सहमति कार्यान्वयका लागि सरकार र सरकार सम्बद्ध पार्टीसँग वार्ता अगाडि बढाउने प्रस्ताव गरेका छन् । ‘२ बुँदे सहमति अनुरुप संंविधान संशोधनका लागि संशोधनको प्रक्रिया अगाडि बढाउन पहल गर्ने र त्यसलाई कार्यान्वयन गर्ने प्रक्रिया अगाडि नबढाएमा सरकारबाट बहिर्गमनका लागि पार्टीको कार्यकारिणी समितिले निर्णय गर्ने गरी पार्टी अगाडि बढ्नुपर्छ,’ प्रस्तावमा उल्लेख छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x