बहुविवाहको मुद्दामा अदालत उपस्थित भएकी नायिका शिल्पा साधारण तारेखमा रिहा

फाइल फोटो

बहुविवाहको मुद्दामा अदालत उपस्थित भएकी नायिका शिल्पा पोखरेल साधारण तारेखमा रिहा भएकी छन् ।

शुक्रवार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी शिल्पालाई आइवार बयान सकेर थुनछेक बहस गरी शुक्रवार नै साधारण तारेखमा छाड्ने आदेश भएको हो ।


Advertisement

निर्माता छवि ओझाकी जेठी श्रीमती हेमाले छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी हालेकी थिइन् ।

सोही मुद्दामा शिल्पालाई पक्राउ गर्न जिल्ला अदालतले आदेश दिएको थियो । 


Advertisement

त्यसविरुद्ध शिल्पाले सर्वोच्च अदालतमा दायर गरेको निषेधाज्ञासम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको इजलासले खारेज गरिदिएपछि शिल्पालाई पक्राउ गर्न बाटो खुलेको थियो ।

त्यसपछि पक्राउ पर्ने सक्ने डरका कारण शिल्पा आफैं अदालतमा उपस्थित भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्