×

NMB BANK
NIC ASIA

पोखरेलीको सपना नै मेरा एजेन्डा हुन् : विद्या भट्टराई

कात्तिक ३०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरा । राजनीतिमा चासो राख्ने सबैको ध्यान अहिले कास्की २ मा केन्द्रीत छ । देशभर प्रतिनिधिसभाका लागि चुनाव हुने एकमात्र क्षेत्र कास्की २ का उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त छन् । कास्की २ मा नेकपा उम्मेदवार विद्या भट्टराई अधिकारीले शनिबार पोखरा ११ फूलबारी, काहँु लगायतका क्षेत्रका मतदातालाई घरघरै पुगेर भेटिन् । घर भएका ठाउँमा पैदल र नभएका ठाउँमा गाडीमा हिडेकी विद्यालाई १ सय १० वर्षीय गौरी आचार्यले विजयको आर्शीवाद दिइन् । 
विद्याले बालबालिका, वृद्धवृद्धा, अपांग, दलित र विकासको मूल प्रवाहबाट पछि परेको समुदायलाई सशक्तीकरण गर्न अहिलेको सरकारले ऐन, कानुन निर्माण गरिरहेको बताइन् । उनले पोखरा ११ मा रहेको काहुँ घरहरा लगायतका पर्यटकीय क्षेत्रलाई देशविदेशमा चिनाउनु आफ्नो उद्देश्य रहेको सुनाइन् । पोखरा ११ का मतदातालाई उनले भनिन्, ‘सुन्दर पोखरालाई विश्वभर चिनाउन र यहाँका पूर्वाधार निर्माण गरी अन्तर्राष्ट्रिय सहर बनाउने पोखरेलीको सपना छ । सबै पोखरेलीको सपना नै मेरो एजेन्डा हो ।’
उनले दुःखद् परिस्थितिका कारण शोकलाई शक्तिमा बदलेर जनतामा आएको उल्लेख गरिन् । उनले ५ वर्षका लागि जनमत पाए पनि बीचमै उपचुनाव गर्नुपर्ने अवस्थामा जनताले फेरि नेकपा, अहिलेको सरकार र आफूलाई सानदार रुपमा विजयी गराउने अपेक्षा गरिन् । 
नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशसहइन्चार्ज खगराज अधिकारीले उपनिर्वाचन जितेपछि विद्या मन्त्री बन्ने बताए । 
कार्यक्रममा नेकपा केन्द्रय सदस्यद्वय चूडामणि जंगली र श्रीनाथ बरालले परिवर्तनका लागि गरेको योगदान र सरकारमा हुँदा गरेका कामले नेकपा जनताको आशा र भरोसा भएको बताए । गोर्खा मेजर चन्द्रबहादुर पुनले यो सरकार आएपछि देशले विकासको लय समातेको बताए । उनले वृद्धवृद्धा, असहाय र अशक्तलाई आवश्यक नीति बनाउने पार्टी नेकपालाई जिताउन आग्रह गरे । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x