१० महिनामै थपिए ५७ नयाँ एचआईभी संक्रमित

प्रतिकात्मक तस्वीर

सन् २०१९ को १० महिनामा जिल्लामा ५७ जना नयाँ एचआईभी संक्रमित थपिएका छन् ।

१३ हजार ६४१ जनाको रगत परीक्षण गरिएकामा सो संख्यामा संक्रमित भेटिएका हुन् । 


Advertisement

भरतपुर अस्पतालमा रहेको एड्स हेल्थ फाउन्डेसनका अनुसार जिल्लाको विभिन्न स्थानमा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएका हुन् । फाउन्डेसनका कार्यक्रम संयोजक कृष्णहरि सापकोटाका अनुसार योसँगै जिल्लामा कार्यक्रम शुरू भएयता १ हजार ७८६ जना संक्रमित पुगेका छन् । उनीहरूमध्ये १ हजार ५ पुरुष र ७८१ जना महिला रहेका छन् ।


Advertisement

यस समयमा १६४ जनाको मृत्यु भएको सापकोटाले जानकारी दिए । मृत्यु हुनेमा ११५ पुरुष र ५९ जना महिला रहेका छन् । पुरुषहरूले आफ्नो स्वास्थ्यको ख्याल नराख्दा बढी संख्यामा मृत्यु हुने गरेको पाइएको छ । 

कार्यालयमा अहिले नियमित एआरबी औषधि सेवन गर्ने ९११ जना संक्रमितमध्ये ६४ जना बालबालिका रहेका छन् ।

कमेन्ट गर्नुहोस्