×

NMB BANK
NIC ASIA

वीरेन्द्रनगरलाई ‘नमूना शहर’ बनाइन पहल हुँदैछ : मुख्यमन्त्री शाही

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई ‘नमूना शहर’ बनाउने पहल भइरहेको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

जनहितकारी बचत तथा ऋण सहकारी संस्था सुर्खेतको २१ औं वार्षिक साधारणसभाको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले सिंगो प्रदेशको प्रतिबिम्व दिने भएकाले वीरेन्द्रनगरलाई ‘नमूना शहर’का रुपमा विकास गर्न लागिपरेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यही असोज महिना १ साताको चीन भ्रमणका क्रममा वीरेन्द्रनगरको व्यवस्थित शहरीकरण र चक्रपथ निर्माणका लागि चीन सरकारसँग प्रस्ताव गरिएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली सरकारको प्रस्तावमा चिनियाँ पक्ष सकारात्मक रहेको छ ।’


Advertisment
Nabil box
Kumari

उनले वीरेन्द्रनगरलाई नमूना शहरका रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिए । सडक, खानेपानी, विद्युत्, सरसफाइ तथा अन्य पूर्वाधार विकासका लागि दीर्घकालीन सोचसहित नयाँ गुरुयोजना आवश्यक रहेको उल्लेख गर्दै उनले वीरेन्द्रनगर नगरपालिकामा अव्यवस्थितरुपमा भइरहेको जग्गाको खण्डीकरण र संरचना निर्माण कार्यलाई रोक्नुपर्नेमा जोड दिए ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री शाहीले वीरेन्द्रनगरमा रहेको खानेपानीको समस्या सामाधान गर्न प्रदेश सरकारले चालू आवमा ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताउँदै खानेपानी आपूर्तिको दीर्घकालीन समस्या समाधान नहुँदासम्म विभिन्न उपायको खोजी गरेर पनि तत्कालीन समस्या समाधान गरिने बताए ।

स्वच्छ, सफा र प्रदूषणरहित शहर निर्माणका लागि नागरिकको पनि उत्तरदायित्व रहेको बताउँदै उनले जथाभावी फोहर फाल्ने बानीमा सुधार गर्न नगरवासीलाई आग्रह गरे । 

‘प्रदेश सरकारले वीरेन्द्रनगरलाई ‘नमूना शहर’का साथै यसलाई कैलाश मानसरोवर, रारा, डोल्पा, सिञ्जा जाने पर्यटकीय प्रवेशद्वारका रुपमा निर्माण गर्ने लक्ष्य लिएको छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x