×

NMB BANK
NIC ASIA

ब्रुमर खरिदमा अख्तियारको छानबिन

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं महानगरपालिकाले ब्रुमर खरिद गर्दा भ्रष्टाचार भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

Sagarmatha Cement
Muktinath Bank

ब्रुमर  खरिद सम्बन्धमा उजुरी परेपछि आयोगले प्रारम्भिक अनुसन्धान शुरूगरेको हो । आयोगले महानगरपालिकासँग ब्रुमर  खरिदसम्बन्धी कागजातसमेत माग गरेको छ । गत २४ कात्तिकमा अख्तियारले महानगरपालिकालाई पत्रसमेत काटेको छ । ‘ब्रुमर  खरिदका विषयमा उजुरी परेपछि प्रारम्भिक अनुसन्धान शुरूभएको छ,’ अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘यसभन्दा बढी थाहा भएन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीय तहको निर्वाचनताका महानगरका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौंलाई धुलोधुवाँमुक्त सहर बनाउने घोषणा गरेका थिए । त्यही चुनावी प्रतिबद्धता पूरा गर्न र सडकमा बढ्दो धुलो नियन्त्रण गर्न महानगरले ब्रुमर खरिद गरेको थियो । महानगरले २६ फागुन ०७४ मा गोरखापत्रमा सूचना प्रकाशित गरी पाँच थान ब्रुमर  खरिदका लागि ‘आइसिबी मेथड’बाट बोलपत्र आह्वान गरेको थियो । विशेष परिस्थितिमा खरिद गर्नुपर्ने निर्णय गरी महानगरले २५ दिनको सूचना अवधि तोक्दै अन्तर्राष्ट्रियस्तरको बोलपत्र आह्वान गरेको थियो । 


Advertisment
Nabil box
Kumari

यसअघि ०७४ को २६ असार र १३ कात्तिकमा राष्ट्रियस्तरको बोलपत्र सूचना जारी गरिएको थियो । तर, बोलपत्रको सूचनामा ‘ओभर बिडिङ’ भएको र बोलपत्र पनि नियमसंगत नभएका कारण कुनै पनि बोलपत्रदाता छनोट हुन नसकेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान भएको थियो । प्रतिथान करिब दुई करोड २५ लाखका दरले पाँच थानका लागि ११ करोड २३ लाख ६९ हजार रुपैयाँ तथा तीन वर्षको सञ्चालनमा पाँचजना चालक खर्च ८७ लाख ४४ हजार रुपैयाँसहित १२ करोड ११ लाख रुपैयाँको लागत अनुमान स्वीकृत भएको थियो । ब्रुमर खरिदका लागि सातवटा कम्पनीले टेन्डर हालेकामा प्राविधिक परीक्षणमा चारवटा मात्र उत्तीर्ण भएका थिए । त्यसमध्ये ‘वर्ल्डवाइड ट्रेडिङ प्रालि’ ब्रुमर खरिदका लागि छनोट भएको थियो । सो कम्पनीले १० करोड ८९ लाख २४ हजार रुपैयाँको बोलपत्र पेस गरेको थियो । सम्पूर्ण प्रक्रिया टुंग्याएर ०७५ चैतमा इटालीबाट ब्रुमर काठमाडौं भित्रियो । 

Vianet communication
Laxmi Bank

महानगरपालिकाका अनुसार पाँच थान ब्रुमरको इटालीमा परेको मूल्य सात लाख ६२ हजार चार सय ७० युरो थियो । यसबाहेक स्पेयर पार्टस्को भन्सार शुल्क २६ लाख १६ हजार आठ सय ६१ रुपैयाँ र कोलकातादेखि काठमाडौंसम्मको ढुवानी खर्च ३० लाख रुपैयाँ लागेको छ । त्यस्तै, आयात गर्दा पाँचवटा ब्रुमरको वीरगन्ज भन्सारमा भन्सार शुल्कबापत दुई करोड १५ लाख १७ हजार ४३६ रुपैयाँ तिरिएको महानगरले जनाएको छ । महानगरका अनुसार ती ब्रुमर युरो ४ एमिसन स्ट्यान्डर्डका डुलेभो ६००० मोडेलका हुन् । ती ब्रुमरको इन्जिन क्षमता १०७ किलोवाट छ ।

अगाडि एउटा छेउमा दुईवटा र बीचमा एउटा ब्रस भएको ब्रुमरमा पाँच सय लिटरको पानीट्यांकी र ४.६८ घनमिटरको धुलो भण्डारण क्षमता रहेको महानगरले जनाएको छ । यसको अधिकतम सफाइ क्षमता २५ हजार वर्गमिटर (०.०२५ वर्गकिलोमिटर) प्रतिघन्टा हो । ब्रसले न्यूनतम २६ सय मिलिमिटर र अधिकतम ३६ सय मिलिमिटर चौडाइमा सफाइ गर्न सक्छ भने सफाइका क्रममा यसको अधिकतम गति १० किलोमिटर प्रतिघन्टासम्म रहेको छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x