मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
वाणिज्य बैंकहरूको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण निराशाजनक देखिएको छ।
बैंकहरूले सार्वजनिक गरेको साउनदेखि असोजसम्मको अवस्था अघिल्ला वर्षभन्दा निराशाजक देखिएको हो। सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भुवन दाहाल यति खराब अवस्था पछिल्ला वर्ष नदेखिएको बताउँछन्।
बैंकबीच बढ्दो प्रतिस्पर्धा र राष्ट्र बैंकको कसिलो नीतिका कारण नाफा बढ्न नसकेको बैंकरको भनाइ छ। ‘राष्ट्र बैंकले तोकेअनुसार खोलिएका शाखामा त समस्या छैन’, दाहाल भन्छन्, ‘त्यसबाहेक पनि बैंकका शाखा खोल्ने प्रतिस्पर्धाले नाफामा प्रभाव असर परेको हुन सक्छ।’ अर्का बैंकरले पनि बैंकबीच अस्वस्थ प्रतिस्पर्धा देखिएका कारण नाफा घट्न पुगेको बताए। सीईओ दाहाल राष्ट्र बैंकको ब्याजदरअन्तर घटाउने नीतिगत व्यवस्थाले पनि बैंकको नाफा खुम्चिन सहयोग पुगेको बताउँछन्।
मुलुकको अर्थतन्त्र ७ प्रतिशतको फराकिलो वृद्धि पछ्याएको तथ्यांक आइरहँदा बैंकको नाफा भने घटेको छ। ‘नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्यान्डर्ड (एनएफआरएस)’ अनुसार गणना गर्दा २८ वाणिज्य बैंकको नाफा ६ प्रतिशत बढेको भए पनि राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार बैंकको नाफा घटेको छ। बैंकले सेयरधनीलाई वितरण गर्न पाउने खाताको रकम अघिल्लो वर्षको असोज मसान्तको तुलनामा ३६ प्रतिशत घटेको छ।
राष्ट्रिय वाणिज्य, एनएमबी र कुमारी बाहेक सबै बैंकको वितरणयोग्य नाफा घटेको छ। एनआईसी एसिया र सानिमा बाहेक कुनै पनि बैंकले यो नाफाबाट २० प्रतिशतभन्दा बढी लाभांश दिन सक्दैनन्। १६ बैंकको प्रतिफल दर १५ प्रतिशतभन्दा कम छ।
२८ मध्ये ११ बैंकको निष्कृय कर्जा बढेको छ। सेञ्चुरी र नेपाल इन्भेस्टमेन्ट बैंकको खराब कर्जा बढेको छ। दुई वर्षयता व्यवसायीले उधारो बिक्री बढेको बताउन थालेका थिए। त्यसको असर बैंकमा भर्खरैमात्र पर्न थालेको तथ्यांकले देखाएको छ। उधारो बढेपछि खराब कर्जा पनि थपिन थालेको छ।
बैंकको यस्तो प्रतिवेदनले राष्ट्र बैंकको वित्तीय स्थायित्व कायम गर्ने जिम्मेवारीमा चुनौती थप्छ। राष्ट्र बैंकका अधिकारी बैंकको नाफा घट्दैमा समस्या नपर्ने बताउँछन्। तर, खराब कर्जा बढ्ने र कर्जा डुब्ने अवस्थालाई भने नियामकले अझै गहिरोसँग नियाल्नुपर्ने अवस्था आएको छ।
राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले भने बैंकका सञ्चालक र व्यवस्थापकले जनताको सम्पत्ति आफ्नै पैसा जसरी खर्च गरेको भन्दै सार्वजनिक मञ्चबाटै आलोचना गरिरहेका छन्। बैंकर भने यस्तो आलोचना गर्नेभन्दा गलत काम गर्नेलाई कारबाही गर्न नियामक निकाय अग्रसर हुनुपर्ने बताउँछन्। अन्नपूर्ण पोस्टमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...