कटारीमा यामाहाले सञ्चालनमा ल्यायो नयाँ शोरूम, प्रियंकाले गरिन् उद्घाटन

नेपालमा लोकप्रिय बाइक यामाहाले शहरमा बढ्दै गरेको यामाहा बाइकहरूको अत्याधिक मागलाई पूरा गर्ने उद्देश्यका साथ यही कार्तिक २७ गतेबाट कटारीमा आफ्नो एक नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । 

सञ्जीव शाहको स्वामित्व रहेको यो नयाँ शोरूम एसएस अटो सेन्टर डिलरसिपमा सबै प्रकारका यामाहा बाइकका मोडलहरू उपलब्ध हुनेछन्, जसले गर्दा ग्राहकहरूले बाइक छनोट गर्ने धेरै विकल्पहरू पाउनेछन् ।


Advertisement

शोरूमको उद्घाटन प्रमुख अतिथि एवं चर्चित अभिनेत्री प्रियंका कार्कीबाट गरिएको थियो भने साथमा अन्य चिरपरिचित अतिथिहरू जनकपुर उप–महानगरपालिकाकी उप–मेयर भीमकुमारी पन्त, बजाज शोरूम कटारीका प्रोप्राइटर राजु गुप्ता र चेम्बर अफ कमर्सका प्रतिनिधि पुस्कर खड्काको पनि उपस्थिति रहेको थियो ।

ग्राहकहरूलाई यामाहा टू ह्वीलर्सको आधिकारिक वितरक कहाँबाट यामाहा बाइक खरिद गर्न सहज होस् भन्ने उद्देश्यका साथ नयाँ शोरूमको सञ्चालन गरिएको छ । उत्कृष्ट ग्राहक सेवा प्रदान गर्नका लागि एसएस अटो सेन्टर डिलरसिपबाट ३ स ९सेल्स, सर्भिस र स्पेयर पार्टस्का साथै फाइनान्स र एक्स्चेन्ज सुविधाको समेत व्यवस्था गरेको छ । 


Advertisement

‘कटारीमा यामाहाको उच्च श्रृंखलाका मोटरबाइकहरू प्रस्तुत गर्न पाउँदा हामी निकै उत्साहित पनि भएका छौं । हाम्रो यो नयाँ शोरूमको सञ्चालनसँगै हाम्रा ग्राहकहरूलाई यामाहा श्रेणीको सेवा प्रदान गर्न पाउनेमा हामी ढुक्क भएका छौं,’ सो अवसरमा बिक्री प्रमुख प्रकाश बाबु देवकोटाले भने ।

नेपालमा यामाहा बाइकहरू अत्यन्त विश्वसनीय बाइक मानिन्छन् । यसले उच्च कार्यक्षमता, अधिक माइलेज, सुधारिएको पिक–अप, सजिलो मर्मतसम्भार र धेरै समय टिक्ने ब्याट्री सहितको फ्युल इन्जेक्सन (एफआइ) र ए.बि.एस टेक्नोलोजी जस्तो अत्याधुनिक नवीनतम इन्जिन प्रविधि प्रस्तुत गरेकोले यो कम्पनी भरपर्दो कम्पनी बन्न पुगेको छ ।

मोरङ अटो वक्र्स नेपालमा सन् १९७५ देखि यामाहाको साथमा सञ्चालित छ र यसको उत्पादनहरूको सूचीमा अब रे जेड विथ युबिएस, फेसिनो युबिएस, रे जेडआर डिस्क, रे जेडआर स्ट्रिट र्‍याली युबिएस, स्यालुटो ड्रम युबिएस, स्यालुटो डिस्क युबिएस, एसजेड–आरआर, एस–जेड आरआर एसइ, एफजेड १६–एफआइ, एफजेडएस–एफआइ, एफजेडएस एफआइ डीडी, एफजेडएस एफआई भी ३, एफजेड २५, डुवल एबिएस, एफजेड २५ मोटो जीपी ड्वेल एबीएस, एमटी १५, आर १५ भी ३ एबिएस, एक्सटिजेड १२५, फेजर २५ र आर १५ भि ३ मोटोजीपी जोडिएका छन् र नेपालमा यी बाइकहरूले आफ्नो उत्कृष्ट स्थान कायम गरेका छन् ।

यसका अलावा देशभर हाम्रो २०० भन्दा धेरै आधिकारिक सर्भिस केन्द्रहरू रहेका छन् जसले गर्दा ग्राहकहरू आफूलाई पायक पर्ने सर्भिस सेन्टर पुग्न सक्नेछन् ।
 

कमेन्ट गर्नुहोस्