×

NMB BANK
NIC ASIA

नेपाल भ्रमण वर्ष : पर्यटन व्यवसायीलाई सक्रिय बनाइँदै

मंसिर १, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सुदूरपश्चिम प्रदेश सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रत्यक्ष अप्रत्यक्ष सघाउ पुग्ने गरी पर्यटन व्यवसायीलाई सक्रिय बनाउने योजनासहित पर्यटनका गतिविधि सञ्चालन गर्न लागेको छ ।

Muktinath Bank

त्यसका लागि तेस्रो मुलुकका पर्यटकलाई सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्यस्थलमा घुमाइदिन व्यवसायीलाई तोकिएको मापदण्डका आधारमा अनुदान उपलब्ध गराउने गरी कार्यविधिको तयारी अन्तिम चरणमा पुगेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन शाखाका प्रमुख भोजराज पाठकले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यो प्रदेशमा अहिलेसम्म भारत र आन्तरिक पर्यटक घुम्न आउने भए पनि तेस्रो मुलुकका पर्यटक नगण्य रुपमा भित्रिने गरेका छन्,’ उनले भने, ‘तेस्रो मुलुकका पर्यटकलाई भित्र्याउन यस्तो रणनीति बनाउन लागिएको हो ।’


Advertisment
Nabil box
Kumari

मन्त्रालयले पर्यटन प्रवद्र्धनका लागि सुदूरपश्चिमका पर्यटन व्यवसायीलाई लक्षित गरी बनाउन लागेको यो कार्यक्रम नयाँ कार्यक्रम रहेको बताइएको छ । नेपाल भ्रमण वर्षका सन्दर्भमा प्रदेश सरकारले सहकार्य गर्नका लागि चालू वर्षमा रु २० लाख बजेट विनियोजन गरेको छ ।

Vianet communication
Laxmi Bank

यसबाहेक हालै गठन गरिएको प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समितिका लागि रु २५ लाख बजेट छुट्याइएको छ । सुदूरपश्चिमस्तरीय सो पर्यटन प्रवद्र्धन समिति ३६ सदस्यीय छ । मुख्यमन्त्री संरक्षक रहेको सो समितिको अध्यक्षमा प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अध्यक्ष छन् ।

प्रदेश सरकारका प्रमुख सचिव उपाध्यक्ष रहेको समितिमा उद्योग वाणिज्य सङ्घ, होटेल व्यवसायी सङ्घ, पर्यटन व्यवसायी लगायतका व्यक्ति सदस्य छन् । धार्मिकस्थलका रुपमा परिचित सुदूरपश्चिम प्रदेशमा भारतीय पर्यटक बढी आउने गरेका छन् ।

मन्त्रालयले प्रदेशमा रहेका मुख्य पर्यटकीय गन्तव्य तोक्ने तयारी गरिरहेको छ । यसरी तोकिने पर्यटकीय गन्तव्यस्थलमा पर्यटकलाई घुमाइदिए वापत सम्बन्धित व्यवसायीलाई अनुदान दिने योजना पनि बनाउन लागिएको छ ।

नेपाल सरकारले तोकेका १०० नयाँ पर्यटकीय गन्तव्यको सूचीमध्ये सुदूरपश्चिममा बाजुराको बडिमालिका, बझाङको गोरखनाथ मन्दिर, डोटीको बड्डी केदार, दार्चुलाको मालिकार्जुन, कैलालीको बर्दगोरिया मन्दिर, भादा गाउँ, टीकापुर सर्किट दोधारा चाँदनी क्षेत्र लगायतका आठ पर्यटकीयस्थल समावेश छन् ।

यस्तै प्रदेशमा प्राकृतिक रुपमा मनोरम क्षेत्र खप्तड, रमारोशन, अपिनाम्पा संरक्षण क्षेत्र, शुक्लाफाँटा, रामसार क्षेत्र, घोडाघोडी क्षेत्र लगायतका मुख्य पर्यटकीय गन्तव्यस्थलका रुपमा छन् । ‘मिसन साइपाल’ प्रदेश सरकारले पहिलो पटक चालू वर्षमा ‘मिसन साइपाल’ को योजना सञ्चालन गर्न लागेको छ ।

प्रदेशका हिमाल आरोहरण गर्न आउने पर्यटकलाई अपी, साइपाल हिमाल आरोहण गराउने योजनासहित सहजीकरण गर्न लागिएको पाठकले जानकारी दिए । सिद्धराज भट्ट /रासस

दार्चुला र बझाङ जिल्लामा पर्ने यी हिमालको आरोहणको योजना सङ्घ र प्रदेश सरकारको समन्वयमा कार्यान्वय गर्न लागिएको हो । गत वर्ष अपी, साइपाल हिमाल आरोहण गर्न गएको एक टोली प्रतिकुल मौसमका कारण आरोहण गर्न नसकी फर्किएको थियो ।

एक निर्वाचन क्षेत्र, एक पर्यटन क्षेत्रको विकास गर्न मन्त्रालयले प्रदेशसभाका सदस्यको समन्वय र सिफारिसमा हरेक निर्वाचन क्षेत्रमा सो योजना पनि अघि सारेको छ । यसवाहेक तराईमा बसोबास गर्ने थारु लगायतका समुदायलाई पहाडी क्षेत्रका पर्यटकीयस्थल घुमाउने योजना पनि बनाउन लागिएको छ ।

यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नुका साथै तराई र पहाडी समुदायबीच सद्भाव अभिवृद्धि हुने विश्वास गरिएको छ । प्रदेश सरकारले पर्यटकीय सम्भावना भएका क्षेत्रलाई एक आपसमा जोडेर पर्यटकीय करिडोर निर्माणको अवधारण लिएको छ ।

यसअन्तर्गत टीकापुर–कर्णाली पर्यटन करिडोर, दार्चुला–महाकाली नदी करिडोर, धनगढी–बुडर–बझाङ–कैलाश मानसरोवर, खुटिया–बिपीनगर–तेल्लेक–दिपायल–साँफे रामारोशन–बडीमालिका र झुलाघाट–खोड्पे बझाङ करिडोर निर्माणको अवधारण लिएको हो । यी करिडोर निर्माणका लागि चालू वर्षमा रु १३ करोड ५२ लाख विनियोजन गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x