×

NMB BANK
NIC ASIA

ललितपुरको घर-घरमा कोगतेको पानी पुर्याउने मन्त्री मगरको प्रतिबद्धता

कात्तिक २९, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

काठमाडौँ - खानेपानीमन्त्री बीना मगरले ललितपुरको घरघरमा कोगतेखोलाको पानी पु¥याउने बताएकी छन् । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित कोगतेखोलाको आज अवलोकन गर्दै उनले घरघरमा खानेपानीको सुविधा पु¥याउने उल्लेख गरिन ।

Muktinath Bank

‘सिस्नेरी खोलामा बाँध निर्माण गरी कोगतेखोला र कुलेखानी खोलाको पानी वर्षायामको समयमा सङ्कलन गरी त्यसलाई पम्प गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको सँैबु जलाशयमा पठाएर जिल्ला भरी वितरण गर्ने भएका छौं,’ उनले भनिन्, ‘सन् २०३० सम्म १४ करोड लिटर पानी उपत्यका भित्र्याउने योजना छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब २६ अर्बको लगानीमा सो योजना अघि बढाइने छ । जिल्लामा उक्त योजनामार्फत निकालिएको पानी वितरण गरेपश्चात् त्यहाँ इनार, कुवा, बोरिङजस्ता कामलाई पूरै बन्द गरिने मन्त्री मगरले जानकारी दिइन्। समयक्रमसँगै खोक्रिँदै गएकोे काठमाडौँलाई बचाउन आवश्यक रहेको उनको भनाइ थियो ।


Advertisment
Nabil box
Kumari

सो योजनाअन्तर्गत निर्माण हुने बाँध कुलेखानी खोला र वाग्मती नदीको दोभानभन्दा १०० मिटरमाथि बनाउने प्रस्ताव गरिएको काठमाडाँै उपत्यका खानेपानी बोडका निर्देशक सञ्जीवविक्रम राणाले बताए । ‘सिस्नेरी बाँधको लम्बाइ १९० मिटर, उचाइ ७५ मिटर रहने छ,’ उनले भने, ‘सिस्नेरी बाँध स्थलदेखि सँैबु पानी प्रशोधन केन्द्रसम्म कूल १९ किमि छ । सिस्नेरीदेखि सँैबुसम्म पाइपलाइन निर्माण गर्न मिल्ने देखिन्छ ।’

Vianet communication
Laxmi Bank

सो खोलाको पानी दक्षिण ललितपुरबाहेकका अन्य जिल्ला र काठमाडाँै आसपासका जिल्लामा वितरण गरिने बताइएको छ । यसैगरी मन्त्रालयले सिन्धुपाल्चोकको यान्ग्री लार्केल खोला, भक्तपुरको महादेव खोलालगायत स्थानमा खानेपानीका लागि अध्ययन गरिरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x