कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मंसिर १, २०७६
जनकपुरधामस्थित जानकी मन्दिरकातर्फबाट करीब ८३ लाख रुपैयाँ बराबरको विद्युत् महसूल बुझाउन बाँकी रहेको पाइएको छ ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरको तथ्यांक केलाउने हो भने सबैभन्दा बढी बक्यौता जानकी मन्दिरकै रहेको छ । उक्त कार्यालयले उपलब्ध गराएको विवरण अनुसार जानकी मन्दिरले २०७६ असोज महिनासम्ममा कुल ८२ लाख ९८ हजार ९ सय ९८ रुपैयाँ महसूल तिर्न बाँकी रहेको छ ।
वितरण केन्द्र जनकपुरका प्रमुख रामप्रबोध साहका अनुसार जानकी मन्दिरमा तीनवटा मिटर जडान गरिएको छ ।
जानकी मन्दिर, लक्ष्मण मन्दिर र राम जानकी विवाह मण्डपका नाममा तीनवटा मिटर जडान गरिएको हो, जसमध्ये जानकी मन्दिरका नामामा ६७ लाख १ हजार ६८ रुपैयाँ, लक्ष्मण मन्दिरको नाममा ६ लाख १३ हजार ४ सय २५ रुपैयाँ र रामजानकी विवाह मण्डपको नाममा ९ लाख ८४ हजार ४ सय ४ रुपैयाँ गरी कुल ८२ लाख ९८ हजार ९ सय ९८ रुपैयाँ विद्युत् महसूल असुलउपर गर्न बाँकी रहेको साहले बताए ।
‘उक्त रकम अविलम्ब बुझाउनका लागि जानकी मन्दिर व्यवस्थापनलाई पटक–पटक पत्राचार समेत गरेका छौं,’ वितरण केन्द्र प्रमुख साहले भने, ‘तर विद्युत् महसूल बुझाउन हालसम्म नआएकाले कुनैपनि समय विद्युत् आपूर्ति रोक्न हामी बाध्य हुनेछौं ।’
पछिल्लो पटक यही २०७६ कार्तिक २२ गते पनि विद्युत्को बक्यौता बुझाउन पत्राचार गरिएको थियो । प्रदेशका मुख्यमन्त्री कार्यालय, वितरण केन्द्र ग्राहक सेवा निर्देशनालय, विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय र वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यालयलाई समेत उक्त पत्रको बोधार्थ गरिएको साहले बताए ।
तीन वर्षअघि यसरी बाँकी बक्यौता रकम नतिरेका कारण वितरण केन्द्रका तत्कालीन प्रमुख जितेन्द्र झाले जानकी मन्दिरमा विद्युत् आपूर्ति बन्द गरिदिएका थिए । तर हिन्दूहरूको आस्थाको केन्द्र भएकाले विद्युत्को लाइन काट्दा अन्तर्राष्ट्रिय स्तरमा नै खराब सन्देश जाने भएकाले तत्कालीन प्रमुख जिल्ला अधिकारीले पहल गरेर विद्युत् आपूर्तिको लाइनलाई पुनः जडान गर्न लगाएका थिए ।
यता जानकी मन्दिर व्यवस्थापनले भने उक्त रकम तिर्न नसक्ने जनाएको छ । मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले लोकान्तरसँग भने, ‘जानकी मन्दिरले उक्त रकम तिर्न सक्दैन, प्रमुख जिल्ला अधिकारीमार्फत प्रदेश सरकारलाई समेत उक्त कुराको जानकारी गराइसकेको छु ।’
जानकी मन्दिरमा सार्वजनिक पुस्तकालय, जनकपुरका केही युवा क्लब र संघ–संस्था आदिले समेत कोठा लिएका कारण सबै बिलको बाँकी रकम जानकी मन्दिरको मात्र नभएको उनको भनाइ छ । उक्त रकम सरकारले नै तिरिदिनुपर्ने भन्दै सम्बन्धित मन्त्रालयलाई सीडीओमार्फत पत्राचार समेत गरिएको उनले बताए ।
अहिले फेरि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत १२ करोड रुपैयाँको आधुनिक बत्ती जडान (लाइटिङ)को कार्य गर्ने योजना बनाएको छ ।
‘त्यस लाइटमा समेत बढी बिजुली खपत हुने भएपछि उक्त बत्तीबाट उठ्ने विद्युत् महसूल समेत तिर्न जानकी मन्दिर असमर्थ रहेको कुरा समेत सरकारलाई जानकारी गराउन चाहन्छु,’ महन्थ वैष्णवले भने, ‘त्यसैले जानकी मन्दिरमा उठ्ने गरेको बिजुलीको महसूल नेपाल सरकार वा प्रदेश सरकारले नै सरकारी स्तरबाट भुक्तानी गर्नुपर्छ ।’
उनले विद्युत् महसूल बुझाउन नसकिने अवस्था रहेको बताएपनि जानकी मन्दिरले बर्सेनि करोडौं आम्दानी गर्ने गरेको छ । स्रोतका अनुसार वर्षमा कम्तिमा पनि २ देखि ३ करोड रुपैयाँसम्म आम्दानी हुने गर्छ । ३५ लाख रुपैयाँ त रामजानकी विवाह मण्डपलाई ठेक्कामा दिएबापत नै आउँछ ।
त्यसैगरी संग्रहालयबाट वार्षिक ३५ लाख रुपैयाँ, फूटपाथ बजारबाट १८ लाख रुपैयाँ, नाचको ठेक्काबापत ११ लाख रुपैयाँ, मुण्डनको ठेक्का बापत ९ लाख रुपैयाँ, रामजानकी बिबाह मण्डपमा फोटो खिच्ने र फोटो स्टुडियोको ठेक्काबापत ७ लाख रुपैयाँ वार्षिक आम्दानी हुने गरेको छ ।
त्यसैगरी जानकी मन्दिरमा बैंकको एटीएम लगाउन कोठा दिएबापत वार्षिक ६ लाख रुपैयाँ, जानकी मन्दिरको १२ वटा पोखरीको वार्षिक ठेक्काबापत ६० लाख रुपैयाँ, रामजानकी अस्पताललाई दिएको जग्गा भाडाबापत वार्षिक ९ लाख ६० हजार रुपैयाँ आम्दानी हुने गरेको छ । यसका अतिरिक्त भेटी आदिबाट समेत लाखौँ रुपैयाँका साथसाथै सुन चाँदी गरगहना आउने गर्छ ।
रामजानकी विवाह पञ्चमी महोत्सवदेखि जानकी नवमीसम्मको कार्यक्रममा लाग्ने सम्पूर्ण खर्च भारतको मुझफ्फरपुरका दाताले नै दिने गरेको छ । त्यसबाहेक प्रदेश सरकारले समेत अनुदान दिन थालेको छ ।
त्यसैगरी लक्ष्मण मन्दिरले समेत प्रतिमहिना १० हजारका दरले ११ वटा सटर भाडामा लगाएर १ लाख १० हजार रुपैयाँ आम्दानी गर्ने गरेको छ । स्रोतका अनुसार जानकी मन्दिर र लक्ष्मण मन्दिरले भाडामा दिएका ती पसलहरू वा ठेकेदारहरूबाट अलग्गै सबमिटर जडान गरेर उनीहरूबाट विद्युत् महसूल् असुलउपर गर्ने गरेको भएपनि नेपाल विद्युत् प्राधिकरणलाई भने बिजुलीको महसूल तिरिरहेको छैन ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...