घर भत्काउने क्रममा पर्खालले किचेर १ जनाको मृत्यु

मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ती लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।
 
घर भत्काउँदै गरेका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए ।


Advertisement

घाइते मोक्तानलाई हात्तीसुँडे स्वास्थ्यचौकी लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
 


Advertisement

कमेन्ट गर्नुहोस्