×

NMB BANK
NIC ASIA

आशिष अविरल गोठालो जाँदा होस् या एक्लै कुनै काममा भुल्दा गोजीमा मुरली बोकेर हिँड्थे । र त्यसमा सुन्दर ध्वनि निकाल्थे ।

Sagarmatha Cement
Muktinath Bank

एकांकी स्वभाव भएका कारण आफ्ना कुराहरू अरूलाई भन्न लजाउँथे  । आफ्ना मनमा लागेका कुराहरू मुरलीमार्फत बाहिर सुनाउँथे । उनी अरूभन्दा फरक थिए । हरेक कुराहरूलाई विकल्पका रूपमा सोच्ने बानी उनको बच्चैदेखि हो । उदाहरण आफ्नै दिन्छन् उनी, ' खोलाको बीचमा ढुंगा देख्दा पनि यदि त्यो ढुंगा त्यहाँ नभएको भए खोला कसरी बग्थ्यो भनेर सोच्थेँ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलापहिला उनका बुवाले मुरली बनाएर बजाउन दिए पनि त्यसको निरन्तरता लामो समयसम्म रहेन । उनी मुरली फुटाइरहन्थे । बनाएको मुरली फुट्ने गरेको थाहा पाएपछि उनले झिँजो मान्दै भनेछन्- अब म सक्दिनँ । आफैं बना ।


Advertisment
Nabil box
Kumari

पछि आशिषले आफैं मुरली बनाउन थाले । आफूले बनाएको मुरली बजाए पनि । तर मुरलीबाट निस्केको धुनले उनलाई छुन सक्दैन्थ्यो अनि फोडिदिन्थे । 'म मुरली आफैं बनाएर बजाउँथेँ । तर बजाउँदा मलाई केके मन पर्थेन । मलाई दिक्क लाग्यो । भनेजस्तो नबजेपछि कड्याक्क टोक्यो फोड्यो । फेरि भोलिपल्ट बजाउन मन लाग्छ फेरि बनाउने र बजाउने क्रम शुरू भइहाल्थ्यो ।'

Vianet communication
Laxmi Bank

उनले आफूले बनाएको मुरली नियमअनुसार नभएको भेउ पछिमात्र पाए ।

'मुरलीमा हुने प्वालहरूमा निश्चित नियम हुँदो रहेछ । हरेक प्वालहरूको दुरी फरक हुँदो रहेछ । तर मैले चाहिँ बराबरमा छेड्थेँ,' बाल्यकाल र मुरलीका प्रसंगहरू कोट्याउँदै उनी भन्छन्, 'बराबरमा पार्दा बेसुरा धुन आउँदो रहेछ । मलाई थाहा भएन यो बेसुरा बज्यो । तर मैले बजाउन खोजेको सुर नबज्दा मैले फोडिदिएँ ।'

मुरली फोड्नुको कारण उनले पछिमात्र थाहा पाए । बच्चा बेलामा पनि उनको दिमागले भित्रीरूपमा सुर यस्तो हुनुपर्छ भन्ने चाल पाएको रहेछ । सुनाउँछन्, 'त्यो बेलामा पनि मेरो माइन्डले अनकन्सियस्ली सुर भन्ने कुरा ट्रीक गरेको रहेछ ।

उनले मुरली बजाउने गरेको गाउँलेलाई पनि थाहा थियो । स्कूलमा कार्यक्रम हुने भएपछि उनलाई पनि बाँसुरी बजाउन भनियो । जब उनले बाँसुरी बजाउन थाले । सबै साइलेन्स भए । भोलिपल्ट निकै चर्चा भयो आशिषले यस्तो राम्रो मुरली बजाउँदो रहेछ । त्यसपछि उनको गाउँमा नाम रह्यो- मुरली केटो ।  

 भन्छन्, 'गाउँलेहरूले मलाई बोलाउन पर्दा 'मुरली केटो' भन्न थाले ।'

उनी बागलुङको गाउँमा हुँदा गीत पनि गाउँथे । भक्तराज आचार्य, नारायण गोपालका गीतहरू उनले मुरलीबाटै उठाउँथे ।

हार्मोनियम सिक्दा

मुरली मात्रै होइन उनी हार्मोनियम पनि बजाउँथे । घुम्टे युवा परिवार भन्ने क्लब थियो । क्लबका सांस्कृतिक संयोजक आशिषका दाइ राजकुमार थिए । उनको दाइले हार्मोनियम ल्याउँथे । उनी बजाउँथे । तर शुरूशुरूमा हार्मोनियम छुन पनि पाउँदैनथे रे उनले । बाल्यकाल स्मरण गर्छन् उनी, 'पहिला दाइहरूले बजाउन दिनुहुन्नथ्यो । उहाँले छोडेर गएको बेलामा सिक्थेँ ।'

धुनसँग खेल्ने बानी भइसकेको थियो आशिषको । मुरलीमा धुन निकाल्ने उनले हार्मोनियममा पनि त्यही क्रम दिन खोज्थे तर उनको ज्ञानले भ्याउँदैनथ्यो । उनी जसरी पनि हार्मोनियम सिकेरै छाड्ने ध्याउन्नमा थिए । एकदिन आफन्त तेजबहादुरको घरमा गए । संयोगवश त्यहाँ पनि हार्मोनियम रहेछ । उनलाई भनेजस्तो भइदियो । दाइहरू नभएको बेलामा उनले दिनभर हार्मोनियमका कीहरू दबाए । एकदिनमा उनले हार्मोनियम राम्रोसँग बजाउन सक्ने भए ।

बेलुका उनले राम्रोसँग हार्मोनियम बजाउन सक्छ भन्ने दाइहरूले भेउ पाए रे ! भन्छन्- दाइहरूको अगाडि बजाएँ । उहाँहरूले राम्रो छ भन्नुभयो ।

त्यसपछि घरमा छुन नपाउने हार्मोनियम उनको कब्जामा आयो ।

'त्यसपछि विद्रोही बनेँ'

आशिषका बुवाले सनहाइ बजाउने अनि टेलिरिङको काम पनि गर्छन् । त्यतिबेला बालीघरे प्रभा थियो । चार-पाँच ठाउँमा विवाह जुध्दा आशिष पनि झुर्मा बजाउन जानुपर्थ्यो ।

एक जना ठकुरीको घरमा विवाह थियो । उनीहरूको घरको लुगा हाम्रो आशिषका बुवाले सिलाउँथे । बाजा बजाउन जानुपर्ने घर मामाघर नजिक भएकाले उनी गए । बाजा बजाउन भन्दा पनि उनमा मामाघर जान पाइन्छ भन्ने आशले बुवासँगै हिँडे ।

मंसिरको चिसोमा सानो झ्याली बजाइरहेको थिए । उनलाई एक जनाले अति हेपेको भेउ पाए । भन्छन्- एकजना मोटे मान्छे बाजाको तालमा नाच्दैनाच्दै आउने अनि मलाई कुल्चिने गर्न थाल्यो । फेरि एक फन्को घुम्छ । मलाई घ्वाच्च कुल्चिन्छ ।

लगातार कुल्चेपछि उनी रुन थाले । अरूले किन रोएको भन्दा अरूले जवाफ दिए रे- बुवा मामाघर गएकाले यो रोएको हो !

 त्यसदिनदेखि उनमा विद्रोही स्वभावको विकास भयो । र उनी हत्तपत्त बाजा बजाउन पनि गएनन् ।

*****

उनले मसालको रक्तिममा पनि गीत गाइसकेका थिए । लोकदेखि आधुनिक गीतहरू पनि गाउँथे ।

उनको दाइ राजकुमार गीत राम्रो गाउँथे । प्रतियोगिताहरू पनि भाग लिन्थे । बागलुङ गलकोटमा सबैले चिन्थे रे !

दाइलाई अरूले राम्रो गाउँछस् भन्दा उनले जवाफ हुन्थ्यो रे- म भन्दा मेरो भाइ आशिषले एकदम राम्रो गाउँछ ।

उनले यस्तो सुनेपछि आफूमा केही छ कि भन्ने लाग्न थालेछ ।

जिविसको कार्यक्रममा हुँदा उनले एउटा गीत गाए । जसलाई  मानिसहरूले एकदमै मन पराए । गीत गाएपछि एक जना शिक्षकले उनलाई दिएको प्रतिक्रिया उनले सम्झिरहन्छन् । भन्छन्, गीत सुनेपछि झोपेन्द्र थापा भन्ने अंग्रेजी पढाउने शिक्षकले भन्नुभयो- बाबु तिमीमा मैले प्रचुर सम्भावना देखेँ । तिमी यहाँ नबस । तिमी काठमाडौं जाउ । संगीतमा केही गर ।'

त्यस्तै अर्का एक जना वकिलले पनि उनलाई त्यस्तै भनेका थिए रे ! सुनाउँछन्- अर्का एक जना वकिलले पनि भन्नुभयो- अर्को वर्ष यहाँ बस्या थाहा पाएँ भने पिटाइ खानुहुन्छ ।

सबैले आशिषलाई बागलुङ नबस, संगीतमै केही गर भनेर सुझाव दिएपछि उनको मन बिथोलियो । र हानिए- पोखरा ।

पोखरामा उनका दाइ थिए । दाइसँग बस्न भनेर उनी आए । त्यहाँ एक जना खेम लामा 'दाइ' थिए । उनले तबला बजाउँथे । एकदिन खेम लामाले आशिषलाई भनेछन्- ल भाइ, एउटा गीत गाउ त !

उनले गाए ।

त्यसपछि खेमले भनेछन्- तिमीमा संगीतको सेन्स रहेछ । राम्रो गायौ । तिमी  यहाँ नबस । काठमाडौं नै जाउ । संगीत सिक ।

आशिषले जहाँ गीत गाएपनि, जसलाई सुनाएपनि 'राम्रो गायौ', 'यहाँ नबस' भन्ने प्रतिक्रिया पाएपछि सोचे- अब साँच्चिकै काठमाडौं जान्छु अनि संगीत सिक्छु ।

उनी पोखराबाट घर फर्के ।

अनि बालाई भने- बा, म त काठमाडौं जान्छु ।

तर उनका बा रिसाएर फायर भए । अनि बाले आशिषलाई भनेछन्- यहीँ प्लस टु खुलेको छ । यहाँ पढ्न छोडेर बागलुङ गइस् । त्यहाँ पनि नपुगेर पोखरा गइस् । अहिले काठमाडौं जान्छु भन्दैछस् । भोलि अमेरिका जान्छु भन्लास् । मैले त सक्दिनँ नि त्यसरी ।

तर आशिषले मानेनन्  । उनको जिद्दी सामु बाको केही जोर चलेन । भन्छन्, '२०५७ सालमा बासँग विद्रोह गरेर म काठमाडौं आएँ ।'

काठमाडौंका दु:

आशिष काठमाडौं त आए तर बस्ने बास थिएन । होटलमा बस्न सम्भव नभएपछि उनी एक जना साथीसँग बस्न थाले । तर साथी कोठा सरेर गइदियो । उनी पनि हिँड्नुपर्‍यो ।

त्यसपछि उनी बास खोज्दै दुर्गा नेपाली 'दाइ'को मा पुगे । उनी आर्मी थिए । वीरेन्द्र सैनिक अस्पतालमा तालिमका लागि आएका दुर्गालाई उनले फोन गरेर भेटे ।

दाइलाई उनले आफ्नो व्यथा सुनाए । 'म त बेसहारा भएँ । त्यो केटा नि अन्तै सर्‍यो । मेरो बिचल्ली भयो, ' उनले दुर्गालाई ठ्याक्कै यही भनेका थिए रे !

अनि दुर्गाले भनेछन्-  ल अर्को व्यवस्था नहुँदासम्म यहिँ बस  । त्यहाँ उनी दुई महिनाजति बसे । त्यसपछि विजेश्वरी छात्रावासमा बस्नका लागि गए । वार्डेनलाई भेटे । उनले ठाउँ छैन भने । यताउता मिलाएर बस्न पाइन्छ भन्ने उनले सुने ।

उनी संगीतको नशाका कारण जहाँ जाँदा पनि किबोर्ड झोलामा किबोर्ड बोकेर हँड्थे । त्यसैबीच विष्णु परियारसँग उनको भेट भयो ।

उनीहरूबीचको भलाकुसारी :

झोलामा किबोर्ड हो ?

'हो' ।

तपाईं कलाकार हो ?

 हो ।

गीत गाउनुहुन्छ त  ?

अँ गाउँछु ।

ल गाउनु न त एउटा गीत ।

उनले किबोर्ड बजाएर गीत सुनाए ।

त्यसपछि गीत सुन्ने लोभमा विष्णुले आशिषलाई उनको रूममा राखे ।

बास पक्का भएपछि उनको ध्यान संगीतमै गयो । डोरेमीमा उनले संगीत सिक्न थाले ।

संगीत सिक्दै गर्दा उनको घाँटीमा समस्या शुरू भयो । रियाज गर्दा पनि समस्या हुन थाल्यो । त्यसपछि आफू फ्रस्टेसनको चरणमा पुगेको उनले सुनाए । आफूमा गाउन सक्ने क्षमता हराएर गएको हो कि भन्ने शंका पनि उनलाई लाग्यो ।

काठमाडौंमा गायक सपना सपना बोकेका आशिषलाई ठूलो धक्का लाग्यो । घाँटी निको बनाउन उनले अनेक गरे । 'निबुवाको पात पानीमा उमालेर खाए हुन्छ भन्ने सुनेर त्यो पनि गरेँ, ' कठिन परिस्थितिलाई सम्झिए उनले ।

उनी मोडिए एरेन्जतर्फ । एरेन्ज यस्तो हुन्छ भन्ने पनि थाहा पाए । रेडियो नेपालको गायन प्रतियोगितामा पनि भाग लिएका उनले पूर्ण नेपालीले गीत रेकर्ड गराइदिन्छु भनेर गरेको वाचा सम्झिए । र उनलाई खोज्न थाले । उनलाई खोज्दै आशिष ग्रोटो रेकर्डिङ स्टुडियोमा पुगे । त्यहाँ गीत रेकर्ड गरे ।

पहिलोपटक स्टुडियो छिरेर कानमा हेडफोन लगाएर आफूले गाएको आवाजलाई उनी 'अविस्मरणीय' भन्छन् । 'मैले त्यतिबेला हेडफोनमा सुन्दा जति पाएको आनन्द अहिलेसम्म पाएको छैन,' अतीत केलाउँछन् उनी ।

*****

पछि उनी पुन: गाउँ फर्के । बिहेवारी भयो । बोर्डिङ स्कूलमा पढाउन थाले । तर म्युजिकको हुटहुटीले उनलाई कहाँ छाड्थ्यो र ? अरूको गीत आयो भनेपछि उनको मन भतक्कै पोल्थ्यो । मैले किन सकिनँ  होला भनेर सोच्थे रे !

जागिर छाडेर उनी काठमाडौं आउने भए ।

बाको अनुमति मागे ।

अनि उनले बालाई भने- म २५ सय ३ हजारको जागिर गर्दिनँ काठमाडौं गएर एउटै गीतबाट यहाँ महिनामा कमाउने पैसा कमाउँछु ।

बाले झर्केर भनेछन्- अँ, तँलाई थैला राखिदिएको छ र कमाउछस् ।

उनले बालाई फकाउन प्रयास गरिरहे, 'हुन्छ बा हुन्छ ।'

बाले फेरी भने, 'धत् गाएर नाचेर पनि कसैले पैसा कमाउँछ त ?'

उनको जिद्दीका अगाडि बुवाको जोर चलेन । उनी काठमाडौं हिँडे ।

काठमाडौं आएर एरेन्ज सिकेपछि उनी एनजीओमा काम गर्न थाले । म्युजिकमा पुन: ब्याक ।

पछि संगीतको हुटहुटीले उनलाई तान्यो अनि निकाले- बास्ना एल्बम ।

बास्ना एल्मबको 'बर्बर आँसु झार्दा खेरि'मा भन्ने लोकगीत एरेन्ज गरे । पानी कुवाको भन्ने गीत पनि बजारमा आयो । ती राम्रै चले ।

उनले 'तिमी बिनाको जीवन' पनि कम्पोज गरे । त्यो नै उनको सांगीतिक जीवनमा 'टर्निङ प्वोइन्ट' बन्न पुग्यो । अनि आशिषले सांगीतिक क्षेत्रमा पछाडि फर्केर हेर्नु परेन ।

नाइँ मलाई थाहा छैन

'दुनियाँ बेग्लै छ' भन्ने गीत कम्पोज गरेर उनले डान्सिङ नम्बर गर्न सक्छु भनेर प्रमाणित गरिसकेका थिए । यसैबीछ टीका प्रसाईं र संजीव पराजुलीले उनलाई भनेछन्- एउटा गीत दिनुपर्‍यो ।

उनलाई पनि एकनारायण भण्डारीसँग काम गर्ने चाहना थियो । उनले पनि एकनारायणलाई भने- दाई एउटा गीत दिनुपर्‍यो । एकनारायणले गीत दिए ।

गीतको थियो- नाईँ मलाई थाहा छैन । तर उनलाई त्यो कसरी कम्पोज गर्ने भन्ने भयो ।

गीतबारे उनी भन्छन्, 'गीत जति सिम्पल छ, यसको भाव त्यति नै जटिल छ । यो गीतको इसेन्स निकै हाइ छ । यसमा एउटा महिलाको साइकोलोजी छ । जुन कि एउटा महिलाले थाहा भएर पनि थाहा छैन भनिरा'छ ।'

त्यो शब्दलाई कसरी गर्ने भन्ने उनलाई गाह्रो भयो । उनले आफ्नै तरिकाले गीत बनाए ।

मन पराउँदैनन् कि भनेर उनले टिका र संजीवलाई गीत सुनाए । तर उनीहरूले मन पराइदिए । पहिलो भर्जनमा उनले एरेन्जको जिम्मा अल्मोडा राना उप्रेतीलाई दिए । दोस्रो भर्जनमा आफैंले एरेन्ज गरे ।

त्यसपछि कार्टून क्रूजमार्फत भिडियो बन्यो । त्यो सुपर हिट बन्यो । अझै पनि उनी 'नाईं मलाई थाहा छैन'लाई सांगीतिक जीवनको दोस्रो अध्याय भन्छन् ।

अविरल होइन अ'भाइरल

आशिष अविरललाई अहिले धेरैले 'भाइरलम्यान', 'भाइरल किङ', अ'भाइरल भनेर सम्बोधन गर्न थालेका छन् । उनलाई भाइरल जोडेर सम्बोधन गरिनुको एउटै कारण छ- लगातार भाइरल गीत दिनु ।

उनको संगीतमा रहेको 'नाइँ मलाई था'छैन' गीत बजारमा आउनेबित्तिकै हिट भयो । धेरैको मुखमा झुण्डियो । मतलव भाइरल भयो । यो गीतले युट्युबमा ३ करोड ९० लाखभन्दा बढी भ्युज पाएको छ ।

टिका प्रसाइँ र सञ्जीव पराजुलीले गाएको गीत 'कर्के नगर'को संगीत पनि आशिषले नै दिएका हुन् । यो गीत हालसम्म २ करोडभन्दा बढी पटक हेरिएको छ ।

त्यस्तै आशिषकै संगीत तथा एरेन्ज रहेको अर्को हिट गीत हो- माया लुकीलुकी । यसलाई पनि टिका र सञ्जीवले गाएका छन् । यो गीत युट्युबमा लगभग ७ करोड पटक हेरिएको छ ।

प्रमोद खरेलले गाएको 'यो कुरा गोप्य' तथा आफैंले गाएको 'परान परान' गीत पनि करोड क्लबमा प्रवेश गरिसकेका छन् ।

उनको संगीत तथा एरेन्ज गरेका गीत एक दर्जन गीत करोड क्लबमा पुगेका छन् । यसैले उनलाई 'भाइरलम्यान' भन्न थालिएको हो ।

अन्तिममा लोकान्तरकर्मीले सोधेको थियो तपाईंका गीत किन भाइरल हुन्छन् ? उनले जवाफ दिएका थिए- मैले कुनै पनि जनराको गीतलाई त्यसको इथिक्स बुझेर गर्ने प्रयास गरेको हुन्छु । स्रोताहरूको साइकोलोजी बुझेर गीतको काम गर्छु । मैले म्युजिकमा अरूको भन्दा छुट्टै वे बनाएँ त्यो मानिसहरूलाई मन परेर पनि हुन सक्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x