×

NMB BANK
NIC ASIA

श्रीमतीसँगैको फोटो देखेपछि युवकको हत्या

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीमतीसँगै बसेर फोटो खिचाएका युवकको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।  श्रीमती र गाउँकै एक युवकको फोटो सँगै देखेपछि युवकको हत्या गर्ने अभियुक्तसहित दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरी थुनामा राखेको हो।

Muktinath Bank

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलाशले सप्तरीको सुरुङ्गा नगरपालिका–३ विषहरियाका ४६ वर्षीय महेन्द्र सदा र २५ वर्षीय अनील सदालाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई वर्ष पाँच महिनाअघि सोही ठाउँ बस्ने १९ वर्षीय फुल्चनकुमार मण्डललाई विष खुवाइ हत्या गरेको अभियोगमा उनीहरू असोज ३० गते पक्राउ परेका थिए ।
‘श्रीमति र अविवाहित फुल्चनले सँगै खिचेको फोटो फेला पारेपछि उनीहरूबीच प्रेम सम्बन्ध रहेको ठानी वैदेशिक रोजगारबाट फर्किए लगत्तै महेन्द्रले योजना बनाएर हत्या गरेका रहेछन्’ इलाका प्रहरी कार्यालय कडरबोनाका इन्स्पेक्टर रामराजा केशरीले भने।


Advertisment
Nabil box
Kumari

केशरीका अनुसार रक्सी खान बजारमा बोलाइ विषादी मिसाएको रक्सी खुवाएर सुनियोजित तरिकाले हत्या गरी फरार रहेका महेन्द्र र अनीललाई पक्राउ गरी अदालतमा बुझाइएको हो ।

Vianet communication
Laxmi Bank

रक्सीमा विषादी मिसाएर खुवाएपछि फुल्चनले आत्महत्या गरेको हल्ला फिंजाएर आरोपितहरूले घटनालाई ढाकछोप गर्ने प्रयास गरेको जनाउँदै फुल्चनकी आमा हन्सीदेवी मण्डल खत्वेले उजुरी दिएकी थिइन् । सँगै रक्सी खान बोलाएर फुल्चनको रक्सीमा विषादी मिसाएको थाहा पाएपछि हत्याको उजुरी दिएको उनले बताइन्। अन्नपूर्ण पाेस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x