×

NMB BANK
NIC ASIA

भट्टराई भन्छन् - सत्तारूढ नेकपा र कांग्रेस उस्ता उस्तै

कात्तिक २८, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ - समाजवादी पार्टी नेपालको सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीलाई वैकल्पिक शक्ति बनाइने बताएका छन् ।

Muktinath Bank

सङ्घीय परिषद् बैठकमा बिहीवार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उनले राष्ट्रिय राजनीतिमा ‘वैचारिक तथा राजनीतिक तेस्रो ध्रुव’ निर्माण गरिने बताए । प्रतिवेदनमा अध्यक्ष डा भट्टराईले नेपालमा भारत, चीन र अमेरिकाको त्रिकोणात्मक शक्ति सम्बन्धबीच नेपालले शान्ति, स्थायित्व, गतिशील, तटस्थ र सन्तुलित समनिकटताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चीन र भारतबीच नेपाल गतिशील आर्थिक पुल बन्ने प्रयासमा लाग्नुपर्ने प्रतिवेदनमा स्पष्ट गरिएको छ । प्रतिवेदनमा डा भट्टराईले काङ्ग्रेस र कम्युनिष्टजस्ता पुराना पार्टीले ‘विकास, सुशासन, समृद्धि र समाजवाद’को जति चर्को नारा लगाए पनि ती पार्टीको सोच, संस्कार र सिद्धान्तको सीमाले त्यो पूरा गर्न नसक्ने भन्दै उक्त कार्य आफ्नो पार्टीले मात्र पूरा गर्न सक्ने उल्लेख गरेका छन् ।


Advertisment
Nabil box
Kumari

‘समाजवादी कार्यभार र मार्गचित्र पूँजीवादी र साम्यवादी शक्तिले पूरा गर्ने अपेक्षा हाँस्यास्पद हो,’ प्रतिवेदनमा भनिएको छ, ‘समाजवादी कार्यभार, समाजवादी मार्गचित्र, समाजवादी राज्य न पूँजीवादीबाट, न साम्यवादीबाट, न काङ्ग्रेसबाट न कम्युनिष्टबाट हुन सक्छ । यो अभिभारा समाजवादी पार्टीको नेतृत्वले मात्र पूरा गर्न सम्भव छ ।’

Vianet communication
Laxmi Bank

राजनीतिक शक्तिबारे विश्लेषण गर्दै नेता डा भट्टराईले नागरिकको समर्थन र झुकाव जुन दलतिर ढल्किन्छ, सोहीबमोजिम सामाजिक, राजनीतिक तथा आर्थिक प्रणाली स्थापित हुँदै जाने सम्भावना उल्लेख गरेका छन् । काङ्ग्रेसलाई उदार–लोकतान्त्रिक धारको नेतृत्व गर्ने दल भएको आँैल्याउँदै डा भट्टराईले प्रमुख प्रतिपक्षको भूमिका भने राम्ररी निभाउन नसकेको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई उनले कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणका नाममा काङ्ग्रेस जस्तै औपचारिक–प्रतिनिधिमूलक संसदीय लोकतन्त्रको पक्षपाती बन्न पुगेको आरोप लगाएका छन् ।

प्रारम्भमा सरकारप्रति जनताले आशा÷अपेक्षा गरे पनि सरकारले जनअपेक्षाअनुरुप कार्य गर्न असफल भएको टिप्पणी गर्दै अध्यक्ष डा भट्टराईले आफ्नो पार्टीले नेतृत्व गरेका दुई मन्त्रालयको काम राम्रोसँग गर्न खोजेको बताएका छन् ।

समाजवादीले नेतृत्व गरेको प्रदेश नं २ को सरकारले पनि प्रभावकारी जनमुखी कार्य गर्दै आएको उहाँले उल्लेख गर्नुभएको छ । समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक शुक्रबार र शनिबार काठमाडाँैमा हुने भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x