×

NMB BANK
NIC ASIA

श्रीलंकाको राष्ट्रपति निर्वाचनमा गोताबया राजपक्षको जीत, प्रतिद्वन्द्वीले स्वीकारे हार

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीलंकाका पूर्व रक्षामन्त्री गोताबया राजपक्षले शनिवार सम्पन्न राष्ट्रपति निर्वाचनमा विजय हासिल गरेका छन् । सिंहालिज बुद्धिस्ट राष्ट्रवादी पार्टीका तर्फबाट उम्मेदवार बनेका राजपक्षले सहज विजय पाएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

आधा मत मात्र गन्न भ्याउँदा राजपक्ष समूहले जीतको दाबी गरिसकेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो स्पष्ट जीत हो । हामीले जित्ने थाहा पाइसकेका थियौं । गोता आगामी राष्ट्रपति हुनेछन् भन्ने विषयमा हामीहरू खुशी छौं । उनलाई भोलि वा पर्सि गोपनीयताको शपथ दिलाइनेछ,’ प्रवक्ता केहेलिया रामबुकवेलाले बताए । 


Advertisment
Nabil box
Kumari

सत्तारूढ यूएनपी दलका सजित प्रेमदासाले तत्कालै हार स्वीकार गर्दै प्रतिद्वन्द्वीलाई बधाइ दिए । 

Vianet communication
Laxmi Bank

गोताबया पूर्व सैन्य जर्नेल हुन् र उनी राष्ट्रवादी तथा निरंकुश प्रवृत्तिका लागि चिनिन्छन् । उनीविरुद्ध भ्रष्टाचार र यातनाको आरोप लगाइएको छ । उनको विजय श्रीलंकाका लागि निर्णायक क्षण हुन सक्नेछ । 

‘हाम्रा सबै भयानक डरहरू सत्य भएका छन्,’ श्रीलंका मुस्लिम काउन्सिलका हिल्मी अहमदले बताए । ‘यस चुनाव परिणामबाट श्रीलंका पूर्णतया विभाजित बनेको छ र अहिले सिंहाली बौद्ध बहुसंख्यक तथा अल्पसंख्यकहरूका बीचको स्पष्ट विभाजन देखिएको छ । देश कसरी एकजुट रहने हो भन्ने ठूलो चुनौतीको विषय बनेको छ ।’

ईस्टर सन्डेका दिन भएका शृंखलाबद्ध आक्रमणको सात महिनापछि चुनाव भएको हो । उक्त आक्रमणमा इस्लामी अतिवादीहरूले होटेल र चर्चहरूमा आक्रमण गरेर २५० जनाभन्दा बढीको ज्यान लिएका थिए र श्रीलंकामा संकटकाल घोषणा गरिएको थियो । 

गोताबया राजपक्षले दाइ महिन्दा राजपक्ष राष्ट्रपति हुँदा सन् २००५ देखि २०१० सम्म रक्षामन्त्रीको भूमिका निर्वाह गरेका थिए । उनी र महिन्दालाई श्रीलंकामा २६ वर्षसम्म चलेको गृहयुद्ध अन्त्य गर्ने श्रेय दिइन्छ । उक्त युद्धमा एक लाखभन्दा बढी मानिसको ज्यान गएको थियो । तर राजपक्ष दाजुभाइविरुद्ध मानवअधिकार उल्लंघन तथा दमनका गम्भीर आरोप लागेका छन् । 

गृहयुद्ध अन्त्य गर्ने बेलामा सेनाको वस्तुगत प्रमुखका रूपमा गोताबयाले तमिल लडाकू तथा सरकारविरोधीहरूलाई खोजीखोजी सिध्याउनका लागि सेनाको ‘डेथ स्क्वाड’ बनाएको आरोप लगाइएको छ ।

द गार्डियनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x