×

NMB BANK
NIC ASIA

दुर्गमका गर्भवतीका लागि भगवान् बन्दै राष्ट्रपति उद्धारकोष

मंसिर १, २०७६

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कर्णाली प्रदेशको जाजरकोट, डोल्पालगायतका जिल्लामा अझै सडक सञ्जाल गाउँगाउँमा नजोडिएका कारण यहाँका अधिकांश गर्भवतीको हवाई सेवामार्फत उद्धार गरी ज्यान बचाउँदै आइएको छ ।  

Muktinath Bank

सुविधासम्पन्न स्वास्थ्य संस्थादेखि भएका स्वास्थ्य संस्थामा आवश्यक उपकरण नहुँदा यहाँका अधिकांश गर्भवतीको हवाईमार्गबाट उद्धार गरी ज्यान बचाउने काम महिला तथा बालबालिका मन्त्रालय राष्ट्रपति उद्धारकोषको आर्थिक सहयोगमा हुँदै आएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेशको सबैभन्दा दुर्गम जिल्ला डोल्पामा मात्र यो आर्थिक वर्षमा १२ जना गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुरक्षितरूपमा स्वास्थ्य संस्था पठाएर ज्यान बचेको छ । त्यस्तै जाजरकोटमा छ जनाको उद्धार गरी ज्यान बचेको प्रजिअ जनकराज पन्तले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

दुर्गम गाउँमा सडक पहुँच नहुनु र भएका सडक पनि हिउँदयाममा मात्र सञ्चालन हुने समस्याले अधिकांश गर्भवतीलाई समयमै स्वास्थ्य पुर्‍याउन मुस्किल हुँदै आएको छ । उता डोल्पाको सदरमुकामसम्म मात्र सडकको ट्र्याक खुला भएको छ भने उपल्लो डोल्पामा सडक निर्माणका लागि पहल नै शुरू भएको छैन ।

Vianet communication
Laxmi Bank

सडक सञ्जालसँग उपल्लो डोल्पा अहिलेसम्म जोडिन नसक्नु र भौगोलिकरूपमा जटिल भएका कारण यहाँका अधिकांश गर्भवतीको हेलिकप्टरबाट उद्धार गरी ज्यान बचाउन बाध्य भएको अधिकारी बताउँछन्  । जिल्लाका सबै ठाउँमा सञ्चार सुविधा नहुनाका साथै समयमै खबर पाउन नसक्दा उद्धारमा केही चुनौती थपिएको जिल्लाका सरकारी अधिकारीको भनाइ छ । 

दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लाग्नासाथ स्वास्थ्य संस्थामा लानुभन्दा पहिला स्थानीय धामी, झाँक्री कहाँ देखाउँदा कतिपयको अकालमै ज्यानसमेत जाने गरेको छ ।

अधिकांश सर्वसाधारणलाई महिला तथा बालबालिका मन्त्रालयमार्फत राष्ट्रपति उद्धारकोषले आर्थिक लगानी गरेर गर्भवतीको ज्यान बचाउने कार्यमा सहयोग गर्छ भन्नेसम्म थाहा नभएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले बताए । उनले भने, 'राष्ट्रपति उद्धारकोषको विषयमा व्यापक प्रचार हुनु जरुरी  छ, जसका कारण हाम्रा धेरै दिदीबहिनीको ज्यान बचोस् ।'

अहिले डोल्पा र जाजरकोटका अधिकांश गाउँमा हेलिप्याड निर्माण कार्य शुरु गरिएको छ । जाजरकोटकोे बारेकोट गाउँपालिकाले अघिल्लो वर्ष नै सबै वडामा एक/एक वटा हेलिप्याड निर्माण गरिसकेको छ ।

अन्य स्थानीय तहले पनि पायक पर्ने ठाउँमा हेलिप्याड निर्माणका लागि कार्य शुरु गरेको प्रजिअ पन्तले जानकारी दिए ।

डोल्पाका अधिकांश गाउँमा पनि स्थानीय तहको सहकार्यमा हेलिप्याड निर्माण गर्ने चरणमा कार्य अगाडि बढेको छ । दुर्गम गाउँमा गर्भवतीलाई सुत्केरी व्यथा लागेपछि स्वास्थ्य संस्था पुर्‍याउने समयसम्म स्वास्थ्य ठूलो समस्या आइलाग्ने अस्थालाई मध्यनजर गरी हवाईमार्गबाट मानिसको ज्यान बचाउन सजिलो होस् भनी हेलिप्याडको अवधारणा अघि सारिएको छ । 

अन्य विपतमा समेत हवाईमार्गबाट राहत, उद्धार गर्न सजिलो हुने भएकाले सबै स्थानीय तहमा हेलिप्याड निर्माण गर्ने योजना कार्यान्वयमा ल्याइएको जिल्ला समन्वय समिति डोल्पाका प्रमुख शेरबहादुर बुढाले बताए । डोल्पाका अधिकांश ठाउँमा स्वास्थ्य संस्था पहुँचमा नहुँदा अधिकांश बिरामी हवाईमार्गबाट नै जिल्लाबाहिर लिएर उपचार गरिँदै आइएको छ । 

सदरमुकाम दुनैमा रहेको स्वास्थ्य सेवा कार्यालयमा सुविधा नहुँदा अधिकांश बिरामी बाहिर लगेर उपचार गर्न बाध्य भएको स्थानीयवासी बताउँछन् । उपल्लो डोल्पाका स्थानीयवासी स्वास्थ्यमा सामान्य समस्या देखिनासाथ उपचारका लागि नजिक स्वास्थ्य संस्था नहुँदा जिल्ला बाहिर हवाईमार्गबाट जानेगरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेश केसरीले जानकारी दिए । हेमन्त केसी/रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x