कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बुटवल - सरकारले आउँदो अङ्ग्रेजी वर्षको शुरुआतसँगै गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी र उत्साहजनक रुपले सफल बनाउन प्रदेश नं ५ मा व्यापक तयारी भइरहेको छ ।
भ्रमण वर्षलाई राष्ट्रिय उत्सवका रुपमा सफल बनाउने सरकारको सङ्कल्प पूरा गर्न प्रदेश नं ५ मा स्थानीय तहसम्म कार्यक्रम बनाएर अगाडि बढाइएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को मूल राष्ट्रिय सङ्कल्पलाई सार्थक बनाउन भ्रमण वर्ष सहयोगी र सार्थक अभियान बन्ने अपेक्षाअनुरुप प्रदेशमा यसलाई भव्य बनाउन सबै तह एवं निकायलाई परिचालन गरिने भएको छ । भ्रमण वर्षमा देशमा २० लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।
भ्रमण वर्षमा प्रदेश नं ५ सरकारले प्रदेशभित्रका धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि अभियानन सञ्चालन गर्ने योजना बनाइएको नेपाल भ्रमण वर्ष २०२० प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका सहसंयोजक पर्यटन व्यवसायी माधव नेपाल बताउँछन् ।
भ्रमण वर्षका लागि प्रदेश नं ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विभिन्न कार्यक्रम प्रस्ताव गरेको छ । उक्त कार्यक्रम बिहीबार बुटवलमा आयोजित अभिमुखीकरण कार्यक्रममा मन्त्रालयका सचिव डा राधा वाग्लेले प्रस्तुत गरे ।
प्रदेशका १२ वटै जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यअनुरुप कार्यक्रम प्रस्ताव गरिएको छ । अभिमुखीकरण कार्यक्रममा मुख्यमन्त्री शङ्कर पोखरेलले पर्यटकीय गन्तव्यमा दिगोपन र दूरगामी सोचेर संरचना निर्माण गर्दा पर्यटन प्रवद्र्धन हुने भएकाले त्यसतर्फ सोच्न सबैलाई आग्रह गरे ।
उनले पर्यटकीय गन्तव्यमा विदेशी पर्यटकलाई आकर्षित गर्ने संरचना, जनशक्ति र सन्दर्भ सामग्रीको अभाव देखिने गरेकाले पर्यटन प्रवद्र्धनका कार्यक्रम यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
मुख्यमन्त्री पोखरेलले सबै ऐतिहासिक क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुन नसक्ने तर यस्ता सम्पदाको पूर्वाधार विकासभन्दा संरक्षणमा जोड दिनुपर्ने बताए । उनले समुदायमा रहेका विविधतायुक्त संस्कृतिलाई पर्यटनमैत्री योजना बनाएर पर्यटन प्रवद्र्धन गर्ने गरी लगानी गर्न सुझाव दिए ।
अभिमुखीकरण कार्यक्रममा जिल्ला तहमा निर्माण गरिएका जिल्लास्तरीय पर्यटन प्रवद्र्धन समितिपछि अब स्थानीय तहमा कम्तीमा ११ सदस्यीय स्थानीय पर्यटन प्रवद्र्धन समिति निर्माण गर्ने निर्णय गरिएको छ । उक्त समितिको संयोजकमा स्थानीय पालिका प्रमुख र दुई महिलासहित पालिकाका वडासदस्य, स्थानीय उद्योगी व्यवसायी, पत्रकार सदस्य रहने व्यवस्था गरिएको छ ।
यस्तै प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिको आगामी बैठक बर्दियाको ठाकुरद्धारामा आयोजना गर्ने र भ्रमण वर्ष मूल समितिमा ११ सदस्यीय सचिवालय गठन गर्ने निर्णय भएको पर्यटन प्रवद्र्धन समितिका संयोजक उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले जानकारी गराए । मन्त्री गिरीले प्रदेश नं ५ ले सिङ्गो मुलुकको पर्यटन व्यवसायलाई जोड्ने यसको प्रमुख माध्यम भनेकै लुम्बिनी बन्ने बताए ।
उनले पर्यटन व्यवसाय बढ्न नसक्नुमा मुख्यतया सडक, यातायातलगायत सबै प्रकारका पहुँचका सञ्जालको अभाव रहेको भन्दै यसतर्फ योजना बनाएर काम गर्न सुझाव दिए । मन्त्री गिरीले प्रदेश सरकारले मुख्यरुपमा जनतालाई फाइदा पुग्ने गरी मात्र पर्यटनको क्षेत्रमा लगानी गर्ने भएकाले स्थानीयरुपमा योजना बनाउँदा जनतालाई मुख्यरुपमा फाइदा हुने गरी योजना ल्याउन आग्रह गरे ।
त्यस अवसरमा मन्त्रालयका सचिव डा राधा वाग्लेले पर्यटन प्रवद्र्धनका कार्यक्रम गर्दा बाह्य र गुणस्तरीय पर्यटक आकर्षण गर्ने मुख्य लक्ष्यसहित राज्यका सबै निकाय सङ्घ, प्रदेश र स्थानीय सरकार तथा निजी क्षेत्र त्यसैअनुरुपका कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले भ्रमण वर्षका योजना प्रस्तुत गर्दै विभिन्न क्षेत्रमा रहेका धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गरेर पर्यटन प्रवद्र्धन गरी आर्थिक उपार्जनमा जोड्न सकिने सम्भावना रहेको बताए ।
सचिव वाग्लेले प्रदेश सरकार स्थापनाको छोटो अवधिमा नै गत वर्ष पर्यटन पूर्वाधारको क्षेत्रमा महत्वपूर्ण काम सम्पन्न भएको र यसले पर्यटन प्रवद्र्धनमा राम्रो जग बसाल्न सकिएको बताए । उनले लुम्बिनी भ्रमण वर्ष २०७६ लाई लक्षित गरेर राखिएका कार्यक्रम नेपाल भ्रमण वर्षसँग सम्बन्धित कार्यक्रम सँगसँगै अगाडि बढाइने बताए ।
कार्यक्रममा भ्रमण वर्षका कार्यक्रम प्रदेशस्तरमा सञ्चालन गर्ने विषयमा सहसंयोजक माधव नेपालले जानकारी गराएका थिए । उनले अभियानलाई प्रभावकारी र सफलतापूर्वक सञ्चालन गर्न भ्रमण वर्ष मूल आयोजक समितिले प्रदेशस्तरमा तय गरेका कार्यक्रममा कार्यक्रमलाई सहयोग पुग्ने गरी स्थानीय तया प्रदेश सरकार, पर्यटन व्यवसायी र निजी क्षेत्रसँगको सहकार्यमा सञ्चालन गरिने जानकारी गराए ।
यस्तै प्रदेश तथा स्थानीयस्तरमा पर्यटन प्रवद्र्धनका कार्यक्रम, पर्यटकीय वस्तुको उत्पादन, प्रवद्र्धन एवं बिक्री वितरणका कार्यमा सहजीकरण गर्ने, भ्रमण वर्षलाई सहयोग पुग्ने गरी वातावरण संरक्षण, पर्यटनमैत्री जनचेतना अभिवृद्धि, सरसफाइजस्ता कार्यक्रममा सरोकारवाला र सञ्चार क्षेत्रलाई परिचालन गर्ने उल्लेख गरिएको छ । यस्तै पर्यटकका लागि आवश्यक हस्तकला, घरेलु उत्पादन, अर्गानिक कृषिलगायतका स्थानीयस्तरका कार्यमा सहजीकरण र सहयोग गर्ने उल्लेख गरिएको छ । भरत केसी/रासस
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...