बंगलादेशी राष्ट्रपति स्वदेश फिर्ता

नेपालको चार दिने सद्भावना भ्रमण सकेर बंगलादेशी राष्ट्रपति अब्दुल हमिद स्वदेश फिर्ता भएका छन् ।

हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् ।


Advertisement

हमिद मंगलवार नेपाल आएका थिए । यसक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूसँग शिष्टाचार भेट भएको थियो ।

नेपाल बसाईका क्रममा हमिद पोखरा पनि पुगेका थिए ।


Advertisement

कमेन्ट गर्नुहोस्