अमेरिकामा फेरि अर्को गोलीकाण्ड, ४ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियास्थित फ्रेस्नोमा स्क्रीनमा फूटबल हेर्दै पार्टी गरिरहेका कम्तीमा १० जनामाथि गोली प्रहार गरिएको छ । चारजनाको मृत्यु भएको छ । 

पीडितहरू पारिवारिक तथा साथीभाइ भेटघाटका क्रममा एउटा घरको पछिल्तिरको भागमा भेला भएका थिए । त्यतिखेरै एक अज्ञात व्यक्ति उनीहरू भएतिर आयो र गोली चलाउन थाल्यो, फ्रेस्नो प्रहरी लेफ्टिनेन्ट बिल डूलीले पत्रकारहरूलाई बताए । 


Advertisement

आइतवार राति ८ बजेतिर अनेकौं कलहरू आएपछि अधिकारीहरूले घटनास्थल पुगेका थिए । 


Advertisement

प्रहरीका अनुसार, २५ देखि ३० वर्ष उमेरका चार पुरुषको घटनामा मृत्यु भएको छ । एकजनालाई तत्कालै कम्युनिटी रिजनल मेडिकल सेन्टर लगिएको थियो र त्यहीँ उनको मृत्यु भयो । 

गोलीको घाउ लागेका थप पाँच पीडितलाई उक्त अस्पतालमा भर्ना गरिएको प्रहरीको भनाइ छ । 

गोली प्रहार गर्ने व्यक्तिको खोजी प्रहरीले गरिरहेको छ । 

सीएनएनबाट

कमेन्ट गर्नुहोस्