×

NMB BANK
NIC ASIA

प्रहरी र आलमको यस्तो सम्वाद, जहाँ प्रहरीलाई धम्काएको पुष्टि हुन्छ

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बम विस्फोटका घाइतेलाई इँटाभट्टामा हालेर मारेको अभियोगमा पुर्पक्षका लागि जेल चलान गरिएका पूर्वमन्त्री तथा रौतहट–२ का कांग्रेस सांसद मोहम्मद आफताब आलमले पक्राउका क्रममा प्रहरीसँग नै 'मान्छे मार्ने' धम्की दिएको भिडियो प्राप्त भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

२ मिनेट २४ सेकेन्डको भिडियोमा उनले यसो भनेका छन् :


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आलमः तपाईंले मलाई ठट्टा ठान्नु भा’छ ?
प्रहरीः कहाँ हामीले ठट्टा ठानेका छौं हजुर ? माननीयज्यूलाई हामी सम्मान गर्छौं । जयनेपाल, नमस्कार भनेका छौं ।
आलमः (गाडीमा हात बजार्दै) हँ... यो जिल्लामा आग (आगो) लाग्छ, आग ।
प्रहरीः शान्तिसुरक्षा र कानुन कार्यान्वयन गर्नु तपाईँको पनि जिम्मेवारी हो नि ।
आलमः यो जिल्लामा आग (आगो) लाग्छ । तपाईं हेर्दै जानुस् । भारतबाट मानिस... (उनी आफ्नो मोबाइल फोन हेर्छन्)
प्रहरीः त्यस्तो भन्न मिल्दैन हजुर ।
आलमः मैले वारात (विवाह) बाट आउँछु भनेर रिक्वेस्ट गरेँ । म तपाईंको के हो ? म डकैत हुँ ? डकैतको व्यवहार गर्नु भा’छ तपाईंले ।
प्रहरीः हैन माननीयज्यू ।
आलमः अब जिल्लाभर अशान्ति हुन्छ । आगो लाग्छ ।
प्रहरीः माननीयज्यू, अशान्ति हुन्छ, आगो लगाउँछु, मान्छे मार्छु भन्न कहाँ मिल्छ ?
आलमः (चिच्याउँदै) हँ... एकदम हुन्छ, हुन्छ, हुन्छ ।
प्रहरीः त्यसो भन्न हुँदैन हजुर ।
आलमः (प्रहरीतर्फ औंला ठड्याउँदै) तपाईं (डीएसपी नवीन कार्की) र एसपी (भूपेन्द्र खत्री) लाई हत्कडी लगाउँछु ।
प्रहरीः ठीक छ, ठीक छ । म जेल जान तयार छु । सर्वोच्चको आदेश पालना गर्दा हजुरले जेल पठाउनुहुन्छ भने हामी जान्छौं ।
आलमः अब असहज परिस्थिति निर्माण हुन्छ, त्यसको जिम्मेवारी तपाईं र एसपीले लिनुपर्छ ।
प्रहरीः शान्तिसुरक्षा गर्ने दायित्व हजुर (आलम) को पनि हो ।
आलमः तपाईंलाई के हुन्छ भन्ने त मेरो वकिल आउँछ अनि थाहा हुन्छ ।
प्रहरीः बरू को वकिल हुनुहुन्छ, हामी बोलाउन सहयोग गर्छौं । मर्जी होस् हजुर ।
आलमः (चर्को स्वरमा) हैन, मलाई तपाईंले जुन व्यवहार गर्नुभयो, त्यसको भुक्तभोगी तपाईं र एसपी हुनुहुन्छ ।
प्रहरीः हामीले त सर्वोच्चको फैसला कार्यान्वयन मात्रै गरेका हौं हजुर ।
आलमः होइन, त्यसका लागि पुलिस लिएर जान मिल्छ ? मेरो भारतबाट...
प्रहरीः माननीयज्यूलाई सम्मानसाथ जयनेपाल, नमस्कार गरेर यस्तो आदेश छ हजुर भनेका छौं ।
आलमः होइन, तपाईंहरुले डकैतजस्तो व्यवहार गर्नुभयो । यही चोक (राजपुर/इन्द्रिस गेट) मा हजारौं मानिस जम्मा
हुन्छन् अब ।
प्रहरीः केका निम्ति हजुर ? हामीले त सर्वोच्चको फैसला कार्यान्वयन गरेका हौं । अब अदालतले फैसला गर्छ, भीडले होइन । हजुरको पक्ष ‘स्ट्रङ’ छ भने त्यसरी जाउँ न हजुर ।
आलमः होइन, तपाईं दुइटा पुलिस राखेर... (शब्द बुझिँदैन) गर्नुभएको छ, यसको भुक्तभोगी (जिम्मेवार) तपाईंहरु बन्नु हुनेछ ।
प्रहरीः हजुरले मलाई कहाँ दोष दिन मिल्छ र ? हामीले कानुन कार्यान्वयन गर्ने मात्रै हो । हामी सामान्य कारिन्दा मात्रै हौं ।
आलमः हैन, हैन ।
प्रहरीः हजुरहरुले नै बनाएको कानुन कार्यान्वयन गरेका हौं । कान्तिपुर दैनिकमा यो खबर छ ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x