कास्कीका जनतालाई रिझाउन खेतमै पुगिन् रजनी, भन्छिन् – जनताले विकल्प खोजेका छन्

कास्की क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको लागि हुन गइरहेको उपनिर्वाचनमा प्रमुख दलसँगै साना दलहरुको चुनावी अभियान निकै सक्रिय बनिरहेको छ ।

पछिल्लो समय राजनीतिमा सक्रियता देखाउँदै आएको साझा पार्टीले पनि आफ्नो निर्वाचन क्षेत्रका मतदातासँग घरदैलो गरेर भोट मागिरहेको छ ।


Advertisement

साझाले शनिबार पोखरा महानगरपालिका वडा नं २० भलाममा आफ्नो घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलोमा मतदाताको उत्साहजनक प्रतिक्रिया पाइरहेको उम्मेदवार रजनी केसीले बताइन्।

तराजु चुनाव चिह्न लिएर मतदातामाझ पुगेकी उम्मेदवार केसीले परम्परागत दलबाट परिवर्तन सम्भव नभएको भन्दै वैकल्पिक शक्तिको रुपमा उदाएको साझालाई जनताले मन पराएको दाबी गरिन् ।


Advertisement

सबैभन्दा पहिला उम्मेदवारको टुङ्गो लगाएको साझा पार्टीले आफ्नो निर्वाचन क्षेत्रको धेरै स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ ।

स्थानीयवासीका समस्यालाई नजिकबाट बुझेर सामाजिक रुपान्तरणमा पहल गर्ने साझा पार्टीले आफ्नो अभियानलाई तीव्रता दिएको संयोजक अर्जुनप्रसाद खनालले बताए।

यसैबीच साझाले शनिबार नै भलाममा चुनावी सम्पर्क कार्यालयसमेत स्थापना गरेको छ ।

कमेन्ट गर्नुहोस्