फागुन ४, २०८०
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
परम्परागत रूपमा माछापालन गरिँदै आएका बाँके र बर्दियाका ठूला प्राकृतिक ताललाई पर्यटकीयस्थल बनाउँदा माछाको पकेट क्षेत्र मासिँदै गएको छ ।
माछापालन गरिँदै आएका ताललाई पर्यटकीयस्थल बनाउँदा माछापालन घट्दै गएकाले चालू आर्थिक वर्षबाट बाँके र बर्दियामा २५ प्रतिशत माछा उत्पादन घट्ने जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जले जनाएको छ ।
जिल्ला पशु ज्ञान कार्यालय नेपालगञ्जका वरिष्ठ मत्स्य विकास अधिकृत बसिर अहमद खाँका अनुसार सरकार र कृषकको परिश्रमपछि माछाको उत्पादन बढ्न थालेका बेला स्थानीय तहले पकेट क्षेत्रकै जलाशयमा माछा उत्पादन बन्द गरी पर्यटकीयस्थल बनाउन सुरु गरेका छन् । सोही कारणले माछा उत्पादनमा समेत प्रभाव परेको र यस वर्षबाट २५ प्रतिशत जति माछा उत्पादन घट्ने उहाँले बताउनुभयो ।
जिल्ला पशु ज्ञान कार्यालयका अनुसार बाँके र बर्दियालाई माछा उत्पादनको उर्वर ठाउँ मानिन्छ । यहाँ उत्पादन भएको माछा स्थानीय बजारमा मात्र नभई जिल्ला बाहिरसमेत खपत हुँदै आएको छ ।
मिसन फिस कार्यक्रममार्फत साबिकको कृषि विकास कार्यालयले माछाको उत्पादन बढाउन विभिन्न कार्यक्रम गरेको थियो ।
बाँकेमा २५ हेक्टर रहेको प्राकृतिक जलाशयमा माछापालन हुँदै आएको थियो । १६ हेक्टरको पुरैनी ताल र ६ हेक्टरको वाटर पार्कमा माछा उत्पादन हुँदै आएकोमा यी दुवै तालमा नेपालगञ्ज उपमहानगरपालिकाले पर्यटकीयस्थल बनाउँदै छ । प्रदेश सरकारको सहयोगमा पुरैनी ताललाई पर्यटकीय स्थल बनाउने काम सुरु भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...