सभापति देउवाको माग : उपनिर्वाचनमा सरकारी गाडीको दुरुपयोग रोकिनुपर्छ !

फाइल फोटो

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता उल्लंघन रोकिनुपर्ने बताएका छन् ।

पुनर्वास नगरपालिका–३ मा शनिवार आयोजित वडाध्यक्षको उपनिर्वाचनको चुनावी कार्यक्रममा उनले उपनिर्वाचनका बेला सरकारी गाडीको दुरुपयोग बढेकाले तत्काल रोकिनुपर्ने बताए ।


Advertisement

कांग्रेसका तर्फबाट वडाध्यक्षमा चुनावी मैदानमा रहेका दीप तामाङको चुनावी प्रचारप्रसारका लागि पुगेका सभापति देउवाले वडाका सबै सडक कालोपत्रे गर्ने कार्यसँगै यस क्षेत्रको समृद्धिका लागि कार्य गर्न प्रतिबद्ध रहेको बताए ।


Advertisement

पार्टीका उम्मेदवार तामाङलाई विजयी बनाउन सबै वडावासीको सहयोगको खाँचो रहेको उनले बताए ।

यसैबीच, बेलडाँडी गाउँपालिकाको चवन्नी बजारमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा पूर्व प्रधानमन्त्री देउवाले हुलाकी सडक निर्माणको कार्य आफ्नै कार्यकालमा प्रारम्भ गरिएको बताए । ‘निर्माणको कार्य पूरा गर्ने जिम्मा वर्तमान सरकारको हो,’ उनले भने, ‘समयमै निर्माणको कार्य पूरा भए यस क्षेत्रका जनताले विकासको अनुभूति गर्न पाउने छन् ।’

‘विकास निर्माण, सुशासनका कार्य अगाडि बढाउन सरकारले चासो दिए हामी सघाउन हामी तयार छौं,’ उनले भने । यसैक्रममा पार्टी सभापति देउवाले शनिवारै बेलौरी नगरपालिका–७ मा निर्माणाधीन कालिका मन्दिरको अवलोकन समेत गरे ।

कमेन्ट गर्नुहोस्