×

NMB BANK
NIC ASIA

जम्मु–कश्मीरमा नजरबन्द बनाइएका नेताहरूलाई गेस्टहाउसमा सारियो

मंसिर २, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

जम्मु–कश्मीरमा हिरासतमा लिइएका ३४ नेताहरूलाई कडा जाडो लागेपछि आइतवार श्रीनगरको होटलबाट सरकारी अतिथिगृहमा सारिएको छ । 

Muktinath Bank

गत अगस्त महिनाको ५ तारिखमा धारा ३७० निलम्बन गरिएपछि उनीहरूलाई नजरबन्दमा राखिएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी नेताहरूमा कश्मीरका पूर्वमन्त्री र विधायकहरू पनि छन् । 


Advertisment
Nabil box
Kumari

पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीकी छोरी इल्तिजा मुफ्तीले ट्वीट गरेर प्रहरीले नेताहरूलाई सार्ने बेलामा कुटपिट गरेको आरोप लगाएकी छन् । इल्तिजाका अनुसार, सज्जाद लोन, शाह फैसल र वाहीद पारामाथि दुर्व्यवहार गरिएको छ । 

Vianet communication
Laxmi Bank

प्रहरीले यी आरोप अस्वीकार गरेको छ ।

इल्तिजाले भनिन्, ‘सज्जाद लोनलाई कुटपिट गरिएको छ । उनको नयाँ जेलमा झ्यालहरू काठ ठोकेर थुनिएको छ । उनलाई हीटर दिइएको छैन । प्रधानमन्त्री मोदीले उनलाई भाइ भनेका थिए, उनीसँग त यस्तो व्यवहार गरिन्छ भने अरूहरूमाथि के दुर्दशा गरिएको होला, आफैं अनुमान गर्न सक्नुहुन्छ ।’

गेस्टहाउसमा सारिनुअघि नेताहरूलाई सेन्टोर होटलमा राखिएको थियो । उनीहरूको होटलको बिल अहिलेसम्ममा २.६५ करोड भारु उठिसकेको छ । 

यसैबीच नेसनल कन्फरेन्स पार्टीले फारुक अब्दुल्लालाई संसद् सत्रमा सहभागी हुन दिनका लागि माग गरेको छ । फारुक र उनका छोरा उमर विगत १०० दिनदेखि हिरासतमा छन् । 

मोदी सरकारले अगस्ट ५ मा जम्मु–कश्मीरलाई विशेष दर्जा दिने धारा ३७० र ३५क खारेज गरेर दुईवटा केन्द्रशासित प्रदेशमा बाँड्ने निर्णय लिएको थियो ।

एजेन्सी

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x