×

NMB BANK
NIC ASIA

गुणात्मक कफी उत्पादनमा सिन्धुपाल्चोक पहिलो

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रथम राष्ट्रिय कफी कपिङ्ग प्रतियोगिता २०७६ मा जिल्ला कफी सहकारी सङ्घ, सिन्धुपाल्चोकले ८५.५ अङ्कसहित प्रथम स्थान हासिल गरेको छ ।

Muktinath Bank

कफी क्षेत्रमा आबद्ध कफी उत्पादक सहकारी सङ्घको प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराले यो यस्तो कार्यक्रम आयोजना गरेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रिय कफी एकेडेमीले पोखरा र ललितपुरमा गरी एक हप्तासम्म देशव्यापी रूपमा विभिन्न जिल्ला कफी सहकारी र उत्पादक सङ्घबाट प्राप्त १६ वटा नमुनाको कफी कपिङ्ग गरी त्यसको स्वाद र गुणस्तर परीक्षण गरेको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा कफी कपिङ्गबाट त्यसको स्वाद र गुणस्तर परीक्षण गरेपछि मात्र यसको मूल्य निर्धारण गरिएको नेसनल कफी एकेडेमीका अध्यक्ष डा. राजकुमार बन्जराले बताए।


Advertisment
Nabil box
Kumari

अन्तर्राष्ट्रिय रूपमा प्रमाणित प्राविधिक निमा तेन्जिङ्ग शेर्पाले सिन्धुपाल्चोकको कफीमा हुने विभिन्न गुणहरू जस्तै अरोमा, एसीडीटी, बोडी, आफ्टरटेस्ट, स्विटनेस लगायतका गुण सन्तुलित स्वाद र गुणस्तरको रहेको तथा केही मात्रामा मह र लेमनग्रास जस्तो स्वाद रहेको बताए।

Vianet communication
Laxmi Bank

त्यस्तै दोस्रो स्थानमा रहेको जिल्ला कफी सहकारी सङ्घ, गुल्मीले ८४.७५ अङ्क प्राप्त गरेको छ । अर्को तेस्रो स्थान जिल्ला सहकारी सङ्घ गुल्मीले ८४ अङ्कसहित प्राप्त गर्न सफल भएको छ । चौथो स्थानमा कास्की जिल्लाको ब्लु माउन्टेन अर्गानिक फार्म, पोखरा (२१ मा उत्पादित कफीले ८३.७५ अङ्क प्राप्त गरेको छ ।

क्रमशः पाँचौ स्थानमा जिल्ला कफी सहकारी सङ्घ, नुवाकोटबाट उत्पादित कफीले ८३.५ अङ्क, जिल्ला कफी सहकारी सङ्घ, कास्कीले ८२.२५ अङ्क, जिल्ला कफी सहकरी सङ्घ, लमजुङले ८१.५ अङ्क, जिल्ला कफी सहकारी सङ्घ, तनहुँ र पर्वतले तुलनात्मक रूपमा ललितपुर, काभ्रेलगायत अन्य जिल्लाभन्दा कम अङ्क प्राप्त गरेका छन् । गोरखापत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x