मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जिल्ला प्रहरी कार्यालय दाङले ठूलो मात्रामा अत्याधुनिक हतियार फेला पारेको छ ।
प्रहरीले शुक्रवार बेलुकी गढवा गाउँपालिका र कपिलवस्तुको शिवनगर नगरपालिकाको सिमानामा रहेको बेवारिसे खाली गोठमा लुकाइराखेको अवस्थामा गोलीसहित हतियार फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी उपरीक्षक विनोदविक्रम शाहले गोठमा पातपतिङ्गरले छोपेर सुटकेशभित्र राखिएको अवस्थामा एसएमजी राइफल ५ थान, राइफलमा लाग्ने म्याग्जिन १३ थान र राइफलमा प्रयोग हुने १९० राउण्ड गोली फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन भट्टराईका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले लुकाइराखेको हतियार शुक्रवार बेलुकी करीब ६ः०० बजेतिर फेला पारेको थियो ।
‘हतियार किन र कसले राख्यो जानकारी आउन सकेको छैन । तर सूचना आउँदा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले हतियार ओसारपसार गर्दैछन् भन्ने सूचना आएको थियो,’ उनले भने, ‘चुनावको कार्यक्रमलाई प्रभावित पार्न पनि हतियार स्थानान्तरण गर्न लागेको हुनसक्छ, थप कुरा अनुसन्धानपछि खुल्छ ।’
गोलीगठ्ठासहित हतियार ओसारपसारबारे थप अनुसन्धान भइरहेको समेत उनले जानकारी दिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...