×

NMB BANK
NIC ASIA

उपनिर्वाचन २०७६ : सखुवामा त्रिपक्षीय भिडन्त

कात्तिक २९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई मध्यनजरलाई ध्यानमा राखी पर्साको सखुवाप्रसौनी–५ मा हुने अध्यक्ष पदको उपनिर्वाचनमा पाँच जना उम्मेदवारले उम्मेदवारी दिए पनि सत्तारुढ दल नेकपा, सत्ता साझेदारी दल समाजवादी पार्टी र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवारबीच त्रिपक्षीय भिडन्त हुने भएको छ । 

Muktinath Bank

वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका सबै दलले निर्वाचन परिचालन कमिटी, प्रचारप्रसार कमिटी र टोल कमिटी गठन गरी चुनावी गतिविधिलाई अगाडि बढाएको स्थानीय कन्हैयाप्रसाद साहले बताए । टोलटोलमा बिहानदेखि राति अबेरसम्म उम्मेदवारले मतदातालाई आफूतिर तान्न विभिन्न उम्मेदरवारले भेला, बैठक, छलफललगायतका कार्यक्रम गरिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा समाजवादी पार्टीबाट निर्वाचित भएका वडा अध्यक्ष बृजमोहन राय यादवको मृत्युपश्चात् सखुवाप्रसौनी गाउँपालिका–५ को वडाध्यक्षको उपनिर्वाचन हुन लागेको छ । सो उपनिर्वाचनमा आफ्नो पुरानो विरासत जोगाउन समाजवादी पार्टीले रुपलाल यादवलाई वडाध्यक्षको उम्मेदवारका रुपमा अघि सारेको छ भने सतारुढ दल नेकपाले उदयशङ्करप्रसाद रौनियार, मुख्य प्रतिपक्षी दल नेपाली कांग्रेसले अशेस्वरप्रसाद यादव, राप्रपाले सदरी महरा रामलाई अघि सारेको छ भने गोपालप्रसाद कानून स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दिएका छन् । 


Advertisment
Nabil box
Kumari

केही दलबीच खासगरी नेकपा, नेपाली काङ्ग्रेस र समाजवादी पार्टीको उम्मेदवारबीचमा त्रिकोणात्मक तथा कडा प्रतिस्पर्धा हुने भएको स्थानीय जैकी रौनियारको भनाइ छ ।

Vianet communication
Laxmi Bank

सो गाउँपालिकामा समाजवादी पार्टीका अध्यक्ष प्रदीप जैसवाल रहेकाले पनि समाजवादी पार्टीका लागि यो चुनाव जित्न प्रतिष्ठाको विषय बनेको छ भने अर्कोतिर मृतक वडाध्यक्ष समाजवादी पार्टीकै भएकाले उहाँका लागि जीतलाई प्रतिष्ठाका रुपमा हेरिएको छ । 

उपनिर्वाचनमा हुने साम, दाम दण्ड र भेदमा उत्रिन सक्ने सम्भावना बढी रहेकाले पनि उम्मेदवारबीच हुने प्रतिस्पर्धा निर्वाचन आचारसंहिताविपरीत हुने सम्भावना बढी भएकाले यसप्रति निर्वाचन आयोग सचेत र सजग हुनुपर्ने स्थानीय नगिनाप्रसाद यादवको भनाइ छ । 

सङ्घर्षको मोर्चामा अब्बलरुपामा भूमिका निर्वाह गरेका महिलामध्ये कसैलाई पनि वडाको निर्वाचनमा दलले टिकट नदिनुलाई बिडम्बना भएको भन्दै समाजका अगुवाले भने निर्वाचनमा हुने महिला सहभागिता घट्दै गएकामा एउटै कारण हो दलको असहयोग ।

उम्मेदवार छनोट प्रक्रिया बाटै महिलाको कडा सङ्घर्ष शुरु हुने र टिकट पाए पनि निर्वाचन लड्न र जित्न महिलालाई अहिलेको परिप्रेक्ष्यमा चुनाव जित्न फलामको च्युरा चपाए जस्तो हुने ठम्याइ महुवनवासीको छ । 

नेपालको संविधानमा समानुपातिक प्रणालीबाट मात्रै ३३ प्रतिशत महिला राख्ने व्यवस्था भए पनि जबसम्म चुलोचौका र राज्यसंयन्त्रमा महिला र पुरुषबीचको उपस्थिति समान हुँदैन तबसम्म विभेद कायमै रहन्छ । हाल स्थानीय तहमा ४० प्रतिशत महिलाको उपस्थिति रहेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार गत निर्वाचनमा स्थानीय तहमा १४ हजार ३५३ महिला निर्वाचित भएका थिए ।

प्रदेशस्तरमा हेर्ने हो भने १८९ जना महिला प्रतिनिधि निर्वाचित भएको देखिन्छ । 

निर्वाचन आयोगले तोकेको औपचारिक रकमभन्दा धेरै रकम खर्च गर्नुपर्ने अवस्था रहेको र महिला उम्मेदवारले व्यापारी र ठेकेदार खोजेर चन्दा संकलन गर्न सक्दैन र उनीहरूसँग मनी र मसल्स पनि नभएकाले महिला उम्मेदवार बन्न नसक्ने अवस्था अहिले पनि रहेको अर्का नेता केशवनाथ सुक्लाको भनाइ छ । 

महुवन, बलुवा र सोलकपुर गरी तीन वटा गाउँ सखुवाप्रसौनी–५ मा पर्ने गरेको र त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् ।

महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा मंसिर १४ गते बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म हुने उपनिर्वाचनका लागि मतदान केन्द्र १ र मतदानस्थल तीनवटा रहने व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसैगरी प्रदेश २ कोे धनुषा जिल्लाबाहेक सात जिल्लामा एक नगरपालिकाको अध्यक्ष र नौ ठाउँमा वडा अध्यक्षका लागि उम्मेदवारी दर्ता भएपछि मुख्य तीन दल नेकपा, नेपाली काङ्ग्रेस र समाजवादी पार्टीका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । वीरेन्द्र कर्ण/रासस   

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x