×

NMB BANK
NIC ASIA

६ सय ५० अर्ब सहकारीको नियन्त्रणमा, मन्त्री भन्छिन् – उत्पादनमा लगानी गर्नुस्

कात्तिक २८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी मन्त्रालय र सहकारी अभियन्ताबीचको सम्बन्ध सुमधुर बनाउदै एकताबद्ध भएर जानुपर्छ भन्ने उद्देश्यले अगाडि बढिरहेको बताएकी छन् ।

Muktinath Bank

रिलायवल बचत तथा ऋण सहकारी संस्था बानेश्वरको २१ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हरेक विषयमा अभियन्तासँग समन्वय गरेर अगाडि बढिरहेको भन्दै उनले मन्त्रालयले सहकारी अनुकुल नियमावली निर्माण गरिएको बताइन ।


Advertisment
Nabil box
Kumari

'सहकारी अभियानलाई अगाडि बढाउने हिसाबले हामीले नियमावली निर्माण गरेका छौ,’ उनले भनिन्, ‘अब कार्यान्वयन गरेर जानुपर्छ ।’

Vianet communication
Laxmi Bank

६ सय ५० अर्ब कारोबार सहकारी संस्थाले जम्मा गरेको भन्दै उनले यो सानो पूँजी नभएको बताइन ।

वित्तीय कारोवार हुने संस्थामा केही बेथिति पनि देखिने भन्दै मन्त्री अर्यालले त्यसलाई समयमै सचेत भएन भने ठूलो दुर्घटना हुने भएकोले समयमै सचेत हुनुपर्ने बताइन । सहकारीमा जम्मा भएको पूँजी उत्पादनमा लगाउनुपर्ने उनको भनाइ थियो ।

मन्त्री अर्यालले भनिन्,' अब सहकारीमा जम्मा भएको रकमलाई विभिन्न उत्पादनमा लगाउनुपर्छ । उत्पादनमा लगाउनका निम्ति भएका कानुनी बाधा ब्यवधानको समाधान गरेर जानुपर्छ ।'

सहकारीको संस्था धेरै भएकोले अब त्यसलाई नियन्त्रण गर्न सहकारी संस्था मर्जरको अभियान चलाइएको उनको  भनाइ थियो ।

वित्तीय कारोवार गर्ने संस्थाको नियमन गर्नका निम्ति छुट्टै बचत तथा ऋण सम्बन्धि ऐन ल्याउने तयारीमा रहेको उनको भनाइ थियो । कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी विकास वोर्डका सह-अध्यक्ष दक्ष पौडेलले प्रविधिको प्रयोग गरेर कर्जा जोखिम र कर्जा सुरक्षण गर्नुपर्ने बताए ।

त्यस अवसरमा संस्थाका अध्यक्ष ओमदेवी मल्ल जोशीले स्थापना गरेको केशव बडाल सहकारी पत्रकारिता पुरस्कार पत्रकार रामसुदन तिमिल्सिनालाई प्रदान गरिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x