×

NMB BANK
NIC ASIA

कर्णालीकी साहसी महिला, जो एकैपटक तीन डुंगामा सवार गर्छिन्

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भनिन्छ– एउटा खुट्टाले दुई वटा डुंगा चढ्नु हुँदैन । यसको अर्थ हो- एक जनाले धेरै पेशा नपनाउनु । तर सुर्खेतमा जन्मेकी एक साहसी महिला छिन् जसले तीन ओटा फरक फरक विधामा एकैपटक यात्रा तय गरिरहेकी छन् । उनी हुन्- नन्दा बश्याल ।

Muktinath Bank

जो अहिले खेलाडी मात्रै नभएर कलाकार तथा महिला अधिकारकर्मीको भूमिकामा सशक्त रूपमा देखा परेकी छन् । सुर्खेत जिल्लामा सबैभन्दा पहिलो महिला तेक्वान्दो खेलाडीको रूपमा परिचित नन्दा वीरेन्द्रनगर ६ सुर्खेतमा जन्मेकी हुन् । विगत २६ वर्षदेखि खेलकुद तथा कलाकारिता क्षेत्रमा अनवरत रूपमा संघर्ष गर्दै आइरहेकी नन्दा विगत आठ वर्षदेखि महिला अधिकारकर्मीको रूपमा समाजमा योगदान पुर्‍याउन तल्लिन छिन् भन्दा अनौठो नहोला ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक्ली तेक्वान्दो खेलाडी


Advertisment
Nabil box
Kumari

उतिबेला सुर्खेतमा रंगीन टेलिभिजन आइपुगेका थिएनन् । सादा टेलिभिजनमा देखाइने हरेक लडाईंमा पुरुष मात्रै देखाइने गरिएको हुन्थ्यो । उनी आफूलाई केटीको रूपमा लिने गर्थिनन्, बरू आफू केटा नै हौं भन्ने लाग्थ्यो र केटाहरूसँगै विभिन्न खेल खेल्ने उनको बानी नै परेको थियो । ‘केटी भएपनि आफू आत्मरक्षा गर्न सक्ने हुनुपर्छ । लडन सक्नुपर्छ भन्ने कुरा मनमा लागिरहन्थ्यो । ठूलो भएपछि प्रहरी हुने, ड्रेस लगाएर देशको रक्षा गर्ने भावनाले मनमा डेरा जमाउँदै गयो । यो ६ कक्षामा जन माध्यमिक विद्यालयमा पढ्दाको कुरा हो,’ उनी भन्छिन्, 'प्रहरी हुनको लागि खेल खेल्नुपर्ने, बलियो हुनुपर्ने थियो । उतिबेला सुर्खेतमा खेलहरू खेलिने भनेको रंगशालामा नै हुन्थ्यो । शुरूमा मैले तेक्वान्दो सिक्ने अठोट लिएँ ।’

Vianet communication
Laxmi Bank

 खेलप्रतिको मोह उनको यति धेरै थियो कि घर आउँदा र जाँदा बाटोका रुखमा पनि किक हान्ने, भित्तामा ब्याक किक हान्ने, बाटोमा ढुंगा देख्दा फुटाउने सोच आउने गर्द्थ्यो । उनी त्यतिेबेला भर्खर १२ वर्षकी थिइन् । 'त्यो बेलाको समाज अहिलेको जस्तो खुला समाज थिएन । छोरीलाई सकेसम्म घरबाहिर नपठाउने चलन थियो । यद्यपि मलाई मेरो घरपरिवारबाट भने साथ र सहयोग भने मिलिरह्यो,' उनी सुनाउँछिन्, 'तेक्वान्दो खेल्दा मलाई आमाले साथ दिनुहुन्थ्यो । केटी मान्छे बलियो हुनुपर्छ । प्रहरी नै बन्नुपर्छ भन्ने आमाको चाहना थियो । आमा अमृता बश्याल र हजुरबुवा कालुराम बश्यालका प्रेरणाका कारण म खेल क्षेत्रमा निर्वाध रूपमा प्रवेश गर्न पाएकी हुँ ।’

उनले ताइक्वान्दो खेल्न थालेको दुई वर्ष मात्रै भएको थियो । त्यतिबेला उनको सामुन्ने सायद नेपालमै पहिलोपटक अनौठो घटना घट्यो । खेल्दा खेल्दै दैलेखका कर्भड हलमा २०५२ सालमा सञ्जय थापा मगरले अर्को खेलाडीसँग प्रतिस्पर्धामा लड्दालड्दै ज्यान गुमाए ।

‘शुक्रबारको दिनमा दुई जना लडनुपर्ने अवस्थामा उहाँको ज्यान नै गएको हो । एकले आक्रमण गरेर टाउकोमा चोट लागेको र भुइँमा लडेको, त्यहीँ मृत्यु भएको हो । भोलि चोटपटक लाग्यो, मृत्यु भयो भने पनि आफैं जिम्मेवार हुने भन्ने हामीले कागज गरेका हुन्छौं ।’

उनी स्मरण गर्छिन्, ‘त्यसपछि घरपरिवारबाट थोरै दबाब आयो ।  त्यतिबेला पनि हिँड्नेलाई ठेस लाग्छ भनेर आमाले नै भनेका कारण मैले खेल क्षेत्रमा निरनतरता दिने अवसर प्राप्त गरेँ ।’

केरा खाएर २८ केजी

२०५२ सालमा बुटवलमा राष्ट्रिय गेम भयो । उतिबेला उनको तौल जम्मा २५ केजी मात्रै थियो । त्यहाँ खेल खेल्दा २८ केजी हुनैपर्ने थियो । उनी केरा खाएरै भएपनि २८ केजी तौल पुर्‍याउन सफल भइन । उतिबो सुर्खेतमा ६ जना खेलाडीको खेल्न जाने सम्भावना भएपनि उनी बाहेक अन्य पाँच जना छनोट नै भएनन् । अरू सबै पुरुष नै थिए । उनका गुरु भुवन थापाले उनलाई बुटवल लगेर गएका थिए । ‘पुरुष महिला छनोट गर्ने भएपनि म मात्रै छनोट भए । त्यतिखेर द्वितीय मेडल ल्याएँ । जीवनमा पहिलो पटक मेडल तक्मा लाउने सपना पूरा भएको थियो,’ उनले भनिन्, ‘बुटवलमा लगाएको मेडल सुर्खेत आएपछि मात्रै खोलेको थिएँ । हराउँछ कि चुट्छ वा कसैले चोरेर लग्छ कि भन्ने लागेर रातभरि नै सुतिनँ । जीवनको पहिलो मेडल,  अहिले पनि त्यो मेडल म सँग सुरक्षित नै छ ।’

विसं २०५४ सालमा उनले व्ल्याकबेल्ट प्राप्त गरिन् । 'राजा वीरेन्द्रको जन्मदिनको अवसर पारेर मैले बेल्ट लिएको हो । त्यतिबेला काठमाडौंमा नै बेल्ट पाइन्थ्यो । त्यहाँ प्रतिस्पर्धा गरेर मैले गोल्ड मेडल पनि जितें,’ उनी भन्छिन् ।

हाल उनी ब्ल्याकबेल्ट पाँचौं डान, तेक्वान्दो संघको केन्द्रीय सदस्य, तेक्वान्दो संघको महिला विभागको प्रमुखको रूपमा कार्यरत छिन् । ‘आजसम्म अफिसियल्ली खेलभन्दा आमन्त्रित खेलहरू धेरै खेलियो । चार वर्षमा वा तीन वर्षमा हुने सरकारद्वारा आयोजना गरिने खेलहरूमा प्राय: सहभागिता जनाएको छु,’ उनी भन्छिन्, ‘सन् २०१६ मा एसियन तेक्वान्दो हांगमादान गोल्ड मेडल, ब्याक किक विद्यामा गोल्ड मेडल प्राप्त गरेकी छु । अक्टोबर १९ मा भएको थानपा इन्टरनेश्नल तेक्वान्दो च्याम्पियनसिपमा गोल्ड मेडल, इन्डोनेशियामा भएको  नोभेम्बर २८ मा सिल्भर मेडल प्राप्त गरेकी छु ।’ उनी तेक्वान्दोकी कुशल प्रशिक्षक पनि हुन् ।

*****

उनी तेक्वान्दोको विद्यार्थी भएका कारण कसैसँग पनि डराउने कुरा थिएन । उतिबेला काठमाडौंमा पढ्न जाँदा बसमा यात्रा गर्दा उनीमाथि दुर्व्यवहारको प्रयास हुन्थ्यो । ‘नेसनल गेम सकेर साफतर्फको क्याम्पमा हामी बसेका थियौं । माइक्रोमा जाँदा एक पुरुषले दुर्व्यवहार गर्नुभयो । गोंगबुमा उक्त व्यक्तिमाथि आक्रमण गरें ।'

क्यासेटमा एक्लै नाच्ने कला भित्राउने नन्दा

उनी सानैमा पनि गीतको तालमा नाच्ने गर्थिन् । उनलाई अभिभावकले भनेअनुसार खुट्टामा उभिने भएदेखि नै नाच्न थालेकी थिइन् रे ! कलाकारिता सिंगार रसमा गर्नुपर्ने, मोडल भनेपछि सबैको नजर पर्ने, बलियो भएर हिँडनु पर्ने उनको बुझाइ छ । उनी आफ्नो रगतमा नै नृत्य नै छ जस्तो महसूस गर्छिन् । ‘सानैदेखि तालमा राम्रै नाच्थेँ रे ! देउसी खेल्दा बोकेर दाइ दिदीले लिनुहुन्थ्यो ।'

बालमन्दिरमा मुखैले गीत गाएर नाच्दा आफू पहिलो भएको उनले बताइन् । क्यासेटमा नाच्नुपर्छ । सिंगल नृत्य गर्नुपर्छ भन्ने कला सुर्खेतमा आफूले भित्र्याएको उनी दावी गर्छिन् । पुराना दिन सम्झिन्छिन् उनी, 'त्यतिखेर स्टेजमा नाच्न पाए राम्रो हुन्थ्यो । म वागिना समूहमा आवद्ध भएँ । उहाँहरूसँगै हिँडियो । जिल्लामा जहिल्यै प्रथम हुने, क्षेत्रमा हामी पहिलो, राष्ट्रिय स्तरका लोक नृत्यमा दश वर्ष प्रथम भएका हौं ।’

उनी नृत्य मात्रै गर्थिनन् । नृत्य निर्देशक पनि हुन् । ‘मैले गरेको कोरियोग्राफरबाट बेस्ट डान्स डाइरेक्टर उपाधि पाएकी थिएँ । ४ महिनाअघि कतारमा बेस्ट मोडलको अवार्ड पाएँ । सगरमाथा म्यूजिक अवार्डमा अभिनयबाट बेस्ट एक्टरको मेडल पाँए,' उनी प्रफुल्ल हुँदै सफलता सुनाउँछिन्, ' ‘मेरो आफ्नै म्यूजिक कम्पनी छ । काजोल म्युजिक कम्पनी २०७० सालमा खोलेकी हुँ ।’

आँखा जुध्यो भन्ने उनको भिडियो बजारमा आएको छ । अभिनेता दिलिप रायमाझीसँग उनले अभिनय गरेकी छन् । 'सानो भयो मादलु' नामक तीज गीत उनको आफ्नै आवाजमा छ । मोडलिङ पनि उत्तिकै जमेकी छन् ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने झ्याइँकुटी झ्याईंमा बस्यालले आठ वर्ष काइँलीको भूमिका निर्वाह गरिसकेकी छन् । यद्यपि उनलाई पर्दा भन्दा स्टेज कार्यक्रममा नै बढी आनन्द आउने गर्छ रे !

महिला अधिकारका लागिसिस्टर नेपाल

उनी कार्यक्रमकै लागि देश तथा विदेश चहारेकी छन् । विश्वका दर्जन बढी देशमा पुगिसकेकी बश्यालले नेपाली महिलाको अवस्थाबारेमा सोच्न थालिन् । अन्य देशका महिला र नेपालका महिलामा धेरै फरक रहेको उनले बुझिन् । महिलालाई कसरी माथि उठाउन सकिन्छ र पीडामा भएका महिला दिदिबहिनीहरूलाई कसरी खुशी दिन सकिन्छ भन्ने सोच आउन साथ उनले 'सिस्टर नेपाल' नाम संस्था स्थापना गरिन् सात वर्षअघि काठमाडौंमा ।

‘सात वर्षदेखि संस्थाले काठमाडौंमा कार्यक्रम गरिरहेको छ । यो संस्थाले महिलाहरूको हक अधिकारको लागि काम गर्दै तथा सम्मान गर्ने काम गर्दै आइरहेका छौं । कतिपय महिलाहरू मानसिक तनाव लिएर बसेका हुन्छन् । अन्य संस्थासँग मिलेर उनीहरूलाई तालिम दिलाउने काम गरिरहेको छौं । महिला महिला एकजुट भएर स्वास्थ्य, सरसफाइका विषयमा जनचेतना जागरण गर्ने गर्छौं,’ उनी भन्छिन्, ‘हामीले २५ देखि २६ जनासम्म महिलालाई उद्दार तथा राहत दियौं होला ।’

उनी जिन्दगीलाई चुनौती र प्रतिस्पर्धा नै हो भन्ने रूपमा बुझ्ने गर्छिन् । ‘चुनौती र प्रतिस्पर्धा नै नभए मजा नै आउँदैन । अरूभन्दा फरक काम गर्नुपर्छ । महिला प्रमुख भएपछि एसियामै पहिलो खेल आयोजना गरेको थिएँ । सबै महिला कर्मचारी खेलाडी खेल्ने, पुरुष दर्शक बनेर हेर्ने प्रतियोगिता आयोजना गरेकी थिएँ,’ उनी भन्छिन्, ‘मैले एकैचोटी माथि जान, धेरै गर्न खोजेको छैन । मेरो प्रदेशका खेलाडीहरूलाई खेलकुदमा टिक्नका लागि धेरै कुरा दिन सकिन्छ ।'

उनी सधैंभरि मोडल हुन नसक्ने कुरा स्वीकार्छिन् । ‘अब म निर्देशनको क्षेत्रमा आउन सक्छु । राम्रो डकुमेन्ट्री बनाउन सक्छु । म कला क्षेत्रबाट टाढा हुन सक्तिनँ ।’

उनले प्रदेश सरकारले खेल क्षेत्रलाई अघि बढाउन ठूलो पहल गर्नुपर्ने बताइन् । ‘प्रदेश भरिमा एक राम्रो इन्डोर हल छैन । वर्षायाममा खेलाडी ठप्पै हुन्छन् ।  उसुमा एक जना मात्रै कर्णालीबाट सागमा खेलाडी छनोट भए । २७ गेम त्यहाँ खेलिनेछन् । हल छैन, सेवा सुविधा छैन,' उनले दुखेसो पोखिन् ।

उनी प्रश्न गर्छिन्- दुई महिना तालिम लिने ६ महिना रेष्ट गरेर कसरी मेडल ल्याउन सकिन्छ र ?’

राम्रा खेलाडी उत्पादन गर्न खेलकुदमा लगानी बढाउनुपर्नेमा उनको जोड छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x